चन्द्रागिरी साकोसले बनायो व्यवसाय निरन्तरता योजना (बीसीपी)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरी साकोसले बनायो व्यवसाय निरन्तरता योजना (बीसीपी)

काठमाडौं, भदौ २६ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कोभिड महामारीलाई ध्यानमा राखी आर्थिक वर्ष २०७७/७८ को लागि व्यवासय निरन्तरता योजना (बीसीपी) तयार गरेको छ । संस्थाको यही भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) पारित गरेको छ । कोभिड १९ को महामारीको कारण विश्व आक्रान्त भईरहेको बेलामा समग्र विश्वसँगै नेपालको अर्थतन्त्र र वित्तीय बजार पनि नराम्रोसँग प्रभावित भएको भन्दै चन्द्रागिरी साकोसले विषम् परिस्थितिमा संस्था सञ्चालनको विधि र प्रत्रियाहरुको सघन विश्लेषण गरेर बीसीपी तयार गरेको प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनुभयो । 

कोरोना भाईरसले  सहकारीका तीन आधार स्तम्भहरुः सदस्य, कर्मचारी र संस्थामा पारेको प्रभाव, सृजना गरेको नयाँ जोखिमहरु र तिनको न्यूनीकरण उपायहरु सहितको दस्तावेजीकरणका रुपमा बीसीपी तयार गरिएको उहाँले बताउनुभयो । संस्थाको ४ वर्षे रणनीतक योजनाको समिक्षा गर्दै विषम परिस्थिमा परिस्कृत कार्यलक्ष्य समेत उक्त योजनाले तय गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अवगत गराउनुभयो । कोभिड १९ को प्रकोपबीच पनि संस्थालाई सुरक्षित सञ्चालन गर्दै सेवा प्रवाहमा निरन्तरताका लागि आवश्यक सबै व्यक्तिगत र संस्थागत सुरक्षा प्रत्याभूतिका उपायहरु बीसीपीले समेटको उहाँले बताउनुभयो । यसमा कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षात्मक तथा निवारणात्मक कृयाकलापमा संलग्न गराउने, सदस्यहरुलाई महामारी लगायतका आकस्मिकताका लागि पूर्व तयारी गर्न लगाउने बीसीपीको मुख्य लक्ष्य रहेको छ ।

कोभिड १९ को असर परीक्षण तथा सदस्यहरुको पछिल्लो वित्तिय सक्षमता पहिचान सम्बन्धी सर्वेक्षण समेत सम्पन्न गरी सोबाट प्राप्त भएको तथ्यांकहरुको आधारमा संस्थाले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित नगद प्रवाह प्रक्षेपण, ऋणी सदस्यहरुको ऋण फिर्ता गर्ने सक्षमता तथा सदस्यहरुमा कोरोना भाईरसले पारेको आर्थिक, सामाजिक तथा मनौबैज्ञानिक असरको समेत पहिचान गरेको छ । व्यवसाय निरन्तरता योजनाको लागि एशियाली ऋण महासंघ ACCU तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि नेफ्स्कूनको प्राविधिक सहयोग रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप