कास्की । पोखरा–९ चिप्लेढुंगास्थित सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण कार्यक्रम ‘प्रोबेशन’ मा आबद्ध भएको छ । यस सम्बन्धमा हिजो नेफ्स्कून र संस्थाबीच सम्झौता भएको छ । हिजो आयोजित संक्षिप्त कार्यक्रममा नेफस्कुनका बरिष्ठ अधिकृत भरत न्यौपाने तथा अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो भने संस्थाको तर्फबाट अध्यक्ष निर्मल प्रसाद बाँस्तोला लगायत सञ्चालक समितिकाअधिकांश सदस्यको उपस्थिति थियो ।
कोभिड–१९ का कारण आन्तरिक सुशासन, तरलता व्यवस्थापन, ऋण लगानीमा विविधिकरण, व्यवसाय वृद्धि लगायत नयाँ सम्भावनाहरुको खोजी गरिरहेका वित्तीय सहकारीहरु दिन प्रतिदिन नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका विभिन्न कार्यक्रमहरुमा आबद्ध हुने क्रम बढ्दो छ । केही दिनअघि मात्र मात्र चितवनको रत्ननगरस्थित पेवा साकोस प्रोबशेन कार्यक्रममा आबद्ध भएको थियो ।
नीति, विधि र प्रविधिमा बिशेष जोड दिदैं आएको नेफ्स्कूनका गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रमहरु संस्थाका वित्तीय सूचकाङ्कहरुलाई सबल र दिगो बनाउने दिशामा परिलक्षित छन् । जस अन्तर्गत कार्यक्रममा आबद्ध संस्थाहरुलाई नेफ्स्कूनका कार्यक्रम तथा अनुगमन अधिकृतहरुले नियमित आन्तरिक तथा बाह््य अनुगमन गर्ने प्रचलन छ । संस्थाहरुसँग नियमित सम्पर्कमा रहेर उनीहरुका वित्तीय र गैरवित्तीय कार्यक्रमहरुको सुक्ष्म निगरानी राखी समयमै सचेत तुल्याउने र असल राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरु आन्तरिकीकरण गर्न सहयोग पु¥याउने भएकाले नै वित्तीय सहकारीहरुको आकर्षण यस्ता कार्यक्रममा बढ्दो छ ।
खासगरी कोभिड–१९ का कारण वित्तीय सहकारीहरुमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्ने भएकाले पनि संस्थाहरु नेफ्स्कूनको कार्यक्रममा सहभागी हुन इच्छुक देखिएका छन् । करिब ९ सय सदस्य रहेको सरल नमुनाको हालसम्मको वासलात .साढे ११ करोड भन्दा माथि छ । बन्दाबन्दीमा समेत ब्यवसाय निरन्तर राखेको संस्था समूदायमा आधारित रहेर सञ्चालनमा छ । प्रोबेशनमा आबद्धता पश्चात नेफस्कुनको मार्गनिर्देशनअनुरुप ब्राण्ड प्राप्त गर्ने दिशामा अघि बढ्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि