जान्नैपर्ने विश्वका सफल सहकारी अभ्यासहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जान्नैपर्ने विश्वका सफल सहकारी अभ्यासहरु

रञ्जनमणि पौड्याल
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)

फिनल्याण्ड
एक अन्तर्राष्ट्रिय अध्ययनका अनुसार सन् १९९० को मध्यतिर फिनल्याण्डमा आर्थिक मन्दी छाउँदा, त्यसबेला त्यहाँको सहकारी बैंकको सदस्यता करिब साढे ५ लाखको हाराहारी थियो । अन्य वित्तीय संघ संस्था भन्दा सहकारी बैंकले उक्त आर्थिक संकटको सहज सामना गर्न सक्यो । जसका कारण उक्त बैंक पछि देशकै सबैभन्दा ठूलो बैंक बन्न सफल भयो । त्यसयता उक्त बैंकको प्रगतिको ग्राफ निरन्तर उकालो लागेको छ । सन् २०१८ मा उक्त सहकारी बैंकका सदस्यहरुको संख्या २० लाख पुगेको यसैबर्ष प्रकाशित एक पुस्तकमा उल्लेख छ । 

सन् १९९३ मा फिनल्याण्डको ४४ प्रतिशत जनसंख्या कुनै न कुनै सहकारीका सदस्य थिए । तर, २०१८ मा आइपुग्दा त्यो प्रतिशत दोब्बर माथि उक्ल्यो । हाल फिनल्याण्डका करिब ९० प्रतिशत जनसंख्या सहकारीमा आबद्ध छन् । यद्यपि, फिनल्याण्डमा कुल व्यवसायमध्ये १.६ प्रतिशत हिस्सा मात्र सहकारीहरुले ओगटेका छन् । तर रमाइलो के छ भने त्यहाँका दश उत्कृष्ट र दिगो ब्राण्डहरुमध्ये ४ वटा सहकारी पर्न सफल भएका छन् । हालै भएको एक अध्ययनले के देखाएको छ भने फिनल्याण्डको विनर सहकारी ब्राण्ड, भ्यालियो दुग्ध सहकारी, एस खाद्य मार्केट चेन ती उत्कृष्ट दशमा पर्न सफल भए । एस् मार्केट चेन दोस्रो नम्बरमा परेको छ । 

२४ लाख सदस्य भएको एस ग्रुप फिनल्याण्डको अग्रणी खुद्रा (रिटेल) व्यवसाय हो । सन् २०१६ मा उक्त रिटेलर हेलसिन्की शहरको सार्वजनिक साइकल प्रणालीको मुख्य प्रायोजक बन्यो । प्रत्येक साइकलमा उक्त सहकारीको लोगो रहेको थियो । उक्त अभियान फिनल्याण्डमा एकदमै लोकप्रिय र सफल बन्यो । सहकारीको उक्त अभियानकै कारण हेलसिन्की साइकल प्रयोग गर्ने विश्वका सहरहरुमध्ये पहिलो बन्न सफल भएको थियो । 

फिनल्याण्डमा सन् १९१५ र १९१६ को २ वर्ष अवधिमा नै उपभोक्ता सहकारी सदस्यहरुको संख्या दोब्बर भएको एक पुस्तकमा उल्लेख छ । युरोपेली संगठन (इयु) का ७ राष्ट्रहरु अष्ट्रिया, डेनमार्क, फिनल्याण्ड, आयरल्यण्ड, माल्टा, नेदरल्याण्ड र स्वीडेनका कुल दुग्ध उद्योगमध्ये ९० प्रतिशत हिस्सा सहकारीले ओगटेको छ ।

जर्मनी
जर्मनीमा कुल बैंकहरुमध्ये आधा सहकारी बैंक छन् । विगत ८० वर्षको इतिहास हेर्ने हो भने ती सहकारी बैंकमध्ये कुनै पनि टाट पल्टिएका छैनन् । बचत तथा ऋण सहकारीको जननी जर्मनीमा प्रायः सबै कृषकहरु, ६० प्रतिशत कालिगढहरु, ७५ प्रतिशत खुद्रा व्यापारीहरु, ९० प्रतिशत पाउरोटी कारखानमा काम गर्ने र मासु बेच्नेहरु तथा ६५ प्रतिशत स्वरोजगारमा संलग्न कर सल्लाहकारहरु कुनै न कुनै सहकारीका सदस्य रहेको सन् २०१२ मै प्रकाशित Support for Farmers' Cooperatives, Country Report Germany, Kuhl, 2012 मा उल्लेख छ । 

बेलायत
प्रथम विश्व युद्धताका खाद्य अभावको समयमा उपभोक्ता सहकारीहरुले मानिसहरुको विश्वास जितेका थिए । सन् २०१७ मा प्रकाशित A Global History of Consumer Cooperatives since 1850 नामक पुस्तकका अनुसार त्यसबेला बेलायतमा उपभोक्ता सहकारीका सदस्यहरुको संख्या २८ लाख बाट ४१ लाख पुगेको थियो । सन् १९०१ मा स्थापित बेलायतको क्याम्पिङ र क्याराभानिङ क्लब, बिश्वको सबैभन्दा ठूलो र पुरानो क्यापिङ क्लब हो । सहकारी मोडलमा सञ्चालित उक्त क्लबमा सन् २०२० को तथ्याङ्क अनुसार ७ लाख सदस्य छन् ।

क्यानाडा
क्यानाडाको क्युबेकमा सहकारीहरुको एक दशकबीचको सरभाइभल रेट ४४ प्रतिशत छ जहाँ अन्य व्यवसायको सरभाइभल रेट आधा भन्दा पनि कम २० प्रतिशत रहेको छ ।

स्पेन
स्पेनमा औषधालयहरु साना र स्वतन्त्र व्यवसायका रुपमा सञ्चालित छन् । धेरै जसो राष्ट्रिय तथा बहुराष्ट्रिय सञ्जाल व्यवसायहरुको प्रभाव रहेको स्पेनमा ठूला व्यवसायभन्दा पृथक ढंगले सञ्चालित औषधालयहरु मध्ये अधिकांश सहकारी छन् ।

उत्तरी आयरल्याण्ड
जोन ह्युम केवल २७ वर्षका थिए जब उनी आइरिस लिग अफ क्रेटिड युनियन्स्का नेता बनेका थिए सन् १९६८ मा । सन् १९६० मा उनले उत्तरी आयरल्याण्डमा पहिलो क्रेडिय युनियन स्थापनामा सहयोग गरेका थिए । आयरल्याण्डको बचत तथा ऋण सहकारी अभियानको सफलतामा उनको अहम् भूमिका छ । उत्तरी आयरल्याण्डका ३७ प्रतिशत जनसंख्या क्रेडिट युनियको सदस्य छन् जुन बेलायतको भन्दा धेरै बढी हो । यस प्रकारको उपलब्धिले प्रफुल्लित जोन ह्युमले भनेका छन्, “आयरल्याडबासीलाई जति क्रेडिट युनियन अभियानले राम्रो गरेको छ, त्यति राम्रो कुनै पनि अभियानले गरेको छैन ।”

न्यूजिल्याण्ड
न्यूजिल्याण्डको साउदर्न क्रस नीजि क्षेत्रको त्यहाँको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक संस्था हो । सहकारी प्रारुपमा सञ्चालित साउदर्न क्रसका ८ लाख ७० हजार सेयर सदस्य छन् जुन प्रत्येक ५ किवी (न्युजिल्याण्डका नागरिकलाई प्रयोग गरिने पदावली) मध्ये १ जना हो । सन् २०२० अर्थात यसै वर्ष उक्त संस्थाले जारी गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ ।

स्वीट्जरल्याण्ड
स्वीट्जरल्याण्डमा १ प्रतिशतमात्र सहकारी व्यवसाय रहेपनि सामाजिक उद्यममा तिनको योगदान करिब २० प्रतिशत रहेको छ ।

अमेरिका
अमेरिकाका १ सय ठूला सहकारीमध्ये १२ वटा मध्यपश्चिी राज्य मिनेसोटामा अवस्थित छन् । गत वर्षको कुरा हो, क्यालोफिोर्निया राज्यका २२ नगरका मेयरहरुले देशको सबैभन्दा ठूलो विद्युत कम्पनीलाई सहकारीमा परिणत गर्न आग्रह गरेका थिए । यसले गर्दा ४ करोड सदस्य रहेको अमेरिकाको विद्युत सहकारी अभियानमा ५० लाख नयाँ सदस्य थपिए । एक अध्ययनले सन् २००९ देखि २०१९ सम्मको अवधिमा अमेरिकी क्रेडिट युनियनहरुको कुल सम्पत्ति अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा करिब दोब्बर वृद्धि भएको देखाएको छ ।

उरुग्वे 
दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा भएको एक अध्ययनले त्यहाँको श्रमिक सहकारीमा काम गर्नेहरुले अन्यत्र काम गर्ने कामदारहरु भन्दा ३ प्रतिशत बढी सेवा सुविधा प्राप्त गर्दछन् । 

पेरु
दक्षिण अमेरिकी राष्ट्र पेरु विश्वका उच्च गुणस्तरको कफी उत्पादक मुलुकहरु मध्येमा पर्दछ । त्यहाँका साना कफी उत्पादकहरुले सञ्चालन गरेको सहकारीले २० वर्ष अघि कुल राष्ट्रिय निर्यातमा ४ प्रतिशत मात्र हिस्सा ओगट्थे भने त्यसमा भारी वृद्धि भएर सन् २०१८ मा २७ प्रतिशत पुगेको छ ।

दक्षिण कोरिया
दक्षिण कोरियाको सन्दर्भमा सन् १९९० को दशमा त्यहाँ श्रमिक सहकारीहरुको संख्या २० भन्दा कम रहेकोमा सन् २०१३ मा त्यो संख्या बढेर २ सय २५ पुगेको थियो भने सन् २०१८ को तथ्याङ्क अनुसार त्यहाँ ५ सय १४ श्रमिक सहकारी छन् ।

जापान
जापानमा सन् २०१८ सम्मको तथ्याङ्क हेर्दा ३८ प्रतिशत घरपरिवार त्यहाँको खाद्य सहकारीका सदस्य थिए । सुरुवातमा त्यहाँका गृहणीहरुले संयुक्त खरिद तथा घरदैलो सेवाको सहजताको सोचका साथ शुरु गरेको अभियानले आज घरमा खाद्यवस्तु उपलब्ध गराउने कुल बजारमध्ये ५२ प्रतिशत हिस्सा आगटेको छ । सन् २०२० को मार्च महिनामा जब जापानमा पनि कोभिड–१९ कोकारण लकडाउन घोषणा भयो, त्यसबेला ५१ व्टा ठूला खाद्य सहकारीहरुले आफ्नो सदस्यतामा करिब साढे १५ प्रतिशत वृद्धि भयो ।

कुवेत
कुवेतमा त्यहाँको बजारको ७० प्रतिशत हिस्सा उपभोक्ता सहकारीहरुले ओगटेका छन् । यस्ता सहकारीहरुले आम्दानीको २५ प्रतिशत समुदायको उत्थानको निम्ति प्रदान गर्दछन् ।

मलेशिया
मलेसियाको शिक्षा मन्त्रालयले प्रत्येक हाईस्कूलमा आफ्नै सहकारी गठन गर्न बहस चलाएको छ । उक्त सहकारीमा विद्यालयका कर्मचारी र विद्यार्थीहरु सदस्य हुनेछन् र उनीहरुले संयुक्त रुपमा पुस्तकालय, लुगाधुने सेवा, कफी पसल सञ्चालन गर्नेछन् । त्यसबाट आर्जित मुनाफा विद्यार्थीहरुको हितका साथै सामाजिक कार्यमा खर्च गरिने बताइएको छ । गत वर्ष मात्र मलेसियामा त्यस्तो अवधारण सहितको सहकारी विद्यालयको संख्या २,४०० पुगेको तथ्याङ्क अन्तर्राष्ट्रिय सहकारी महासंघ आईसीएको यसै वर्ष प्रकाशित School Cooperatives in Malaysia सञ्चार सामाग्रीमा उल्लेख छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

पाठकबाट थप