४७ साकोसका लागि बीसीपी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
४७ साकोसका लागि बीसीपी तालिम सम्पन्न

काठमाडौ, भदौ ३० । नेफ्स्कूनले कास्की, रुपन्देही, पाल्पा, म्याग्दी, तनहँु, कपिलबस्तु, नवलपरासी र लमजुङ क्षेत्रका ग्ुणस्तर सुनिश्चितता (प्रोवेशन र कर्बस्) कार्यक्रममा आबद्ध साकोसहरुका लागि व्यवसाय निरन्तरता योजना कार्यशाला गोष्ठी–२०७७ भर्चुअल विधिबाट  सम्पन्न गरेको छ । भदौ २८ देखि ३० गतेसम्म संचालित ३ दिने कार्याशालामा ४७ साकोसबाट ७० जनाको उपस्थिति थियो । कोभिड–१९ ले सदस्य, कर्मचारी र संस्थामा पारेको असर विश्लेषण, आउन सक्ने जाखिम, जोखिमको स्तर निर्धारण र न्यनीकरणका उपाय माथि छलफल भएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृतद्घय रामकृष्ण भट्टराई र मनोज खड्काले सहजीकरण गर्नु भएको कार्यशालमा साकोसको सदस्यहरुलाई सेवा निरन्तरताको विकल्प सहितका रणनीतिहरुको विकास, सदस्यसँगको दिगो सम्बन्धका रणनीतिहरु, सदस्यले ऋण तिर्न सक्ने क्षमता मापन र विश्लेषण, सदस्यमा प्रभाव अध्ययनका लागि सर्वेक्षण विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलताको पूर्वानुमान, मनोसामाजिक परामर्श, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्ड पालना, कर्मचारी कार्यढाँचा, सुशासन र कानूनी परीपालनाको कार्यान्वयन एवम् फरक परिस्थितिमा अपनाउनु पर्ने नीतिगत एवम् कार्यगत लचकता र सावधानिका विषय समेटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कून वरिष्ट अधिकृत भरत न्यौपानेले नेफ्स्कूनले असहज परिस्थितिमा समेत विभिन्न तालिम तथा कार्यक्रम मार्फत अभियानलाई जाडिरहेको बताउनु भयो । नेफ्स्कूनमा आबद्ध सम्पूर्ण साकोसहरुले सदस्य र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखि सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्वन गरी सेवा र साकोसको नियमित गतिविधिहरुलाई निरन्तर फरक तरीका अपनाएर संचालन गर्नु पर्ने आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले समय सान्दर्भिक व्यवसाय निरन्तरता योजनाले फरक अवस्थामा सदस्य, कर्मचारी र संस्थामा आउन सक्ने जोखिम विश्लेषण गर्दै व्यवसायिक रणनीतिक योजना र वार्षिक योजनाका उद्देश्य प्राप्तिमा सघाउ पु¥याउने बताउनु भएको थियो ।  

कार्यशालाको समापनमा नेफ्स्कून कायम मुकाय प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले विषम परिस्थितिमा समेत साकोसहरुले व्यवसाय निरन्तरता योजना बनाई सुरक्षाको सम्पूर्ण उपायहरु अपनाउदै नियमित कामलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । उहाँले साकोसको सम्पूर्ण सदस्य बलियो भएमा साकोस बलियो हुने, साकोस बलियो र दिगो भएमा संघहरु बलियो र दिगो हुने भएकोले सबैमा सद्भावपूर्ण सहकार्यको आवश्यकता भएको बताउनु भयो । उहाँले योजनामा समोवश लक्ष्य प्राप्तिको विकल्प नभएकोले फरक परिस्थितिमा फरक रणनीतिका साथ काम गर्न यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा प्रविधि विनाको सेवा अधुरो हुने भएकोले नेफ्स्कूनले यस विषयमा अध्यायन गरी सकेकोले छिटै नीतिगत निर्णय गरी कार्यान्वयनमा जाने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सहभागिहरुले आगामी  १० गते भित्र आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । संघले आगामी असोज १४ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागिहरुलाई प्रमाण पत्र प्रदान गर्ने जानकारी समेत गराइएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप