साधारण सभा सञ्चालनका सम्बन्धमा विभागद्वारा नेफ्स्कूनलगायत सरोकारवाला सँग छलफल, चाँडै निर्देशन जारी गर्ने अपेक्षा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साधारण सभा सञ्चालनका सम्बन्धमा विभागद्वारा नेफ्स्कूनलगायत सरोकारवाला सँग छलफल, चाँडै निर्देशन जारी गर्ने अपेक्षा

काठमाडौ, ३० भदौं । सहकारी विभागले कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा सहकारी संघ संस्थाहरुको वार्षिका साधारण सभा सञ्चालनका विधि र प्रक्रियाका बारेमा आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, सहकारी पत्रकार समाज लगायत सरोकारवालाहरुसँग छलफल गरेको छ । यसअघि विभागले यही भदौ २१ गते परिपत्र जारी गरी असहज परिस्थितिमा कसरी साधारण सभा गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल भैरहेको र थप छलफलहरु गरी आवश्यक निकास निकाल्ने जनाएको थियो । विषम् परिस्थितिमा अन्तिम लेखा परिक्षणका साथै वार्षिक साधारण सभा सञ्चालनका बारेमा सहकारी संघ संस्थाहरु समयमै नियामक निकायको निर्देशन प्रतिक्षामा छन् । 

साधारण सभा सञ्चालनको अन्योलका बीच नेफ्स्कूनले भदौ २५ गते महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि सहकारी विभाग र महासंघलाई बुझाएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे र महासंघका बरिष्ठ उपाध्यक्ष एवम् आइसीए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्ललाई मस्यौदा कार्यविधि बुझाउनुभएको थियो । नेफ्स्कूनले बुझाएको उक्त कार्यविधिले विभागलाई निर्देशन जारी गर्न सहज हुने धारणा रजिष्ट्रार डा.टोकराज पाण्डेले व्यक्तगर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष् पौड्यालले आजको छलफल सकारात्मक भएको भन्दै चाँडै विभागबाट यस विषयमा सम्बोधन हुने बताउनुभएको छ । उहाँले नेफ्स्कूनले बुझाएको कार्यविधिका धेरै विषयमा विभागबाट सकारात्मक धारणा आएको भन्दै अब छिट्टै विभाग अन्तिम निष्कर्षमा पुग्ने दाबी गर्नुभयो । 

कोभिड १९ को महामारीसँगै संक्रमणको दर फराकिलो भइरहेको परिप्रेक्ष्यमा सहकारीहरुले सदस्यहरुको भौतिक सहभागितामा वार्षिक साधारण सभा आयोजना गर्न सम्भव नभएको सन्दर्भमा नियामक निकायको निर्देशन व्यग्रतापूर्वक पर्खेर बसेका छन् । यसैलाई ध्यानमा राखेर वित्तीय सहकारीहरुको छाता संगठनले सहजिकरण गर्ने उद्देश्यले नमूना कार्यविधि निर्माण गरी हस्तान्तरण गरेको थियो । 

महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्गले आजको छलफल सौहार्दपूर्ण भएको बताउँदै अब चाँडै निचोड सहितको निर्देशन विभागबाट जारी हुने बताउनुभयो । यसअघि सहकारी अभियानको छाता संगठन महासंघले पनि विभागलाई साधारण सभा आयोजना सम्बन्धी आफ्ना सुझावहरु बुझाइसकेको थियो .छलफलमा भर्चुअल विधिबाट साधारण सभा गर्ने विषयमा विभागको केही रिजर्भेशन रहेको बुझिएको छ । साधारण सभालाई पछि सार्ने वा भर्चुअल विधिबाट गर्ने भन्दा पनि सहकारी ऐन २०७४ को प्रावधान अनुरुप नै अघि बढ्नुपर्ने धारणा विभागको रहेको छ । सदस्यहरुलाई साधारण सभाको एजेन्डा र वार्षिक प्रतिवेदन अध्ययनका लागि पहिल्यै पठाएर समय उपलब्ध गराइ व्यक्तिगत सुरक्षाका मापदण्डहरु पालना गरेर सहभागितामूलक आधारमा साधारण सभा सञ्चालन गर्न सक्ने विषयमा विभागको जोड रहेको बुझिएको छ । सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप