ऋणकै कारण पारिवारिक दुर्घटना निम्तन नदिन सहकारीहरु सचेत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋणकै कारण पारिवारिक दुर्घटना निम्तन नदिन सहकारीहरु सचेत

काठमाडौं, २९ भदौ ।

घटना १
ऋणको बोझले उब्जाएको पारिवारिक कलहका कारण भक्तपुरमा सुदीप अधिकारीको परिवारको ३ जनाको ज्यान गयो । प्रारम्भिक अनुसन्धानले बैंक र ससुरालीबाट लिएको ऋणको व्यवस्थापन गर्न नसकेका कारण जन्मिएको पारिवारिक कलहले अधिकारी, उनकी पत्नी र छोराको ज्यान गएको देखाउँछ । अनुसन्धानमै रहेका कारण घटनाको थप विवरण आउन बाँकी छ ।

घटना २
गत वर्ष काठमाडौंको चन्द्रागिरी नगरपालिकाका विनय लामिछानेले पनि ऋणकै कारण पत्नी र दुई छोरो सहित त्रिशुलीको भेलमा हामफालेका थिए । घटनामा उनी त बचे तर पत्नी र छोराहरुले मृत्युवरण गर्नुपर्यो । 

माथिका २ घटना हाम्रो समाजका पछिल्ला केही प्रतिनिधि उदाहरण हुन् । ऋणकै कारण प्रहरीदेखि जनप्रतिनिधिसम्मले आत्महत्या गरेका घटनाहरु छन् । ऋणले घरबार डुब्नेदेखि परिवार छुट्टिने र ज्यान सम्म लिेन घटनाहरु बढ्दै छन् । त्यसमाथि आधा वर्ष उकालो लाग्न लागेको कोभिड महामारीका कारण प्रतिकुल प्रभावित वित्तीय कारोबारले रोजगारी गुमाएका, ऋणको भाखा नाघेको लगायतका व्यक्तिहरुमा अनेकन समस्याहरु आएको छ । सहकारीबाट ऋण लिएका सदस्यहरुमा भने यस प्रकारको अवस्था आउन नदिन सचेत रहेको सहकारीकर्मीहरुको दाबी छ । 

 भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुका अनुसार सहकारी संस्थाहरुको अहिलेको प्राथमिक दायित्व सदस्यहरुको वास्तविक अवस्था विश्लेषण हो । “व्यक्तिगत स्वास्थ्य, रोजगारीको अवस्था र त्यसपछि मात्र ऋणको विषय उठाउनुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो सञ्जाल भित्रका सहकारीहरुलाई सदस्यहरुको अवस्था बुझ्न सुझाव दिएका छौं । त्यो अनुसार सबै सदस्य संस्थाहरुले टेलिफोन, अनलाईन सर्वेक्षण र भर्चुअल माध्यमबाट काम अघि बढाइरहनुभएको छ ।” पारिवारिक कलह र त्यसपछिका दुर्घटनाका कारण सहकारी संस्थाको ऋण बन्नुहुँदैन भन्ने विषयमा समुदायमा आधारित भक्तपुर जिल्ला बचत संघ र संस्थाहरु एकदम सचेत भएको लाखाजुले दाबी गर्नुभयो । 

रुपन्देहीको तिलोत्तमा–१४ कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष ज्ञानु पौडेल भन्नुहुन्छ, “सहकारीमा सदस्य सन्तुष्टि सबैभन्दा ठूलो विषय हो, यो असहज परिस्थितिमा सदस्यहरुलाई ढाडस दिनुपर्छ, स्वास्थ्य र आर्थिक स्थिति बुझेर मनोसामाजिक परामर्श प्रदान गर्नुपर्छ ।”  त्यसका लागि संस्था र सदस्यको जोखिम विश्लेषण सहित व्यवसाय निरन्रता योजना बनाउनुपर्ने उहाँको भनाइ छ । निरन्तर सम्पर्क, परामर्श, छुटसुविधा, भाखा सार्ने आदि कामहरुमार्फत सदस्यलाई सन्तुष्ट पार्नुपर्ने अध्यक्ष पौडेल बताउनुहुन्छ । आफ्नो संस्थाका ५ हजार ९ सय १३ जना ऋणीको विश्लेषण गरिसकेको जानकारी गराउँदै अध्यक्ष पौडेलले भन्नुभयो, “एकातिर कोरोनाको डर अर्कोतिर ऋणको डरले सदस्यहरुलाई दोहोरो मारमा पार्न किञ्चित् हुँदैन । यो असहज अवस्थामा पारिवारिक विखण्डन लगायतका अन्य जघन्य अपराधका घटनाको कारक तत्व ऋण नबनोस् भनेर नै हामीले लगानी पूर्व ऋण विश्लेषण, परामर्श र वित्तीय साक्षरताका कार्यक्रमलाई महत्वका साथ अघि बढाएका छौं ।”

हुनपनि ऋणको सिद्धान्तले भन्छ ऋणले व्यक्तिलाई मालिक बनाउनुपर्छ । ऋण बोझ बन्नुहुँदैन । ऋणले व्यक्तिलाई उद्यमी बनाउँदै उसको आर्थिकसँगै सामाजिक अवस्था सुदृढ बनाउनुपर्छ । यद्यपि, कतिपय अवस्थामा त्यो देखिदैन । ऋणले पारिवारिक दुर्घटनाहरु निम्तेका छन् । आफ्नो सहकारीहरुको अवस्था भने त्यस्तो नरहेको बताउनुहुन्छ दोलखाको चरिकोटस्थित मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपाने । “ऋण लगानीपछिका उपाय भन्दा हाम्रो जोड लगानीपूर्वमै रहन्छ,” उहाँले भन्नुभयो, “लगानीपछि पछुताउनु भन्दा पहिल्यै ऋणी, व्यवसाय र तिर्नसक्ने क्षमताको विश्लेषण हामी गर्छौ । त्यसले संस्थालाई मात्र होइन सदस्यहरुलाई पनि सम्भावित दुर्घटनाबाट जोगाउछ” त्यसकारण मिलिजुलीले ऋण लगानीपूर्व अनिवार्य ३ घन्टे “ऋण व्यवस्थापन तथा वित्तीय साक्षरता तालिम” प्रदान गर्दै आएको छ । पछिल्लो अवस्थामा पनि ऋणीहरुलाई फोन, गुगल सर्वे सँगै स्वास्थ्य सुरक्षा सहित भेटेरै  पारिवारिक र व्यावसायिक अवस्थाबारे जानकारी लिएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनुभयो ।

ऋण भनेको लगानीका लागि आवश्यक पुँजी हो जसले अन्ततः धर्न सृजना गर्नुपर्छ  । यो अभिशाप बन्नुहुँदैन । “सहकारीहरुले यो समयमा कुनै पनि सदस्यलाई ऋण तिर्न दबाब दिनुहुँदैन, ऋणी सदसस्यहरुसँग सम्पर्क गर्ने, स्वास्थ्यसँगै पारिवारिक वातावरणको जानकारी लिने, रोजागारीको अवस्था बुझ्ने हो,”चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ भन्नुहुन्छ, “अवस्था ठीक छ, व्यवसाय वा रोजगारी चलिरहेको छ भने मात्र उहाँहरुलाई हार्दिकतापूर्वक आग्रह गर्ने हो ।” आफ्नो संस्थाले कोभिड शुरु भएयता अहिलेसम्म ९० प्रतिशत ऋणीहरुको अवस्था विश्लेषण गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराउनुभयो । “भर्खरै हामीले व्यवसाय निरन्तरता योजना पनि निर्माण गर्यौ , त्यसमा पनि त्यो सर्वेक्षणको बारेमा उल्लेख गरेका छौं र सदस्यहरुमा कोभिड प्रभाव विश्लेषणका लागि अनलाइन सर्वेक्षण पनि गरिरेहका छौं,” उहाँले भन्नुभयो, “हाम्रा सदस्यमा ऋणकै कारण त्यस किसिमको तनावको अवस्था छैन ।” 

“भाखा नघाएका सदस्यहरुलाई व्यवसाय निरन्तरताका विकल्पहरु हामीले प्रस्ताव गर्नुपर्छ, व्याज छुट, पुनर्कर्जा आवश्यक छ छैन भन्ने सम्बन्धमा पनि यथेष्ट विश्लेषण गर्नुपर्दछ,” भक्तपुर जिल्ला बचत संघका अध्यक्ष लाखाजुले भन्नुभयो, “जिल्ला भित्रका गुणस्तर मापदण्डको एसियाली ब्राण्ड एक्सेस् प्राप्त ४ संस्थाहरुले पनि सबै ऋणीहरुको सर्वेक्षण गरिसकेपनि अन्तिम नजिता भने आउन बाँकी छ ।” उहाँले कोभिडका कारण व्यवसाय पूर्णतः प्रभावित होटल, यातायात जस्ता क्षेत्रमा आबद्धहरुलाई व्यवसाय उत्थान ऋण, ब्याज सहुलियत, भाखा थप्ने जस्ता सुविधाहरुमार्फत सदस्यलाई तनावमुक्त गर्ने काम भैरहेको र त्यसले निरन्तरता पाउने उहाँले जानकारी गराउनुभयो ।

ऋणको सिद्धान्तले भन्छ ऋणले सदस्यलाई मालिक बनाउनुपर्छ । ऋणमा महत्वाकांक्षा मिसिनु हुँदैन । लिने र दिने दुवै पक्षका महत्वाकांक्षाहरुले सामाजिक विग्रह मात्र होइन दर्दनाक मृत्यु र आत्महत्याका घटनाहरु घट्दछन् । जनउत्थान साकोसकी अध्यक्ष पौडेलका अनुसार उद्यम हेरेर सदस्यको आयआर्जनको अवस्था र पारिवारिक मन्जुरी र श्रोतहरु विश्लेषण सहितको 5C विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ । “जथाभावी ऋण लगानी गर्नाले संस्था र ऋणी दुबैलाई फाइदा हुँदैन,”उहाँले भन्नुभयो, “हामी पनि ऋणीहरुका लागि तनाव व्यवस्थापन सहितको मनोसामाजिक परामर्शका कार्यक्रमहरु चलाउँदै छौं ।”

बाराको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक महेश ढुङ्गेलको पनि विचार अरु सहकारीकर्मीहरु समान छ । “हामीले असार मसान्तमा सबै ऋणी सदस्यहरुलाई सोध्यौं, अवस्था बुझेर तिर्न आग्रह गर्यो । यसले हाम्रो उठ्न बाँकी व्याज पहिला भन्दा राम्रो उठ्यो,” उहाँले भन्नुभयो,“ हामीले कसैलाई पनि कर गरेका छैनौं बरु सदस्यहरुलाई व्यवसाय पुनर्उत्थान ऋण आवश्यक छ कि भनेर सोधपुछ गरेका छौं ।” व्यवस्थापक ढुङ्गेलले ऋणी सदस्यहरुलाई हरतरहले सहजिकरण गरिरहेको दाबी गर्दै भन्नुहुन्छ, “कोरोनासँगै बाँच्ने हो, आवश्यक सुरक्षा सर्तकता अपनाएर व्यवसायलाई निरन्तरता दिन हामीले सदस्यहरुलाई सक्दो सहयोग गरिरहेका छौं ।”

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप