चितवन, पर्सा र रौतहटका ३३ साकोसलाई भर्चुअल बीसीपी तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन, पर्सा र रौतहटका ३३ साकोसलाई भर्चुअल बीसीपी तालिम

हेटौडा । नेफ्स्कूनले चितवन, पर्सा र रौतहट जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता  कार्यक्रम कर्वस्मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ ।  उदघाटन सत्रमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक सदस्य विद्या कोईराला र सञ्चालक सदस्य हरेराम पटेलको उपस्थिति थियो भने असोज ४ गतेदेखि ६ सम्म सञ्चालित गोष्ठीमा ३३ साकोसबाट ५१ जनाको भर्चुअल सहभागिता थियो ।  गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारे छलफल भएको थियो । 

उद्घाटन कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले असहज समयका बाबजूद साकोसहरुले निर्धारित लक्ष्यहरु हासिल गनुपर्ने भन्दै फरक अवस्थामा फरक तरिकाले सोचेर कार्यान्वयन गर्न ध्यानार्षण गराउनुभयो । नेफ्स्कूनको दीगोपन साकोसको दीगोपनसंँग गासिएकोले सहकार्यले मात्र  सामना शक्ति विकास गर्न सकिने बिचार उहाँले व्यक्त गर्नुभयो ।  विषम परिस्थितिमा पनि सदस्यलाई निरन्तर सेवा प्रवाह गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा प्रविधिमा आधारित सेवा दिनको लागि पर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र विदुर खड्का ले सहजीकरण गर्नुभएको तीन दिने गोष्ठीमा साकोसको सेवा निरन्तरताको लागि वैकल्पिक रणनीतिहरुको विकास, दीगो सदस्य सम्बन्धका रणनीतिहरु, सदस्यको तिर्न सक्ने सक्षमता मापनएवं विश्लेषण, सदस्यमा परेको प्रभाव अध्ययनको लागि सदस्य सर्वेक्षणका विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य मनोसामाजिक परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्य ढाँचामा परिवर्तन, सुशासन एवम् कानुनी परिपालनाको सुनिश्चितता तथा फरक वातावरणमा अपनाउनुपर्ने नीतिगत एवम् कार्यगत लचकताको विषयहरु समेटिएका थिए । 

समापनमा बोल्दै नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रत्येक संस्था सञ्चालनका लागि व्यवसाय निरन्तरता योजना आवश्यक रहेको बताउनुभयो । सदस्य सुरक्षा, वित्तीय सुरक्षा, कर्मचारी सुरक्षा र सस्ंथागत सुरक्षा अहिलेको समयमा मुख्य चुुनौती रहेकोले तिनको सामना गर्न व्यवसाय निरन्तर योजना निर्माण कार्यशालाले सहयोग गर्ने विचार व्यक्तगर्नुभयो । सहभागीहरुलाई प्रतिबद्धता अनुरुप समयमै बीसीपी निमार्ण गर्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सहभागीहरुले असोज २१ गते भित्र संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै संघले यही असोज २४ गते ग्रयाजुएसन कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्ने जानकारी गराएको छ । भर्चुअल कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत गौतम कुमार साहले गर्नुभएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप