नेफ्स्कूनसँग सद्भावपूर्ण रणनीतिक सहकार्यका विषयमा ४ ठूला निकायसँग भौतिक छलफल शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनसँग सद्भावपूर्ण रणनीतिक सहकार्यका विषयमा ४ ठूला निकायसँग भौतिक छलफल शुरु

काठमाडौं, १ असोज । सहकारीमार्फत रोजगारी सृजना, गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक समृद्धिका लागि सद्भावपूर्ण सहकार्यका विषयमा सरोकारवाला ५ ठूला निकायबीच छलफलको शुरुवात भएको छ । केही दिन अघि राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहभागी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, लि.का अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय युवा परिषद्क कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी,गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई र युवा स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाले एउटै भर्चुअल मञ्चमा  रणनीतिक सहकार्यका सम्भावनाहरु खोज्न सकिने बताए लगत्तै आज भौतिक छलफल अघि बढेको हो ।

नेफ्स्कूनको यो वर्षको नारा “सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य” ले भनेझै कोभिड १९ को विषम् परिस्थितिले उब्जाएका आर्थिक समस्याहरुको सामना शाक्ति विकासका लागि ५ ठूला निकायहरुबीच रणनीतिक साझेदारीको मार्गचित्र कोर्ने विषयमा प्रारम्भिक बसाइ भएको हो । बैठक अत्यन्त सकारात्मक भएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याले बताउनुभएको छ । उहाँले यसलाई प्रारम्भिक छलफल भएपनि सही दिशातर्फ अघि बढिरहेको दाबी गर्नुभयो । “सहकार्यका सम्भावनाहरु प्रशस्त रहेकोमा ४ वटै पक्ष सहमत छौं । त्यसका थप प्रारुपका बारेमा आगामी दिनमा छलफल सघन ढंगबाट अघि बढछ,” अध्यक्ष पौडेलले भन्नुभयो, “यो सहकार्यले मूर्त रुप लिदाँ उद्यमशिलता विकाससँगै प्रशस्तै रोजगारीका सम्भावनाहरु मुलुकभित्रै विकास गर्न सकिन्छ ।” सहकारीमार्फत वित्तीय सारक्षरता, उद्यमशीलता, युवा स्वरोजगारी सृजना गर्ने दिशामा केन्द्रित ५ वटा सरोकारवाला निकायबीचको यो प्रारम्भिक छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केही दिनअघि राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहकारी मार्फत गरिबी निवारणका क्षेत्रमा युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु सञ्चालनका लागि ४ वटै निकायले एकीकृत अवधारणा सहित अघि बढ्ने ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो । सोही भर्चुअल छलफललाई पछ्याउँदै आज भौतिक भेटवार्ता भएको नेफ्स्कूनका अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो ।  गरिबी निवारणका क्षेत्रमा काम गर्ने सरकारी निकायहरुले समुदायस्तरमा भिजेको सहकारीलाई माध्यम बनाउदा अपेक्षाकृत लाभ हासिल गर्न सकिने ठम्याइसहित साझा रणनीतिक अवधारणाको खाँचो ४ वटै निकायका अधिकारसम्पन्न व्यक्तिहरुले औंल्याउनुभएको थियो । 

स्मरणीय छ सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा युवा स्वरोजगारको कार्यक्रमको माध्यमबाट थप १२ हजार गरिबका लागि लघु उद्यम लगायतका क्षेत्रबाट १ लाख २७ हजार रोजगारी सृजना गरिने उल्लेख गरेको छ । त्यसैगरी, गरिबी निवारण कोषद्धारा प्रवाहित ६४ जिल्लाका ३२ हजार भन्दा बढी सामुदायिक संस्थाले परिचालन गरेको १९ अर्बको घुम्ती कोषलाई बीउ पुँजीका रुपमा प्रयोग गरी स्थानीय स्तरमा आर्थिक गतिविधि सञ्चालन गर्न ती संस्थालाई सहकारी प्रणालीमा रुपान्तरण गरिने बजेटमा उल्लेख गरिएको छ । यसबाट कृषि, लघु तथा साना उद्योगका क्षेत्रमा थप १ लाख ५० हजार रोजगारी सृजना गरिने बजेटेले बोलेको छ ।

राष्ट्रिय युवा परिषद्ले लक्षित युवाहरुको पहिचान गर्ने,  उनीहरुलाई आवश्यक सीप विकासका लागि सीटीइभीटीले तालिम तथा व्यावसायिक शिक्षा प्रदान गर्ने र सहकारीले सहुलियत कर्जा मार्फत उद्यमशीलता सृजना गर्ने सम्भावनाका बीच सकारात्मक छलफल शुरुवात भएको हो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप