चितवनका प्रोवेसनआबद्ध साकोसहरुका लागि बीसीपी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनका प्रोवेसनआबद्ध साकोसहरुका लागि बीसीपी तालिम सम्पन्न

चितवन, भदौ २९  । नेफ्स्कूनले चितवन जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोवेशनमा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।  भदौ २६ देखि २८ सम्म सञ्चालित भर्चअुल गोष्ठीमा  २३ वटा साकोसका  ४१ जनाको उपस्थिति थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । 

उद्घाटन कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले समय असहज हुदाँ पनि साकोसहरुले निर्धारित समयमै ध्येय, परिकल्पना र उद्देश्य अनुरुप काम गर्नुपर्नेमा जोड दिदैं फरक अवस्थामा फरक  तरिकाले सोचेर कार्यन्वयनमा जान आग्रह गर्नुभयो । नेफ्स्कूनको दीगोपन साकोसको दीगोपनसँग गासिँएको भन्दै उहाँले सहकार्यले मात्र सामना शक्ति विकास गर्न सकिने बिचार व्यक्त गर्नभयो ।  विषम परिस्थितिमा पनि सदस्यलाई निरन्तर सेवा प्रवाह गरेकोमा आभार प्रकट गर्दे आगामी दिनमा प्रविधिमा आधारित सेवा दिन उपाध्यक्ष अधिकारीले अनुरोध गर्नुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय कोमलराज अधिकारी र विदुर खड्काले सहजीकरण गर्नुभएको तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्यढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता एवं फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवं कार्यगत लचकताको विषयहरु समेटिएका थिए । 

तीन दिने कार्यशालाको समापनमा नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाले प्रत्येक संस्था सञ्चालनका लागि व्यवसाय निरन्तरता योजना आवश्यक रहेको बताउनुभयो । सदस्य सुरक्षा, वित्तिय सुरक्षा, कर्मचारी सुरक्षा र सस्ंथागत सुरक्षा अहिलेको समयमा मुख्य चुुनौती रहेकोले त्यसको सामना गर्न व्यवसाय निरन्तर योजना निर्माण कार्यशालाले सहयोग गर्ने विचार व्यक्त गर्नुभएको थियो । सहभागीहरुलाई प्रतिबद्धता अनुरुप समयमै बीसीपी तयार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले असोज १६ गते भित्र संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संघले आगामी असोज १९ गते ग्रयाजुएसन कार्यक्रम गरी  सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नेछ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप