पूर्वका ४१ साकोसका लागि भर्चुअल बीसीपी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वका ४१ साकोसका लागि भर्चुअल बीसीपी तालिम सम्पन्न

मोरङ भदौ ३० । नेफ्स्कून क्षेत्रीय कार्यालय सुनसरी अन्तर्गत गुणस्तर सुनिश्चितता कार्यक्रम PROBATION र ACCESS आबद्ध साकोसहरुका लागि ३ दिने व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । उद्घाटन सत्रमा नेफ्स्कून संचालक द्वय गोमा नेपाल र घनश्याम अधिकारीको उपस्थिति थियो भने भदौ २८ गतेदेखि ३० सम्म सञ्चालन भएको कार्याशालामा प्रविधिमार्फत ४१ साकोसका ६२ जनाको सहभागिता थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । 

नेफ्स्कूनका संचालक गोमा नेपालले उद्घाटन क्रममा बोल्दै असहज समयमा पनि  साकोसहरुले सदस्यप्रति उत्तरदायी भूमिकामा प्रस्तुत भएर अगाडि बढ्न व्यवसाय निरन्तरता योजना निर्माण कार्यशालाले साकोसहरुको क्षमता बिकास हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । यस्तो विषम परिस्थितिमा पनि सदस्यलाई निरन्तर सेवा प्रवाह गर्नुभएकोमा आभार प्रकट गर्दे आगामी दिनमा प्रविधिमा आधारित सेवा दिन सञ्चालक नेपालले अनुरोध गर्नुभयो ।

नेफ्स्कून क्षेत्रिय कार्यालय प्रमुख सन्दिप राज ढकाल लगायत कार्यक्रम अधिकृत द्धय मुकेश दाहाल र धुब्र भुसालले सहजीकरण गर्नुभएको कार्याशालामा व्यवसाय निरन्तरता योजना बनाउँदा अनिवार्य रुपमा सदस्य, कर्मचारी र साकोसमा परेको संस्थागत प्रभावको न्यूनीकरण हुने गरी व्यवसाय निरन्तरता योजनामा सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन,आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्यढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता एवं फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवं कार्यगत लचकताको विषयहरु समेटिएका थिए । 

नेफ्स्कूनका संचालक घनश्याम अधिकारीले साकोसहरुले विपत्तिको समया अधिकतम मात्रामा प्रविधि प्रयोग गरी सदस्यहरुको सेवामा जुटने र ब्यवसाय निरन्तरता योजना बनाई कार्य गर्दै जाँदा साकोसको छबि बढने र सदस्यहरुले साकोसलाई अझ बढी बिश्वास गर्ने बताउनु भयो ।

कार्यशालाको अन्त्यमा  सिकाई उपलब्धिको सहभागीहरुमार्फत पृष्ठपोषण लिई नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले प्रत्येक संस्था सञ्चालनका लागि व्यवसाय निरन्तरता योजना आवश्यक रहेको र सदस्य सुरक्षा, वित्तिय सुरक्षा, कर्मचारी सुरक्षा र सस्ंथागत सुरक्षा अहिलेको समयमा मुख्य चुुनौती रहेकोले तिनको सामना गर्न व्यवसाय निरन्तर योजना निर्माण कार्यशालाले सहजीकरण गर्ने हुँदा सबै साकोसहरुलाई ब्यवसाय निरन्तरता योजना तोकिएको समयमा नै तर्जुमा गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सहभागीहरुले आगामी १६ गते भित्र संस्थाको व्यावसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै संघले आगामी असोज भित्रै ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी गराएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप