बागलुङका बाढी पहिरो पीडितलाई सहयोग गर्न महासंघको आव्हान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङका बाढी पहिरो पीडितलाई सहयोग गर्न महासंघको आव्हान 

काठमाडौं, भदौ २२ । बागलुङ ढोरपाटन नगरपालिकाको भुजी खोलामा भदौ १७ गते राती परेको भीषण बर्षाका कारण आएको बाढी पहिरो पीडितको उद्धार तथा राहतका लागि राष्ट्रिय सहकारी महासंघले देशव्यापी रुपमा सहकारी संघ संस्थाहरुका लागि सहयोग गर्न अपिल गरेको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.र जिल्ला सहकारी संघ लि. बागलुङले पनि देशभरका सहकारीहरुलाई ढोरपाटनका पहिरो पीडितको उद्धार तथा राहत सहयोगका लागि आब्हान गरेको छ । 

त्यसैगरी सीबाइसी साकोस बागलुङले पनि अभियानका सम्पूर्ण सदस्य लगायत दानवीर सहयोगी मनहरुलाई सहयोगका लागि हार्दिक अपिल गरेको छ ।

भदौ १७ गते राती परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट बागलुङको ढोरपाटन नगरपालिकामा १६ जनाको ज्यान गएको र २२ जना वेपत्ता रहेका छन् । बढी पहिरोले ८० घर पूर्ण रुपमा क्षति पुगको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालय गरी १ सय ७१ भौतिक संरचनामा क्षति पु¥याएको छ ।

महासंघले बागलुङको ढोरपाटनका साथै सिन्धुपाल्चोक, कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको धनजनको ठुलो क्षतिप्रति दुख प्रकट गर्दै प्राकृतिक विपद्को समयमा सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा उद्धार, राहत, उपचार र पुनस्थापना लगायतका कार्यमा सहभागी भई सहयोगमा जुट्न आव्हान गरेको छ ।

सहकारीको सिद्धान्त समुदायप्रति चासोलाई ध्यानमा राखेर बाढी पहिरो प्रभावित समुदाय तथा व्यक्तिहरुको राहत तथा उद्धारका लागि विगतमा झै सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आवश्यक सहयोगका लागि आव्हान गर्दछ, महासंघद्वारा जारी सन्देशमा उल्लेख छ ।

बाढी प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ सीवाइसी साकोसको विपद् व्यवस्थापन तथा सेवा सञ्चालन उपसमितिको सक्रियतामा आर्थिक संकलनको कार्य सुरु गरिएको साकोसले जनाएको छ । बाढी पीडितहरुको लागि सहयोग गर्न इच्छुक संघ, संस्था, व्यक्ति, सदस्य र सहकारीकर्मी महानुभावहरुले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको खाता ‘ढोरपाटन बाढी पहिरो राहत कोष’ खाता नं. ००१४६७ मा संस्थाको  ११ वटै कार्यालयहरुबाट वा राष्ट्रिय सहकारी बैंक लि., बागलुङको खाता नं. ३३००३३१३६ मा रकम जम्मा गर्न अपिल गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराउनुभयो । बाढी पहिरो पीडितको उद्धार तथा राहत सहयोगका लागि सीवाइसी साकोसका सञ्चालक, सदस्य, कर्मचारी र शुभचिन्तकहरुबाट हालसम्म रु. ४ लाख १३ हजार ९ सय ६९ संकलन गरिसकेको अध्यक्ष पौडेलले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप