चितवन, पर्सा र रौतहटका ३३ साकोसलाई भर्चुअल बीसीपी तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन, पर्सा र रौतहटका ३३ साकोसलाई भर्चुअल बीसीपी तालिम

हेटौडा । नेफ्स्कूनले चितवन, पर्सा र रौतहट जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता  कार्यक्रम कर्वस्मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।  उदघाटन सत्रमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक सदस्य विद्या कोईराला र सञ्चालक सदस्य हरेराम पटेलको उपस्थिति थियो भने असोज ४ गतेदेखि ६ सम्म सञ्चालित गोष्ठीमा ३३ साकोसबाट ५१ जनाको भर्चुअल सहभागिता थियो ।  गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारे छलफल भएको थियो । 

उद्घाटन कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले असहज समयका बाबजूद साकोसहरुले निर्धारित लक्ष्यहरु हासिल गनुपर्ने भन्दै फरक अवस्थामा फरक तरिकाले सोचेर कार्यान्वयन गर्न ध्यानार्षण गराउनुभयो । नेफ्स्कूनको दीगोपन साकोसको दीगोपनसंँग गासिएकोले सहकार्यले मात्र  सामना शक्ति विकास गर्न सकिने बिचार उहाँले व्यक्त गर्नुभयो ।  विषम परिस्थितिमा पनि सदस्यलाई निरन्तर सेवा प्रवाह गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा प्रविधिमा आधारित सेवा दिनको लागि पर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र विदुर खड्का ले सहजीकरण गर्नुभएको तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापनएवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्य ढाँचामा परिवर्तन, सुशासन एवम् कानुनी परिपालनाको सुनिश्चितता तथा फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवम् कार्यगत लचकताको विषयहरु समेटिएका थिए । 

समापनमा बोल्दै नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रत्येक संस्था सञ्चालनका लागि व्यवसाय निरन्तरता योजना आवश्यक रहेको बताउनुभयो । सदस्य सुरक्षा, वित्तीय सुरक्षा, कर्मचारी सुरक्षा र सस्ंथागत सुरक्षा अहिलेको समयमा मुख्य चुुनौती रहेकोले तिनको सामना गर्न व्यवसाय निरन्तर योजना निर्माण कार्यशालाले सहयोग गर्ने विचार व्यक्तगर्नुभयो । सहभागीहरुलाई प्रतिबद्धता अनुरुप समयमै बीसीपी निमार्ण गर्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सहभागीहरुले असोज २१ गते भित्र संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै संघले यही असोज २४ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्ने जानकारी गराएको छ । भर्चुअल कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम कुमार साहले गर्नुभएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप