काठमाडौं उपत्यकाका कर्ब्स आबद्ध साकोसहरूका लागि भर्चुअल बीसीपी गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं उपत्यकाका कर्ब्स आबद्ध साकोसहरूका लागि भर्चुअल बीसीपी गोष्ठी सम्पन्न

नेफ्स्कूनले काठमाडौं, भत्तपुर तथा ललितपुर जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम कर्ब्समा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।  भदौ २८ देखि ३० सम्म सञ्चालित भर्चअुल गोष्ठीमा ६३ साकोसबाट  १०० भन्दा बढी प्रतिनिधि, कर्मचारी तथा जोखिम व्यवस्थापन कार्यदलका सदस्यको सहभागिता थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणका उपायहरुका बारे छलफल भएको थियो ।  

उद्घाटन कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले हाल सस्थामा महामारीका कारण विभिन्न किसिमका जोखिमहरु, तरलता जोखिम, सदस्यमा जोखिम, बचत तथा ऋणमा जोखिम वृद्धि भइरहेको र जोखिम न्यूनीकरणका लागि सद्भावपूर्ण सहकार्य आवश्यक भएको बताउनुभयो ।  साकोसमा जोखिम बढिरहेको अवस्थामा व्यवसाय निरन्तरता योजना अत्यावश्यक रहेकोले नेफ्स्कुनले कार्यशाला आयोजना गरेको जानकारी गराउँदै सक्रिय रुपमा सहभागी भइ योजना निर्माण तथा कार्यन्वयन गर्न आग्रह गर्नुभयो । हालको विषम परिस्थितिमा पनि सदस्यलाई निरन्तर सेवा प्रवाह गरेकोमा सहभागी साकोसलाइ धन्यवाद दिदै  प्रविधिमा आधारित सेवा अवलम्वन गर्न  अनुरोध गर्नुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय कोमलराज अधिकारी र विदुर खड्काले सहजीकरण गर्नुभएको तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्यढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता एवं फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवं कार्यगत लचकताको विषयहरु समेटिएका थिए । 

३ दिने कार्यशालाको समापनमा सहभागीका तर्फबाट सज्जन महिला साकेसकी अध्यक्ष सीमा पुरी तथा सगरमाथा साकोसबाट कर्ण श्रेष्ठले हालको विषम परिस्थतिमा समायानुसार साकोसको अभिभावकको रुपमा यो कार्यशाला आयोजना गरेकोमा धन्यवाद दिदै निर्धारित समयमा योजना निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे। 

कार्यशाला समापनका क्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कार्यशालामा सहभागी साकोसहरुको सक्रिय सहभागिताको लागि धन्यवाद दिदै प्रत्येक संस्थाले आफ्नो संस्थाको जोखिम पहिचान, नक्साङ्कन गर्दै संस्थामा भएको रणनिति पुनरावलोकन गर्दै यस कार्यशालाबाट प्राप्त ज्ञान सीप तथा नमूना प्रयोग गरेर सहभागीहरुलाई प्रतिबद्धता अनुरुप समयमै व्यवसाय निरन्तर योजना निर्माण गर्न तयार गर्न आग्रह गर्नुभयो ।   सदस्य सुरक्षा, वित्तिय सुरक्षा, कर्मचारी सुरक्षा र सस्ंथागत सुरक्षा अहिलेको समयमा मुख्य चुुनौती रहेकोले त्यसको सामना गर्न व्यवसाय निरन्तर योजना निर्माण कार्यशालाले सहयोग गर्ने विचार व्यक्त गर्नुभएको थियो । । सदस्य साकोसको गुणस्तर सुनिश्चितता गर्न तथा सुरक्षित साकोस निर्माणमा नेफ्स्कुन सदैव साथमा रहेको  बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले असोज १५ गते भित्र संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संघले आगामी असोज १८ गते ग्रयाजुएसन कार्यक्रम गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नेछ ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप