नेफ्स्कूनका शाखा व्यवस्थापकहरुको ४ दिने क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका शाखा व्यवस्थापकहरुको ४ दिने क्षमता विकास तालिम सम्पन्न

 

 

 

काठमाडौं, भदौ २७ । नेफ्स्कूनले शाखा व्यवस्थापकहरुका लागि आयोजना गरेको ४ दिने क्षमता विकास तालिम आज समापन भएको छ । भदौं २४ गते शुरु भएको भर्चुअल तालिमको आज अन्तिम दिनको अन्तिम सत्रमा सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य रोशन शंकर घिमिरेले सहकारीमा श्रोत व्यवस्थापन र कानूनी व्यवस्था सम्बन्धमा प्रस्तुति गर्नुभएको थियो । वित्तिय श्रोतको परिचय, सहकारीमा वित्तिय श्रोत जुटाउने तरिका, वित्तिय श्रोतका पाटाहरु, जगेडा कोषको महत्व, कानूनी प्रावधानहरु लगायत थुप्रै समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । आफ्नो प्रस्तुतिमा उहाँले स्वतन्त्र स्रोत र नियन्त्रित स्रोत, संस्थागत दिगोपनाका लागि स्वतन्त्र स्रोतहरुको भूमिका, स्थिर सम्पत्तिमा लगानीको आधार र तरिका आदि विषयमा स्पष्ट पार्नुभएको थियो । प्राचार्य घिमिरेले सहकारी अर्थतन्त्र विकासको सशक्त मेरुदण्ड मानिएपनि संघीय संरचनामा अधिकार प्रत्यायोजन गरिएका स्थानीय निकायहरुले यसलाई महत्वमा नराखेको गुनासो गर्नुभयो । सोही कारण स्थानीय निकायमा सहकारी तालिम, शिक्षा र अनुगमनको पाटोमा पछिल्ला दिनमा ध्यान पुग्न नसकेको बताउनुभयो । सहकारीले समुदाय स्तरमा सदस्य केन्द्रित भई कारोबार गर्नुपर्नेमा उहाँको जोड थियो ।

 

 

 

 

 

 

कार्यक्रमको औपचारिक समापन गर्दै नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले तालिमबाट सिकेका कुरालाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । शाखा व्यवस्थापकहरु नेफ्स्कूनको मेरुदण्ड भएको बताउँदै उहाँले ४ दिनको लामो तालिमबाट सहभागीहरुको ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । शाखा व्यवस्थापकहरुले वित्तीय सेवासँगै सदस्य संस्थाहरुका हरतरहका समस्याहरु समाधानमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नभुयो, “धारणा परिवर्तन प्रमुख कुरा हो ।” उपाध्यक्ष अधिकारीले साकोसहरुमार्फत वित्तीय पहुँच नपुगेका सदस्यहरुको जीवनस्तरमा सुधारका लागि नेफ्स्कूनका शाखा व्यवस्थापकहरुले अहिलेको समयमा भर्चुअल विधिबाटै भएपनि साकोसका व्यवस्थापक एवम् कर्मचारीहरुको लागि तालिम र शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । नेफ्स्कूनको आधा भन्दा बढी काम शाखाहरुबाट हुने भन्दै जिम्मेवार भएर कार्य सम्पादन गर्न अनुरोध गर्नुभयो । तालिमको सफलता भोलीबाट कार्यसम्पादनमा आउने फरक र त्यसले ल्याउने नतिजाबाट देखिने उहाँले बताउनुभयो ।

 

 

 

 

 

 

समापन कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले तालिमले सहभागीहरुको निर्णय गर्ने क्षमता, समस्या समाधान गर्ने सीप, समय व्यवस्थापन कला र उत्प्रेरणाको अवसर प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । तालिमले ज्ञान, सीप र धारणा परिवर्तनको आवश्यकतालाई उहाँले पनि जोड दिनुभयो । संघका व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाले सहिजकरणसँगै सञ्चालन समेत गर्नुभएको तालिममा सबै शाखा व्यवस्थापकहरु, सञ्चार अधिकृतहरु, सूचना प्रविधि अधिकृत लगायत ३ दर्जन बढीको सहभागिता थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप