साधारण सभा सञ्चालन सम्बन्धमा दाङमा अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साधारण सभा सञ्चालन सम्बन्धमा दाङमा अन्तरक्रिया 

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले अहिलेको विषम् परिस्थितिमा साकोसहरुले नेफ्स्कूनले तयार पारेको महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी कार्यविधि र त्यसका अधिकांश बुँदा अटाएको सहकारी विभागको सूचनाको आधारमा नै वार्षिक साधारण सभाको तयारीमा जुट्नुपर्ने बताउनुभयो ।  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङको आयोजना एवम् नेफ्स्कून फिल्ड कार्यलय दाङको प्राबिधिक सहयोगमा हिजो आयोजित वर्तमान समयमा साकोसको साधारण सभा सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले सहकारी ऐनमा व्यवस्था भए अनुरुप र नियामक निकायले जारी गरेको सूचनालाई आधार मानेर समयमै लेखापरिक्षण सकाएर साधारण सभाको तयारीमा जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

कोभिड महामरीको समयमा साकोसहरुले सदस्यहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी यथेष्ट समय उपलब्ध गराएर, प्रतिवेदनहरु पहिल्यै विभिन्न उपायबाट सदस्यहरु कहाँ पुग्ने व्यवस्था मिलाउनुपर्नेमा महासचिव अधिकारीले जोड दिनुभयो । सकेसम्म चाँडो लेखा परिक्षण सकेर सकभर असोज महिनामै साधारण सभा सम्पन्न गर्नुपर्नेमा महासचिव अधिकारीको जोड थियो । साधारण सभा सञ्चालन सम्बन्धि सहकारी बिभागले असोज १ गते जारी गरेको सूचनाको मर्म आत्मसात् गर्दै साकोसहरुले आफ्नो साधारण सभाको मिति भन्दा १५ दिन अघि देखि भौतिक रुपमा टोल टोल वा वडा वडामा सदस्यहरु उपस्थित गराई प्रतिवेदनहरु सकभर घरघरमा पुर्याइ, स्थानीय रेडियो पत्रपत्रिका मार्फत सूचना र जानकारी सम्प्रेषण गरि सबै सदस्यहरुको सहभागिताका आधारमा निर्णय अनुमोदन गराउने व्यवस्था मिलाउनुपर्ने उहाँले सुझाव दिनुभयो । “नीति, विधि र प्रविधिमा जोड दिदैं आएको नेफ्स्कूनले नियामक निकायका सूचनालाई आत्मसात् गर्न सबै सदस्य संस्थाहरुलाई सोही अनुरुप प्रजातान्त्रिक तवरबाट सबै सदस्यहरुको सहभागिता सुनिश्चित गर्दै समयसीमा तोकेर साधारण सभा आयोजनाको तयारी गर्नुपर्छ,” महासचिव अधिकारीले भन्नुभयो,“ऐन कार्यान्वय गर्ने दायित्व हाम्रो हो ।”

जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष रुप बहादु खत्रीको अध्यक्षता एवम् नेफुस्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका ३० साकोसका ३५ प्रतिनिधिहरुको सहभागिता थियो । संघकी उपाध्यक्ष हुमा डि.सी.ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य भरत बुढाथोकी, अञ्जन कुमार पौडेल, हेमन्त योगी, रमा आचार्य नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज बेद प्रसाद भट्टराई उपस्थित कार्यक्रमको सहजिकरण जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका सचिव बिमल अधिकारीले गर्नु भएको थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप