नेफ्स्कूनका कर्मचारीप्रति गौरव महसुस हुन्छः महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका कर्मचारीप्रति गौरव महसुस हुन्छः महासचिव अधिकारी

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ, मौरीको महमा सदा ।।

काठमाडौं, भदौ २७ । कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अनुष्टुप छन्दको कविता “नैतिक दृष्टान्त” का माथिका पंक्तिले सहकार्यको महत्वलाई गेयात्मक रुपमा छर्लङ्ग पारेको छ । यसले साहित्यमा सहकारीको विषय अटाएको पनि पुष्ट्याइँ गर्दछ । सहकार्यकै अर्को नाम हो सहकारिता । सहकारिताले हरेक काममा समूहभावलाई प्रधानता दिन्छ । साहित्यसाधक लेखनाथले मह उत्पादनमा देखिने मौरीको एकतालाई प्रेरणाको स्रोतका माने झै सहकारीले पनि सदस्यहरु मौरीहरु जस्तै आपसमा मिलेर एक अर्काको सामाजिक, आर्थिक, सांँस्कृतिक र पर्यावरणीय उत्थानका लागि प्रजातान्त्रिक तवरबाट सामाजिक उद्यममा सहकार्य गर्न सक्ने कुरालाई जोड दिन्छ ।

“समूहभावको अर्को परिचय हो–सहकारी संस्कृति,” नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कूनका) महासचिव दामोदर अधिकारीले भन्नुभयो, “सहकारी संस्कृति केवल शिक्षाको विषय होइन, चेतनाको स्तरबाट शिखरारोहण गर्दै आचरणमा बद्लाव हो ।” सामाजिक रुपान्तरणको अचुक अस्त्र सहकार्य र एकता भएकाले सहकारीकर्मीहरुले यसलाई मनबाटै आत्मबोध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सहकारी संस्थाको आधार स्तम्भ व्यवस्थापन समूह भएकाले प्रत्येक कर्मचारीले एकताभावलाई कार्य सम्पादन, सदस्य सम्बन्ध र व्यक्तिगत जीवनको आधार बनाउनुपर्छ ”उहाँले भन्नुभयो,“ त्यसले सहकारी आचरणलाई व्यवस्थापन समूहले आत्मसात् गरेको बोध हुन्छ ।” नेफ्स्कूनले शाखा व्यवस्थापकहरुका लागि भर्चुअल विधिबाट आयोजना गरेको ४ दिने क्षमता विकास तालिमको अन्तिम दिनको बिहानी सत्रमा प्रस्तुति दिर्दै महासचिव अधिकारीले उक्त धारणा राख्नुभएको हो । सहकारीका मुल्य, मान्यता र आचरणसँगै नेफ्स्कूनका मुल्य र मान्यता र संस्कृतिलाई आचरणमा ढालेर नैतिकवान कार्य अभ्यास गर्न उहाँले आग्रह गर्नुभयो ।

 नेफ्स्कूनका कर्मचारीहरुप्रति गौरव महसुस भएको बताउँदै उहाँले भन्नुभयो, “वि आर प्राउड अफ यू।” महासचिव अधिकारीले सहकार्यको सुरुवात बोलीबाट भएपनि त्यसको अन्तिम पुष्टि व्यवहारबाट हुने दाबी गर्नुभयो । प्राविधिक ज्ञान भन्दा उत्प्रेरणामूलक आजको सत्रको श्रीगणेश गर्दै महासचिव अधिकारीले ले  भन्नुभयो, “बोली एउटा ताला हो, जब ताला खुल्छ, अनि थाहा हुन्छ, पसल सुनको हो कि अङ्गारको” । त्यसैले पनि भनिन्छ, “जिब्रोको गरिमा मिठो बोलीमा ।” यसलाई थप प्रष्ट पार्दै उहाँले व्यावहारिक उदाहरण पस्कनुभयो, “ज्ञानले अब्बल व्यक्ति भन्दा, प्रेमले भरिएको, अरुले सुनाएका राम्रा कुराहरु ग्रहण गर्न आतुर कान भएको र अर्काका लागि सधै सहयोगी हात लिएर बसेको व्यक्ति नै मुल्यवान हुन्छ ।” उहाँले सदस्यहरुको सेवाका लागि सञ्चालित सहकारीका कर्मचारीहरुका बोली र आचरणमा सदस्यहरुप्रतिको सेवाभाव झल्कनुपर्ने उल्लेख गर्नुभयो । “त्यसका लागि नेफ्स्कूनका ११ वटा मूल्यहरुलाई सबैले घोक्ने मात्र होइन व्यवहारिक परिणति दिनुपर्छ,” सहकारीसँगै शिक्षा क्षेत्रको पनि लामो अनुभव बोक्नुभएका महासचिव अधिकारीले सुझाव दिनुभयोे,“ आचरण विनाको मानिस नुन नहालेको तरिकारी जस्तो हो ।” स–साना लाग्ने कुराहरुले जीवनमा ठूलो महत्व राख्ने बताउँदै कामको प्राथमिकीकरण गर्न, इमान्दार बन्न र बहुमतलाई भन्दा सत्यलाई अँगाल्न आग्रह गर्नुभयो ।

आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार पनि सुनिश्चित गर्न, अवसरहरुको समान वितरण गर्न, सिकाइप्रति सहकर्मीहरुलाई अभिप्रेरित गर्न र आत्म विश्वास र आदरभाव प्रदर्शन गर्न उहाँको सुझाव थियो । व्यक्तित्वका आयामहरुको चर्चा गर्दै उहाँले इमान्दारी, लगनशीलता, एकताभावसँगै लवाई, खवाई, साथीभाइ, पारिवारिक वातावरण, शिक्षा जस्ता पक्षले ले वास्तविक परिचय स्थापित गर्ने बताउनुभयो ।

सहकारीले गरिब, पिछडिएका र सीमान्तकृत समुदायको उत्थानमा जोड दिए झै कर्मचारीहरुले पनि आफुभन्दा कमजोर सहकर्मीलाई सधै हात र साथ दिनुपर्ने महासचिव अधिकारीले बताउनुभयो । “चाहना र आवश्यकताबीच सन्तुलन कायम नभए नैतिकता संकटमा पर्छ,” उहाँले भन्नुभयो,“ नैतिकता र इमान्दारी जस्ता जीवनोपयोगी मुल्यहरुलाई नेफ्स्कूनका कर्मचारीले आत्मसात् गर्नुपर्ने उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “मुल्यमा कहिल्यै सम्झौता गर्नुहुँदैन ।”

देशभरका शाखा कार्यालयहरुको व्यवस्थापन नेतृत्व लिएकाहरुको दक्षताका कारण संघले आजको उचाइ लिएको भन्दै महासचिव अधिकारीले त्यसबापत नेफ्स्कूनले कर्मचारीहरुलाई परिचयसँगै संरक्षण पनि प्रदान गरेको बताउनुभयो । क्षमता विकासका यस्ता कार्यक्रमले ज्ञान, सीप र धारणालाई समयानुकूल परिस्कृत गर्दै लाने भन्दै उहाँले सिकाइहरुलाई कार्य सम्पादनमा रुपान्तरण गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।   

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप