पोखरा रोयल र चन्द्रागिरी साकोसबीच भगिनी सम्बन्ध स्थापित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल र चन्द्रागिरी साकोसबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौं, २९ भदौ । वित्तीय सहकारीका दुई अग्रणी संस्था पोखरा रोयल तथा चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच भगिनी सम्बन्ध स्थापित भएको छ । काठमाडौं र कास्कीका दुई बचत तथा ऋण सहकारी संस्थाबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित गर्ने आज सहमति भएको हो । पोखरा रोयल साकोसका अध्यक्ष तुलसी प्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिवशंकर मानन्धरले जुम बैठक मार्फत दुवै संस्थाको भगिनी सम्बन्ध स्थापनाको घोषणा गर्नुभएको हो । जुम प्रविधिमार्फत दुवै संस्थाका सञ्चालक समित, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरु गरी ३५ जनाको सहभागिता रहेको परिचयात्मक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो । कार्यक्रममा पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृतद्वय भीमबहादुर गुरुङ र कृष्णकुमार श्रेष्ठले आ–आफ्नो संस्थाको वर्तमान अवस्था र कोभिड १९ को महामारीमा  सदस्यहरुलाई प्रदान गरेको सेवा तथा अवलम्बन गरिएका असल अभ्यासका बारेमा अनुभव आदानप्रदान गर्नुभएको थियो ।

दुवै संस्थाको बिकास क्रम, कार्यक्षेत्रको वस्तुस्थिति, उपलब्ध वस्तु तथा सेवा र सहकारी अभियान तथा समुदायको विकास प्रतिको दृष्टिकोणमा समानता रहेकोले भगिनी सम्बन्ध कायम गरेको दुवै संस्थाका अध्यक्षहरुले बताउनुभयो । कार्यक्रममा पोखरा रोयल साकोसका मुख्य प्रवन्धक मीलन ढकालले अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्न, कार्य सञ्चालनमा व्यावसायिकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्न, गुणस्तरीय  सेवालाई प्राथमिकता प्रदान गर्दै ब्राण्डिङ्गमा समेत एकरुपता कायम गर्न र असल अभ्यास तथा अनुभवहरुको नियमित आदानप्रदानको  उद्देश्यले नयाँ सम्बन्ध स्थापित गरिएको जानकारी गराउनुभयो । 

भगिनी सम्बन्धलाई व्यवस्थित बनाउन दुवै संस्थाका प्रतिनिधि सम्मिलित PCRT (Pokhara Chandragiri Rapport Team) गठन गरिएको छ । जसमा पोखरा रोयस साकोसबाट अध्यक्षतुलसी प्रसाद गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र मूख्य प्रवन्धक मीलनढकाल तथा चन्द्रागिरी साकोसबाट अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठर वरिष्ठ अधिकृत सुमित्रा त्रिपाठी रहनुभएको छ । 

दुवै सहकारीहरु समुदायमा आधारित रहेर कार्य गरि रहेका छन् । पोखरा रोयल साकोस २०५९ सालमा २८ जना सदस्यहरुबाट स्थापित भई कास्की, स्याङ्जा, तनहुँ र लमजुङ् जल्ला कार्यक्षेत्र लिई पोखराको बुद्धचोकमा प्रधान कार्यालय र तनहुँको दुलेगौडा, कास्कीको भण्डारढिक र मोहरियामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । हाल संस्थामा ७६०४ शेयर सदस्य र४२ कर्मचारी छन् । त्यसरी नै संस्थाको चुक्ता शेयर पुँजी १७ करोड ४१ लाख, जगेडा कोष १० करोड ४४ लाख, कुल वासलात १ अर्व ८६ करोड पुगेको छ । संस्थाले एटिएम सेवा, रोयल स्मार्ट बैकिङ्ग. र एसएमएस बैकिङ्गमार्फत सेवा प्रदान गरि रहेको छ भने हाल संस्था नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय गुणस्तरता कार्यक्रम प्रोवेशनमा आबद्ध छ । त्यस्तै, २०५८ सालमा स्थानीय २५ जना सदस्यबाट स्थापित समुदायमा आधारित चन्द्रागिरी साकोसले हाल काठमाडौ र ललितपुर जिल्ला कार्यक्षेत्र बनाएको छ । काठमाडौको चन्द्रागिरी न.पा.को थानकोट महादेवस्थानमा प्रधान कार्यालय रहेको उक्त संस्थाले लगनखेल र दहचोक सेवा केन्द्रको स्विकृतिप्राप्त गरिसकेकोले ती स्थानमा कार्यालय सञ्चालनको तयारीमा रहेको छ । संस्थामा हाल ३४ कर्मचारी र १०८७५ शेयर सदस्य छन् । १० करोड ६४ लाख चुक्ता शेयर पुँजी रहेको संस्थामा जगेडा कोष ६ करोड ८३ लाख, कुल वासलात २ अर्व १० करोड छ । संस्थाले स्मार्ट बैकिङ्ग र एसएमएस बैकिङ्गमार्फत सेवाप्रदान गरिरहेको छ भने एटीएम सेवा सञ्चालनको तयारीमा छ । नेफ्स्कूनद्धारा प्राविधिक सहयोग उपलब्ध गराइएको एशियास्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा सहभागी छ । संस्थाले चन्द्रागिरी एम्बुलेन्स र चन्द्रागिरी यातायातमार्फत सदस्यहरुलाई बसभाडा छुटको कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप