प्रदेश नं २ को सहकारी ऐन संसदबाट पारितः प्रमाणिकरणको पर्खाइमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश नं २ को सहकारी ऐन संसदबाट पारितः प्रमाणिकरणको पर्खाइमा

काठमाडौं । प्रदेश नं २ को सहकारी ऐन प्रदेश सभाबाट पारित भएर  प्रमाणीकरणको पर्खाइमा रहेको छ । “प्रदेश संसदबाट पारित भएर प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ तर अहिलेसम्म प्रमाणित भएको छैन,” प्रदेश नं २ स्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रशासन जनशक्ति तथा सहकारी महाशाखा प्रमुख ओम नारायण झाले साकोस आवाजलाई जानकारी गराउनुभयो । कोभिड संक्रमणको सुरुवाती चरणमा घोषणा गरिएको लकडाउन अगाडि बसेको प्रदेश सभाले सहकारी ऐन पारित गरेको उहाँले बताउनुभयो । “चैतको पहिलो साता नै प्रदेश सभाले सहकारी ऐन पारित गरिसकेको थियो तर अझै प्रमाणीकरण भने भएको छैन” झाले भन्नुभयो,“ लकडाउन र कोभिड संक्रमणको बढ्दो दरका कारण पनि हुनसक्छ प्रमाणीकरण भने भएको छैन ।” बाँकी प्रदेशमा सहकारी ऐन लागू भैसकेको अवस्थामा प्रदेश नं २ मा भने अझै सहकारी ऐन जारी हुन नसक्दा प्रदेशस्थित सहकारी संघ संस्थाहरुले कठिनाई भोग्दै आएका छन् ।

मन्त्रालयका कर्मचारीलाई कोरोना
यसैबीच, प्रदेश सहकारी मन्त्रालयका १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अधिकृत विनित कुमार झामा भदौ अन्तिम तिर कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले घरमै आइसोलेसनमा बस्नुभएको छ भने मन्त्रालयमा पनि स्वास्थ्य सर्तकताका साथ न्यूनतम कर्मचारीहरुबाट काम भैरहेको झाले जानकारी गराउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप