प्रभावकारी बन्दै उर्लाबारीस्थित नारी संकल्पको ‘फुड बैंक’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभावकारी बन्दै उर्लाबारीस्थित नारी संकल्पको ‘फुड बैंक’

फलोअप स्टोरी

काठमाडौं । सुदूर पूर्वको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालन गरेको खाद्य बैंक (फुड बैंक) दिनानुदिन प्रभावकारी बन्दै गएको छ । कोभिड संक्रमणले निम्त्याएको आर्थिक शिथिलताका कारण असंगठित सँगै संगठित क्षेत्रमध्ये पनि अस्थायी प्रकृतिका रोजगारी गुमाएका र सुविधाबाट बञ्चितहरुलाई सहयोगको उद्देश्य सहित नारी संकल्पले भदौ २० गते “कोभिड–१९ उर्लाबारी फुड बैंक”संस्थाका अध्यक्ष सीता कार्की तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले संयुक्त रुपमा फुड बैंक कार्यक्रमको शुभारम्भ गुर्नभएको थियो । सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत नारी संकल्प साकोसले संस्थाको “संकल्प प्रस्ताब कोष” मार्फत ५० हजार रुपैयाँ विनियोजन गरी सुरु गरेको खाद्य बैंकमा सहयोगी हातहरु थपिदै गएको संस्थाकी उपाध्यक्ष एवम् नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले बताउनुभयो । 

“संस्थाका सदस्यसँगै अस्थायी रोजगारी भएका तर लकडाउनका कारण सेवा सुविधा नपाएका, सुत्केरी, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, एकल व्यक्ति, बालवालिका आदिलाई लक्षित गरी फुड बैंक सुरु गरेका थियौं, यसमा सहयोगी हातहरु दिनदिनै बढिरहेको छ । संस्थागतसँगै व्यक्तिगत रुपमा पनि नगद तथा खाद्य सामाग्री सहयोग उपलब्ध भैरहेको छ । स्थानीय निकायको अनुमतिमा सञ्चालित कार्यक्रमलाई नगरपालिकाले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष नेपालले जानकारी गराउनुभयो । “उर्लाबारीमा यो नौलो अभ्यास नारी संकल्पले सुरु गर्यो, हाम्रो अभियानलाई सबैले प्रशंसा गर्नुभएको मात्र छैन, दैनिक सहयोगहरु थपिदै गएको छ,” उपाध्यक्ष नेपालले भन्नुभयो,“ यसलाई निरन्तर सञ्चालन गर्ने सोचमा हामी छौं ।” उहाँले कतिपय अशक्तहरुलाई घरमै गएर पनि खाद्य सामाग्री हस्तान्तरण गरिएको जानकारी गराउनुभयो । “हाम्रो मुख्य उद्देश्य भनेको सबैको घरमा चुलो बलोस् भन्ने हो” उपाध्यक्ष नेपालले भन्नुभयो, “यसका लागि कतिपय हाम्रै सदस्य र कतिपय विदेशमा भएका सदस्यका परिवारले पनि आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।” उहाँले संस्थाका व्यापार व्यवसाय गर्ने सदस्यहरुलाई ३ सय ५२ वटा “फेस सिल्ड” पनि उपलब्ध गराएको स्मरण गर्नुभयो ।

संस्थाका व्यवस्थापक चित्र न्यौपानेले उर्लाबारी जेसिस, नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखा, रोटरी क्लब उर्लाबारी, लायन्स क्लब अफ इस्टर्न मोरङ उर्लाबारी, लायन्स क्लब अफ उर्लाबारी आस्था, लायन्स क्लव अफ उर्लाबारी, सगरमाथा साकोस उर्लाबारी लगायत थुप्रै संघ संस्थाहरु कार्यक्रममा जोडिएको बताउनुभयो । संकलित खाद्य सामाग्रीहरु संस्थाबाटै प्याकेट बनाएर वितरण गरिएको व्यवस्थापक न्यौपानेले उल्लेख गर्नुभयो । “नगरपालिकासँग समन्वय गरेर साँच्चिकै आवश्यक व्यक्ति पहिचान गरी दैनिक ८–१० प्याकेटहरु वितरण गरेका छौं,” उहाँले भन्नुभयो, “दैनिक रुपमा सहयोग पनि राम्रोसँग जुटिरहेको छ ।” यसरी उपलब्ध दुबै प्रकारका सहयोगको विवरण नगरपालिकामा बुझाउने र संस्थाको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको व्यवस्थापक न्यौपानेले जानकारी गराउनुभयो । सहकारीले बचत लिने र ऋण दिने मात्र होइन सामाजिक उत्तरदायित्वका कामलाई पनि स्रोत र साधनले भ्याएसम्म अघि बढाउँछ भन्ने कामको नेतृत्व लिन पाएकोमा नारी संकल्पले गौरब महसूस गरेको व्यवस्थापक न्यौपानेले बताउनुभयो । २०६३ सालमा मोरङ्को उर्लाबारी–७.मा स्थापित नारी संकल्पले यसअघि पनि रक्तदान,विपन्न बर्ग का विद्यार्थी लाई स्टेसनरी तथा न्यानो कपडा वितरण, स्वास्थ्य शिविर लगायतका सामाजिक कार्यक्रममा संलग्न गराउँदै आएको छ । संस्थामा हाल २४०० सदस्य छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप