वागमती क्लष्टर आबद्ध साकोसहरुका लागि बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वागमती क्लष्टर आबद्ध साकोसहरुका लागि बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला

काठमाण्डौं, भदौ २५ । नेफ्स्कूनले वागमती क्लष्टर अन्तर्गत काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे र मकवानपुरका गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोबेसनमा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ । भदौ २३ गतेदेखि २५ सम्म सञ्चालित ३ दिने कार्यशालामा ३२ साकोसबाट ६६ जनाको उपस्थिति थियो । कोभिड–१९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, तिनको स्तर निर्धारण र न्यूनीकरणका उपाय बारे कार्यशालामा छलफल भएको थियो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय कोमलराज अधिकारी र विदुर खड्का ले सहजीकरण गरेको कार्यशालामा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दिगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको ऋण तिर्न सक्ने क्षमता मापन एवम् विश्लेषण, सदस्यमा प्रभाव अध्ययनका लागि सर्वेक्षण विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्ड पालना, कर्मचारी कार्य ढाँचामा परिवर्तन, सुशासन एवम् कानुनी परिपालनाको सुनिश्चितता एवम् फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवम् कार्यगत लचकता विषय समेटिएका थिए । 

कार्यक्रम उद्घाटन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अभियान र नियामक निकायहरुबीच साधारणसभा संचालन विधिका विषयमा छलफल भइरहेको र छिट्टै निचोडमा पुग्ने जानकारी गराउनुभयो । उहाँले प्रोबेसन आबद्ध साकोसहरुले सदस्य र कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गरी  सदस्यहरुको सेवा र साकोसको नियमित गतिविधिहरुलाई निरन्तर फरक विधिहरु प्रयोग गर्दै संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष पौडेलले त्यसको सहजिकरण नेफ्स्कूनले गर्ने समेत बताउनुभयो ।  

सहभागीहरुले समय सान्र्दभिक व्यवसाय निरन्तरता योजनाले फरक परिस्थितिमा सदस्य, कर्मचारी र साकोसमा सम्भावित जोखिम विश्लेषण गर्दै व्यावसायिक रणनीतिक योजना र वार्षिक योजनाका उद्देश्य प्राप्तिमा निरन्तर अगाडि बढ्न सघाउ पु¥याउने बताउनुभयो । तीन दिने कार्यशालाको समापनमा वोल्दै नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले कोभिड १९ को विषम परिस्थीतिमा पनि साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण गरी  सुरक्षाका उपायहरु अपनाउँदै कर्मचारीहरुमार्फत नियमित गतिविधिहरुलाई निरन्तर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले योजनामा समावेश लक्ष्य प्राप्तिको विकल्प नरहेको भन्दै तिनको प्राप्तिका लागि कार्यशाला सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले  व्यवसाय निरन्तरता योजना निर्माण गरी अघि बढ्न सहभागी सबै साकोसहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेफ्स्कून सदस्य विभाग प्रमुख दुर्गाप्रसाद ढकालले व्यवसाय निरन्तरता योजनाका आवश्यकताका विषयमा प्रस्ट पार्दै नेफ्स्कूनको गुणस्तर सुनिश्चिताको मापदण्डमा बीसीपी निर्माण अनिवार्य सूचकको रुपमा समावेश गर्ने जानकारी गराउनुभयो । । कार्यक्रममा सहभागीहरुले आगामी असोज ८ गते भित्र संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संघले आगामी असोज ११ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी समेत आज गराइएको थियो ।  
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१६ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१६ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप