विभागको सूचनासँगै साधारण सभाको मार्ग प्रशस्तः भर्चुअलभन्दा भौतिककै तयारी    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विभागको सूचनासँगै साधारण सभाको मार्ग प्रशस्तः भर्चुअलभन्दा भौतिककै तयारी    

काठमाडौं । महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नेफ्स्कूनले बुझाएको कार्यविधि–२०७७ लाई मुख्यतः आत्मसात् गर्दै सहकारी विभागले हिजो सूचना जारी गरेसँगै सहकारी संघ संस्थाहरुलाई वर्षको सबैभन्दा महत्वपूर्ण भेलाको तयारीमा जुट्न मार्ग प्रशस्त भएको छ । कोभिड १९ को विषम् परिस्थितिमा भौतिक वा भर्चुअल जसरी भएपनि सहकारी ऐनको प्रावधान अनुरुप नै वार्षिक लेखापरिक्षण र साधारण सभा सम्पन्न गर्नुपर्ने भन्दै विभागले १३ बुँदे सूचना जारी गरेको थियो । त्यसअघि नेफ्स्कूनले विभाग र राष्ट्रिय सहकारी महासंघलाई महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि हस्तान्तरण गरेको थियो । कार्यविधि बुझ्दै विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले नेफ्स्कूनले बुझाएको कार्यविधिले विभागलाई सूचना जारी गर्न सहज हुने धारणा राख्नुभएको थियो । मुख्यतः सोही कार्यविधिलाई आत्मसात् गर्दै अभियानको सुझाव समेटेर विभागले साधारण सभा सञ्चालन सम्बन्धी सूचना जारी गरेपछि अब सहकारीहरु आर्थिक वर्षको लेखापरीक्षणलाई अन्तिम रुप दिने र साधारण सभा तयारी गर्ने मनस्थितिमा पुगेका छन् । सहकारी ऐन अनुसार प्रत्येक सहकारी संस्थाले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र वार्षिक लेखापरिक्षण र ६ महिनाभित्र वार्षिक साधारण सभा बोलाउनुपर्दछ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत हुनुपर्ने व्यवस्था छ । कोभिड–१९ ले समस्या ल्याएपनि कानुन अनुरुप समयमै साधारण सभा गर्नुपर्ने निष्कर्ष सहित  विभागको सूचना आएको हो ।

बर्दियाको ठाकूरबाबा नगरपालिका–१ स्थित हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले अभियानको सहयोगमा जारी भएको विभागको सूचना समय र परिस्थिति अनुरुप नै आएको बताउँदै स्वागत गर्नुभयो । एक दुई दिनमा सञ्चालक समितिको बैठक बसेर यो महिना भित्रै साधारण सभा गर्ने तयारीमा संस्था जुटेको जानकारी उहाँले गराउनुभयो । “हाम्रो परिवेशमा भर्चुअल विधि सम्भव छैन, सेवा केन्द्र स्तरमा हप्ता दिनको समयावधि छुट्टाएर पालैपालो सदस्यहरुको सहभागिताको आधारमा गर्नुपर्छ भन्ने प्रारम्भिक सोच बनाएका छौं, “उहाँले भन्नुभयो, “स्थानीय सञ्चार माध्यमबाट साधारण सभाको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने योजना पनि तयार गरेका छौं । यसमा सञ्चालक समितिको निर्णय कस्तो आउँछ । त्यसले नै निर्क्यौल गर्छ ।”

पूर्वको मोरङ्स्थित उर्लाबारी–३ स्थित सुनपकुवा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक राजकुमार बरालले पनि भर्चुअल विधिबाट साधारण सभा गर्न सम्भव नभएको भन्दै केही दिनको समयावधि राखेर उपस्थिति पुस्तिका खुल्ला गर्ने र सदस्यहरुलाई निश्चित समयभित्र उपस्थिति भएर हस्ताक्षर गर्नका लागि अग्रिम जानकारी गराउने साथै निर्णय पुस्तिकामा समेत हस्ताक्षर गराउन सकिने बताउनुभयो । हाल लेखापरिक्षणको अन्तिम काम बाँकी रहेको उहाँले जानकारी गराउनुभयो । “हाम्रो हरेक साधारण सभामा सधै ८५ प्रतिशतको हाराहारीमा सदस्य सहभागिता हुन्छ,”उहाँले भन्नुभयो,“यद्यपि हामी केही महिना पछि मात्र साधारण सभा गर्छौ । त्यतिन्जेल कोभिडको प्रकोप कस्तो हुन्छ, त्यसका आधारमा विभागले जारी गरेको सूचनामा उपलब्ध विकल्पहरुमध्ये भर्चुअल बाहेकको विधिबाट गर्छौ ।”

यता, मकवानपुरको थाहानगरपालिका–६ बज्रवाराहीस्थित बज्रवाराहि साकोसका व्यवस्थापक रन्जित अर्यालले पनि विभागको सूचना समयसापेक्ष भएको बताउनुभयो । “कोभिड संक्रमणको दर मकवानपुरमा अधिक रहेको र हाम्रा सदस्य संख्या पनि कम रहेका कारण भर्चुअल विधिबाट गनुपर्छ भन्ने प्रारम्भिक सोच बनाएका छौं,” उहाँले भन्नुभयो,“ भूगोलका कारणले पनि सदस्यहरु धेरै टाढा हुनुहुन्छ, त्यही भएर भर्चुअल विधिबाटै गर्नुपर्छ भन्ने हो । ५ गते बस्ने सञ्चालक समितिको बैठकले यसबारे निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो । फेसबुकबाटबाट साधारण सभाका गतिविधि प्रत्यक्ष प्रसारण गर्न सकिने धारणा अर्यालले राख्नुभयो ।

पर्साको विरगंजस्थित सिवम साकोसका व्यवस्थापक राजेन्द्र जयसवालले पनि भर्चुअल साधारण सभा आफ्नो संस्थामा संभव नभएको बताउनुभयो । १४ वटा पालिका छन्, ती सबै स्थानमा आयोजना गर्न समय लाग्छ,” उहाँले भन्नुभयो,“ गर्न त भौतिक रुपमै गर्नुपर्छ, त्यसको विधिका बारेमा प्रारम्भिक छलफलमै छौं । केही समयमै निष्कर्षमा पुग्छौं ।”

धादिङको गल्छीस्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ऋषिराम नेपालले पनि संस्थाले साधारण सभा केही समय पछि गर्ने जानकारी गराउँदै भर्चुअल भन्दा भौतिक विधिबाटै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“भर्चुअल विधिमा सदस्यहरुको रुचि कम हुने भएकाले बरु इकाईगत रुपमा गर्नुपर्ने हुन्छ ।” 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप