नेफ्स्कूनद्वारा साधारण सभा सञ्चालन नमूना कार्यविधि विभाग र महासंघलाई हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा साधारण सभा सञ्चालन नमूना कार्यविधि विभाग र महासंघलाई हस्तान्तरण

काठमाडौं, भदौ २५ । नेफ्स्कूनले कोभिड महामारीको अवस्थामा सहकारीहरुको बार्षिक साधारण सभा आयोजना सम्बन्धी मस्यौदा कार्यविधि आज सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघलाई बुझाएको छ । नेफ्स्कूनले सबैको चासोको विषयमा सघन गृहकार्य सहित तयार पारेको महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि–२०७७ आज सरोकारवालालाई हस्तान्तरण गरेको हो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे र महासंघका बरिष्ठ उपाध्यक्ष एवम् आइसीए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्ललाई मस्यौदा कार्यविधि बुझाउनुभएको हो ।
यसअघि सहकारी विभागले भदौ ५ गते परिपत्र मार्फत सहकारी संघ संस्थाहरुमा अन्तिम वार्षिक लेखा परिक्षण र साधारण सभा आयोजनाको विधि र उपायका सम्बन्धमा सरोकारवालाहरुसँग नियमित अन्तरक्रिया भइरहेको भन्दै उपयुक्त निकास सहितको निचोड सार्वजनिक गर्ने जनाएको थियो । 

कार्यविधि बुझ्दै सहकारी विभागका रजिष्ट्रार डा. पाण्डेले साधारणसभा आयोजनाको अन्योल चिर्ने विषयमा अन्तिम निष्कर्ष निकाल्न नेफ्स्कूनले तयार पारेको कार्यविधिले सहजता हुने दाबी गनुभयो ।

“संघ संस्थाहरुलाई असोज २ गतेसम्म लेखापरिक्षण सक्नुस, त्यस बेला सम्म  साधारण सभाका लागि उपयुक्त निर्देशन जारी गर्छौं, भनेका छौं,” रजिष्ट्रार पाण्डेले भन्नुभयो, “ या संस्थाले साधारण सभा नगरेपनि दण्डित नहुने अवस्था आउनुपर्यो अन्यथा जसरी पनि साधारणसभा सम्पन्न गरेको हुनुपर्यो । महासंघबाट पनि लिखित सुझाव प्राप्त भएको छ, दुवै अध्ययन गरेर विभाग अन्तिम टुङ्गोमा पुग्छ ।” 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानको भावना प्रतिबिम्बित हुने गरी भर्चुअल सर्वेक्षणका साथै संघको ३३ औं स्थापना दिवसको अवसरमा सदस्य संघ संस्थालाई जारी गरिएको एकीकृत मार्गनिर्देशन २०७७ मा समावेश बुँदाहरु समेतलाई मिलाएर कार्यविधि तयार पारिएको जानकारी गराउनुभयो । कोभिड १९ को महामारीसँगै संक्रमणको दर फराकिलो भइरहेको परिप्रेक्ष्यमा सहकारीहरुले सदस्यहरुको भौतिक सहभागितामा वार्षिक साधारण सभा आयोजना गर्न सम्भव नभएको सन्दर्भमा नियामक निकायको निर्देशन व्यग्रतापूर्वक पर्खेर बसेका छन् । यसैलाई ध्यानमा राखेर वित्तीय सहकारीहरुको छाता संगठनले सहजिकरण गर्ने उद्देश्यले नमूना कार्यविधि निर्माण गरी हस्तान्तरण गरेको हो । 

यसअघि सहकारी अभियानको छाता संगठन महासंघले पनि विभागलाई साधारण सभा आयोजना सम्बन्धी आफ्ना सुझावहरु बुझाइसकेको बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेफ्स्कूनले सहकारीको बार्षिक साधारणसभाको विषयलाई लिएर तयार गरेको नमूना कार्यविधि अत्यन्त समय सान्दर्भिक, कार्यमूलक र लागु गर्न सकिने अवस्थामा रहेकोले कार्यविधिले समेटेका विषय कार्यान्वयनमा महासंघको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने छ ।

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप