ड्राइभ इन साधारण सभा !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ड्राइभ इन साधारण सभा !

काठमाडौं भदौ ३१ । कोभिड–१९ महामारीका बीच सुरक्षित, विश्वसनीय र प्रजातान्त्रिक तवरबाट वार्षिक साधारण सभा सञ्चालनका सम्बन्धमा विश्वभर छलफल चलिरहेका छन् । आपतले अवसरको जन्म दिन्छ भनेझै विभिन्न उपायहरुको खोजी भैरहेको छ । आपतमा धैर्यपूर्वक गरिने चिन्तनले नवीन सृजनाको जन्म दिन्छ ।

भारतमा इफ्कोले भर्चुअल र भौतिक विधिको मिश्रण हाइब्रिड तरिकाबाट साधारण सभा सम्पन्न गरेको छ । “आउटसाइड द बक्स” खालका अभ्यासहरु जन्म हुँदै छन् । जे भएपनि समय सुहाउँदो र व्यावहारिक विधिहरु अवलम्बन गर्नुपर्ने देखिन्छ । नेपालको सन्दर्भमा सम्भव नभएपनि अमेरिकास्थित एक सहकारीले अनौठो तरिकाले साधारण सभा सम्पन्न गरेको छ । 

ड्राइभ इन साधारण सभा
अमेरिका, बेलायत लगायतका राष्ट्रमा बर्षौ पहिलो ड्राइभ इन मुभिज्को प्रचलन थियो । यसको अर्थ चलचित्र हेर्नेहरु आ–आफ्नो गाडीमा निर्धारित खुला चौरमा जान्छन् । त्यहाँ ठूलो स्क्रिनमा चलचित्र देखाइन्छ । दर्शकहरु गाडी भित्रैबाट चलचित्रको मनोरन्जन लिन्छन् । भौतिक दूरी र रोग संक्रमणको सम्भावना एकदम न्यून हुन्छ । चलचित्रको मनोरन्जन प्रयोजनका लागि प्रयोग गर्ने गरिएको यो विधि कोभिड संक्रमणको समयमा सहकारीहरुले पनि प्रयोग गरेका छन् । 

गत अप्रिलमा अमेरिकाको रिचमन्ड इलेक्ट्रिक कोअपरेटिभले आफ्नो वार्षिक साधारण सभा यसैगरी आफ्नो सेवा केन्द्रको गाडी पार्किङ् स्थलमा सम्पन्न गरेको छ । सदस्यहरुलाई बैठक अवधिभर गाडीमै बस्न आग्रह गरिएको थियो । कारको रेडियोमा नजिकै मञ्चमा भैरहेको साधारण सभाका गतिविधिहरु प्रत्यक्ष सुन्ने र सहभागी हुने व्यवस्था मिलाइएको थियो । रोचक कुरा त के छ भने साधारण सभामा मतदान कार्य हर्न बजाएर गरिएको थियो । पक्षमा मतदान गर्नेहरुले छोटो अवधि र मसिनो आवाजको हर्न बजाउने र विपक्षमा भोट हाल्नेहरुले लामो अवधि र कर्कश आवाजको हर्न बजाउने । 

उक्त सहकारीकी प्रमुख वित्त अधिकृत एमी मार्टिनले  सदस्यहरु सबै गाडीमै बसेपनि उनीहरुसँगै बस्ने र प्रत्यक्ष कुरा गर्न नपाउँदा अनौठो लागेको बताइन् । यद्यपि, झ्यालबाट सबै सदस्यहरु मुस्कुराइरहेको देख्दा आन्नद लाग्यो । भर्चुअल विधिबाट नजिकै प्रत्यक्ष प्रशारित साधारण सभाका गतिविधिमा नजिकै कारभित्र बाट बसेर सहभागी हुन पाउँदा सदस्यहरु खुसी भएको मार्टिनले बताइन् ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप