नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापकको भर्चुअल कक्षाबाट उत्साहित सहभागीहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापकको भर्चुअल कक्षाबाट उत्साहित सहभागीहरु

काठमाडौं, ३० भदौ । नेफ्स्कूनले भर्चुअल विधिबाट अध्यापन सुरु गरेको सहकारी व्यबस्थापक प्रमाणीकरण कोर्षको प्रारम्भिक अनुभवबाट सहभागीहरु उत्साहित देखिनुभएको छ । एक साता भन्दा बढीको अनुभव लिइसक्नुभएका उहाँहरुले यस किसिमको अध्ययन अवसरले व्यक्तिगत तथा संस्थागत फाइदा पुर्याउने बताउनुभएको छ । नेफ्स्कूनले छोटो अवधिको प्रमाणीकरण तालिम कार्यक्रम अन्तर्गत सहकारी व्यवस्थापक कोर्षको भर्चुअल कक्षा यही भदौं २१ गतेबाट सञ्चालन गरेको हो । कार्यक्रमको औपचारिक उद्घाटन  नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसर पारेर साउन ३२ गते गरिएको थियो । नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को सम्बन्धनमा नेपालमा पहिलो पटक सहकारी व्यवस्थापक कोर्ष सुरु गरेको हो ।

“प्रारम्भिक अनुभवले उपलब्धिमूलक देखाएको छ,” काठमाडौं मनोहरा काँडाघारीस्थित मंगलज्योति बचत तथा ऋण सहकारी संस्थामा आबद्ध सुर्य थापाले भन्नुभयो,“ भर्चुअल विधिबाट पहिलो अनुभव भएकाले कस्तो होला भन्ने लागेको थियो तर प्रत्यक्ष कक्षा कोठामा बसेरै पढे जस्तो भइरहेको छ ।” उहाँले सहभागीहरु पनि सहकारी क्षेत्रका अनुभवी भएकाले थप व्यावहारिक ज्ञानहरु आदानप्रदान भैरहेको छ । पढाइको विषयवस्तु र अध्यापकहरुको ज्ञान शैली पनि सोचेभन्दा राम्रो भएको थापाले अनुभव सुनाउनुभयो ।

“अहिलेसम्मको कक्षा एकदमै राम्रो भइरहेको छ,” दोलखाको मेलुङ–१ पओतीस्थित हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मन्दिरा ओलीले भन्नुभयो, “पढाइको बिषयवस्तु र अध्यापकहरुको विषय विज्ञताका कारण भर्चुअल नै भएपनि कक्षा महत्वपूर्ण भएको छ ।” भौतिक जस्तो सत प्रतिशत एकाग्रताको केही समस्या भएपनि विद्यार्थीहरु आफै संवेदनशील हुनुपर्ने उहाँको भनाइ छ । “सहकारी क्षेत्रमा काम गरेको साढे ३ वर्ष भएपनि यस किसिमको सैद्धान्तिक र व्यावहारिक ज्ञानको अभाव थियो,” ओलीले भन्नुभयो, “१० दिनमै थुपै नयाँ विषयहरु सिकिसक्यौं ।” नियमित शिक्षकहरुसँगै समय समयमा विषय विज्ञ बाहिरी प्रशिक्षकहरुले पनि कक्षा लिदाँ धेरै कुराहरु सिक्न पाइएको उहाँको धारणा छ ।

यस्तै धारणा छ, काठमाडौंको न्यूरोडस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्था लि.आबद्ध दिपक बिक्रम थापाको पनि । “मैले त धेरै अघिदेखि नै छोटा समयावधिका भर्चुअल कक्षाहरु निरन्तर लिएका कारण पनि एकदम सहज लागेको छ,” उहाँले भन्नुभयो, “भर्चुअल भएकै कारण जहाँबाट पनि कक्षा लिन सकियो । अहिले त सैद्धान्तिक विषयमा कक्षा भइरहेको छ, भर्चुअल विधिबाटै प्रयोगात्मक कार्य पनि गर्न सकिन्छ ।” उहाँले समयअनुसार अब भर्चुअल विधिबाटै कक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । आन्तरिक र बाह््य प्रशिक्षकहरुको कक्षा सुरुचिपूर्ण भएको थापाको भनाइ छ । “यो अध्ययनले हामीलाई दैनिक कार्यालयको कामलाई थप प्रभावकारी बनाउने, कार्यालयमा आएका समम्याहरु बिहान अध्यापकहरु र अन्य सहभागीहरुसँग साटेर समाधान निकाल्न सहयोग पुर्याएको धारणा उहाँले व्यक्त गर्नुभयो ।

काठमाडौंको असन, भोटाहिटीस्थित अशोक विनायक बचत तथा ऋण सहकारी संस्था लि.का सह–प्रबन्धक वेद प्रसाद आचार्यको अनुभवमा भर्चुअल कक्षा राम्रोसँग अघि बढिरहेको छ । उहाँले जुम प्रविधिबाट जोडिएर गरिएको अध्ययनको यो पहिलो अनुभव एकदमै रमाइलो भइरहेको बताउनुभयो । “अभौतिक भएपनि हामीले अन्तरक्रियात्मक रुपमा अध्ययन अघि बढाएका छौं,” उहाँले भन्नुभयो, “यद्यपि, भौतिक अध्ययन अध्यापनमा जस्तो भने अलि नहुने रहेछ ।” केही समय अभ्यस्त भएपछि थप सहज हुने उहाँले उल्लेख गर्नुभयो । 

बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने भर्चुअल कक्षामा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सिना र बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले नियमित अध्यापन गराइरहनुभएको छ । सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य रोशन शंकर घिमिरे र उच्च अदालत पाटन बार एशोसिएसनका अध्यक्ष एवम् नेफ्स्कूनका कानूनी सल्लाहकार रामचन्द्र सिंखडाले अतिथि कक्षा लिइसक्नुभएको छ । आगामी दिनमा पनि विषयवस्तुका आधारमा वाहिरी बिषय विज्ञले पनि अतिथि कक्षा लिनुहुने जनाइएको छ । ६ सय घन्टाको सहकारी व्यवस्थापक कोर्ष करिब ९ महिना चल्ने छ भने सहभागीहरुलाई प्रशिक्षकहरुले अध्ययनका लागि ई–सामाग्री उपलब्ध गराइने नेफ्स्कूनले तालिम केन्द्रले जनाएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप