साधारण सभा सञ्चालन सम्बन्धमा दाङमा अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साधारण सभा सञ्चालन सम्बन्धमा दाङमा अन्तरक्रिया 

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले अहिलेको विषम् परिस्थितिमा साकोसहरुले नेफ्स्कूनले तयार पारेको महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी कार्यविधि र त्यसका अधिकांश बुँदा अटाएको सहकारी विभागको सूचनाको आधारमा नै वार्षिक साधारण सभाको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङको आयोजना एवम् नेफ्स्कून फिल्ड कार्यलय दाङको प्राबिधिक सहयोगमा हिजो आयोजित वर्तमान समयमा साकोसको साधारण सभा सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले सहकारी ऐनमा व्यवस्था भए अनुरुप र नियामक निकायले जारी गरेको सूचनालाई आधार मानेर समयमै लेखापरिक्षण सकाएर साधारण सभाको तयारीमा जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

कोभिड महामरीको समयमा साकोसहरुले सदस्यहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी यथेष्ट समय उपलब्ध गराएर, प्रतिवेदनहरु पहिल्यै विभिन्न उपायबाट सदस्यहरु कहाँ पुग्ने व्यवस्था मिलाउनुपर्नेमा महासचिव अधिकारीले जोड दिनुभयो । सकेसम्म चाँडो लेखा परिक्षण सकेर सकभर असोज महिनामै साधारण सभा सम्पन्न गर्नुपर्नेमा महासचिव अधिकारीको जोड थियो । साधारण सभा सञ्चालन सम्बन्धि सहकारी बिभागले असोज १ गते जारी गरेको सूचनाको मर्म आत्मसात् गर्दै साकोसहरुले आफ्नो साधारण सभाको मिति भन्दा १५ दिन अघि देखि भौतिक रुपमा टोल टोल वा वडा वडामा सदस्यहरु उपस्थित गराई प्रतिवेदनहरु सकभर घरघरमा पुर्याइ, स्थानीय रेडियो पत्रपत्रिका मार्फत सूचना र जानकारी सम्प्रेषण गरि सबै सदस्यहरुको सहभागिताका आधारमा निर्णय अनुमोदन गराउने व्यवस्था मिलाउनुपर्ने उहाँले सुझाव दिनुभयो । “नीति, विधि र प्रविधिमा जोड दिदैं आएको नेफ्स्कूनले नियामक निकायका सूचनालाई आत्मसात् गर्न सबै सदस्य संस्थाहरुलाई सोही अनुरुप प्रजातान्त्रिक तवरबाट सबै सदस्यहरुको सहभागिता सुनिश्चित गर्दै समयसीमा तोकेर साधारण सभा आयोजनाको तयारी गर्नुपर्छ,” महासचिव अधिकारीले भन्नुभयो,“ऐन कार्यान्वय गर्ने दायित्व हाम्रो हो ।”

जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष रुप बहादु खत्रीको अध्यक्षता एवम् नेफुस्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका ३० साकोसका ३५ प्रतिनिधिहरुको सहभागिता थियो । संघकी उपाध्यक्ष हुमा डि.सी.ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य भरत बुढाथोकी, अञ्जन कुमार पौडेल, हेमन्त योगी, रमा आचार्य नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज बेद प्रसाद भट्टराई उपस्थित कार्यक्रमको सहजिकरण जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका सचिव बिमल अधिकारीले गर्नु भएको थियो ।  

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१७ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१७ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप