नेफ्स्कूनद्वारा साधारण सभा सञ्चालन नमूना कार्यविधि विभाग र महासंघलाई हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा साधारण सभा सञ्चालन नमूना कार्यविधि विभाग र महासंघलाई हस्तान्तरण

काठमाडौं, भदौ २५ । नेफ्स्कूनले कोभिड महामारीको अवस्थामा सहकारीहरुको बार्षिक साधारण सभा आयोजना सम्बन्धी मस्यौदा कार्यविधि आज सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघलाई बुझाएको छ । नेफ्स्कूनले सबैको चासोको विषयमा सघन गृहकार्य सहित तयार पारेको महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि–२०७७ आज सरोकारवालालाई हस्तान्तरण गरेको हो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे र महासंघका बरिष्ठ उपाध्यक्ष एवम् आइसीए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्ललाई मस्यौदा कार्यविधि बुझाउनुभएको हो ।
यसअघि सहकारी विभागले भदौ ५ गते परिपत्र मार्फत सहकारी संघ संस्थाहरुमा अन्तिम वार्षिक लेखा परिक्षण र साधारण सभा आयोजनाको विधि र उपायका सम्बन्धमा सरोकारवालाहरुसँग नियमित अन्तरक्रिया भइरहेको भन्दै उपयुक्त निकास सहितको निचोड सार्वजनिक गर्ने जनाएको थियो । 

कार्यविधि बुझ्दै सहकारी विभागका रजिष्ट्रार डा. पाण्डेले साधारणसभा आयोजनाको अन्योल चिर्ने विषयमा अन्तिम निष्कर्ष निकाल्न नेफ्स्कूनले तयार पारेको कार्यविधिले सहजता हुने दाबी गनुभयो ।

“संघ संस्थाहरुलाई असोज २ गतेसम्म लेखापरिक्षण सक्नुस, त्यस बेला सम्म  साधारण सभाका लागि उपयुक्त निर्देशन जारी गर्छौं, भनेका छौं,” रजिष्ट्रार पाण्डेले भन्नुभयो, “ या संस्थाले साधारण सभा नगरेपनि दण्डित नहुने अवस्था आउनुपर्यो अन्यथा जसरी पनि साधारणसभा सम्पन्न गरेको हुनुपर्यो । महासंघबाट पनि लिखित सुझाव प्राप्त भएको छ, दुवै अध्ययन गरेर विभाग अन्तिम टुङ्गोमा पुग्छ ।” 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी अभियानको भावना प्रतिबिम्बित हुने गरी भर्चुअल सर्वेक्षणका साथै संघको ३३ औं स्थापना दिवसको अवसरमा सदस्य संघ संस्थालाई जारी गरिएको एकीकृत मार्गनिर्देशन २०७७ मा समावेश बुँदाहरु समेतलाई मिलाएर कार्यविधि तयार पारिएको जानकारी गराउनुभयो । कोभिड १९ को महामारीसँगै संक्रमणको दर फराकिलो भइरहेको परिप्रेक्ष्यमा सहकारीहरुले सदस्यहरुको भौतिक सहभागितामा वार्षिक साधारण सभा आयोजना गर्न सम्भव नभएको सन्दर्भमा नियामक निकायको निर्देशन व्यग्रतापूर्वक पर्खेर बसेका छन् । यसैलाई ध्यानमा राखेर वित्तीय सहकारीहरुको छाता संगठनले सहजिकरण गर्ने उद्देश्यले नमूना कार्यविधि निर्माण गरी हस्तान्तरण गरेको हो । 

यसअघि सहकारी अभियानको छाता संगठन महासंघले पनि विभागलाई साधारण सभा आयोजना सम्बन्धी आफ्ना सुझावहरु बुझाइसकेको बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेफ्स्कूनले सहकारीको बार्षिक साधारणसभाको विषयलाई लिएर तयार गरेको नमूना कार्यविधि अत्यन्त समय सान्दर्भिक, कार्यमूलक र लागु गर्न सकिने अवस्थामा रहेकोले कार्यविधिले समेटेका विषय कार्यान्वयनमा महासंघको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप