सेथु के माधवनः एक असल सहकारीकर्मीको अवसान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सेथु के माधवनः एक असल सहकारीकर्मीको अवसान

नयाँ दिल्ली, भारत, २२ भदौं । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय सहकारी महासंघ–आइसीएको भारतको नयाँ दिल्लीस्थित एसिया प्रशान्त क्षेत्रीय (एपी) कार्यालयका निर्देशकका सहायक एवम् योजना तथा सदस्यता सल्लाहकार सेथु के माधवनको यही सेप्टेम्बर ५ मा निधन भएको छ । उहाँ आइसीए एपीको मानव संशाधन समितिको सचिव तथा आइसीए एवम् कृषि वन एवम् मत्स्य मन्त्रालयको साझेदारीमा सञ्चालन हुने एक प्रशिक्षण कार्यक्रमको संयोजक समेत हुनुहुन्थ्यो । सहकारीको व्यवस्थापकीय भूमिकासँगै यस क्षेत्रको गहिरो ज्ञाता सेथुलाई विश्वभरका सहकारीकर्मीहरु एक व्यक्तिका रुपमा समेत भलाद्मी र आदरणीय मान्दछन् ।  

१६ अप्रिल १९७५ मा आइसीए–एपीमा आबद्ध हुनुभएका सेथुले सहकारी क्षेत्रलाई ४५ वर्ष निरन्तर समर्पण र लगावका साथ सेवा गर्नुभयो । सहकारीसम्बन्धी कुनै पनि जिज्ञासाको समाधान गर्न होस् वा सदस्यलाई आवश्यक सहयोग प्रदान गर्न होस् उहाँ सधै अनुभवी प्रशिक्षक र सहयोगीका रुपमा तत्पर रहनुहुन्थ्यो । खासगरी आफुले गरेका कामहरुलाई कुशलतापूर्वक निभाउने उहाँको क्षमता थियो । आइसीए एपीको कार्यालयमा जाने जो कोही पनि सबैभन्दा पहिला ठोक्किने भनेको सेथुसँगै थियो । आइसीए सदस्यता लिने बिषयमा होस् वा त्यसका नियम कानूनको अस्पष्टता समाधान गर्ने काममा, उहाँ जहिले पनि गुनासोहरु सुन्न, समाधान गर्न र आवश्यक प्रतिक्रिया जनाउन तत्पर रहनुहुन्थ्यो । आइसीए एसिया प्रशान्त क्षेत्रका सहकारीकर्मीहरुका लागि सेथु असल साथी र प्रशिक्षक हुनुहुन्थ्यो ।

आइसीए ऐपीले उहाँको निधनमा समवेदन व्यक्त गर्दै वेबसाइटमा पोष्ट गरेको अबिच्युअरीमा भनेको छ, “आइसीए एपी र सेथु एक अर्काका परिपूरक थिए ।”आइसीएका क्षेत्रीय भेलाहरुको आयोजना तथा संयोजनमा उहाँको उल्लेख्य योगदान रहेको थियो । सञ्चालक समितिको बैठक, उच्चपदस्थ छलफल तथा अन्य सभा सम्मेलनमा सेथुको भूमिका महत्वपूर्ण हुन्थ्यो । कार्यक्रम आयोजनाका बेला हलमा सबैभन्दा पहिलो पुग्ने र समापन पछि सबैभन्दा अन्तिममा कार्यक्रमस्थल बाट उहाँ बाहिरिनुहुन्थ्यो । बसाइको क्रम मिलाउने देखि, नेमप्लेट र झण्डाको व्यवस्थापन, अनुवादकहरुको व्यवस्था, सहभागीहरुलाई बैठकका समाग्रीहरु वितरणका साथै न्यायो आतित्थ्यताको भरोसा दिलाउने काममा उहाँ निरन्तर खटिरहनुहुन्थ्यो । आइसीएका धेरै जसो क्षेत्रीय निर्देशकहरुका लागि सेथु दाहिने हात जस्तै हुनुहुन्थ्यो । उहाँसग सदस्य संघहरुको यथेष्ट जानकारी, बोर्ड बैठकका निर्णयहरु, जल्दाबल्दा मुद्दाहरुमा सन्तुलित विचारका साथै कार्यालय भित्रका स–साना गतिविधिहरुमा समेत पूर्ण जानकारी हुन्थ्यो । आइसीए एपी कार्यालयको कर्मचारी वृत्तमा उहाँ एक कुशल गुरु, साथी र पथप्रदर्शक हुनुहुन्थ्यो । कनिष्ठदेखि बरिष्ठ कर्मचारीहरुलाई पनि उहाँ उत्तिकै आदर सम्मानपूर्ण व्यवहार गर्नुहुन्थ्यो ।

आइसीएको विभिन्न कार्यक्रमहरुमा नेपालबाट सहभागिता जनाउनुभएकाहरुले पनि उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आइसीए ग्लोबल बोर्ड सदस्य एवम् राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई, मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठ लगायत थुप्रै नेपाली सहकारीकर्मीहरुले सेथुको निधनले स्तब्ध भएको धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको छ । कृषि सहकारीको व्वसाय र व्यवस्थापनमा महिला सशक्तिकरण सम्बन्धी थाइल्याण्ड र जापानको करिब १ महिने तालिम कार्यक्रममा सेथुसँगै सहभागी जिल्ला बचत संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ उहाँलाई जीवनका भोगाइहरु अरुलाई बाढेर बेलैमा सचेत तुल्याउन खोज्ने शालीन व्यक्तित्वका धनी सहकारीकर्मी मान्नुहुन्छ । “आइसीए एपीको कार्यालयमा धेरै समय बिताउनुभएका सेथु विषय विज्ञ त हुनुहुन्थ्यो नै, जुनसुकै कुरालाई धैर्यतापूर्वक सुन्ने र अन्तर्मनबाट सल्लाह र सुझाव दिने अभिभावक जस्तै हुनुहुन्थ्यो,” श्रेष्ठ भन्नुहुन्छ,“ उक्त तालिमका केही युवा वयका सहभागीहरुले खाना छोड्नुहुन्थ्यो तर म भने बरु कमै लिन्थे तर फाल्दिन थिएँ । यसै कारण सेथु सर म नजिक आएर ती सहभागीहरुले खानाको महत्व नबुझेको धारणा राख्नुहुन्थ्यो भने मेरो बानीको प्रशंसा गर्नुहुन्थ्यो ।” सेथुले उक्त बानीतर्फ इंगित गर्दै कम उमेरमै जीवनलाई चिन्न सेकेकोले भविष्य उज्जवल भएको आफुलाई बताएको श्रेष्ठ स्मरण गर्नुहुन्छ ।

उहाँको निधनमा आइसीए अर्जेन्टिनाका अध्यक्ष, आइसीए एपी चीनकी अध्यक्ष, आइसीए बेल्जियम, मलेशिया, फिलिपिन्स क्यानाडा, जापान, लगायत थुप्रै मुलुकका आइसीएका उच्च अधिकारीहरुले समवेदनाका शब्दहरु व्यक्त गरेका छन् । सेथुकी पत्नी ललिथा र एक छोरा एकान्थ छन् । यस्ता असल र सच्चा सहकारीकर्मीको निधनप्रति साकोस आवाज परिवार पनि शब्दसुमन सहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । विश्व सहकारीको साझा मञ्च आइसीएले सन् १९६० मा दक्षिणपूर्वी क्षेत्रीय कार्यालय एवम् शिक्षा केन्द्र भारतमा स्थापना गरेसँगै एशिया प्रवेश गरेको हो । पछि सन् १९९० देखि उक्त कार्यालयलाई आइसीए एपीको रुपमा रुपान्तरण गरिएको इतिहास छ ।
 
भर्खरै
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१३ घण्टा अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१४ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

लोकप्रिय
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

१३ घण्टा अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१४ घण्टा अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

पाठकबाट थप