‘बचतका एक सय तरिका बुझियो’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘बचतका एक सय तरिका बुझियो’ 

काठमाडौं । एशिया प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न मुलुकका सहकारी क्षेत्र सम्बद्ध ४२ महिलाहरु (केही पुरुष पनि) उद्यमशीलता विकासका सम्भावना, प्रयास र तौरतरिकाका बारेमा ३ दिन लगातार एउटै भर्चुअल थलोमा भेट भएर छलफल गरेका छन् । खासगरी कोभिड महामारीले विश्व अर्थव्यवस्थामा प्रतिकुल असरका स्पष्ट संकेतहरु देखाइरहेको परिप्रेक्ष्यमा रोजगारी सृजनाका अवसरहरु मार्फत अवरोधहरु छिचोल्ने विषयमा जानेबुझेका कुराहरु आदानप्रदान गर्ने काम सहभागीहरुबीच भएको छ । यस प्रकारको उपयोगी भेटको संयोजन गरेको थियो –एसिया प्रशान्त क्षेत्रका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता निकाय एशियाली ऋण महासंघ अकूले ।

३ दिने उक्त क्षेत्रीय कार्यशाला गोष्ठीमा नेपालबाट सहभागीहरुमध्येका एक नेफ्स्कूनकी सञ्चालक रीना आचार्यले कार्यक्रमबाट बचतका १ सय तरिका बुझ्ने, कोभिडले रोजगारीमा असर गरेको समयमा वैकल्पिक रोजगारी सृजना गर्ने र वित्तीय लक्ष्यहरु निर्धारण गर्ने प्रमुख विषयहरुमा मिहिन अन्तरक्रियात्मक छलफल भएको जानकारी गराउनुभयो । नेपालसँगै बङ्गलादेश, हङकङ, भारत, इन्डोनेसिया, फिलिपिन्स, ताइवान लगायत मुलुकका खासगरी महिलाहरु यही सेप्टेम्बर ८ देखि १० सम्म जुम एप्लिकेशनमार्फत जोडिएर उद्यमशीलताका विविध आयामका बारेमा चर्चा परिचर्चा गरेका हुन् ।

“अकूको कार्यक्रममा यसरी जोडिएको पहिलो अनुभव एकदमै अविस्मरणीय रह्यो” आफै पनि उद्यमशीलताको उम्दा उदाहरण बन्न सफल नेफ्स्कूनकी सञ्चालक आचार्यले भन्नुभयो,“आफुले गरिरहेका काममा पनि नयाँ सम्भावनाहरु खोज्ने तरिकाहरु जान्न पाएँ ।” उहाँले आकस्मिक बचत गर्नुपर्ने विषयमा बढी जोड रहेको बताउँदै उहाँले कोभिड जस्तै अन्य लामो सयमको विपत्तिको बेला यस प्रकारको कोषले सहयोग गर्छ,  घर खर्च मात्र होइन, उद्यम गर्नलाई पनि सहयोग पुर्याउँछ भन्ने कुरालाई महत्वका साथ कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

“आफ्नो सीप प्रयोग गरेर भौतिक दूरी कायम गर्दै घरमै बसेर गर्न सम्भव कामहरुलाई व्यावसायिक सोच मिश्रणको उपायका बारेमा बताइएको थियो,” उहाँले भन्नभुयो,“ विचारको व्यावसायिकीकरण महामारीको समयमा एकदम उपयोगी हुनसक्छ भन्ने खासगरी घरेलु महिला दिदीबहिनीहरुले जान्नु जरुरी छ ।” घरेलु सीपमा अनलाईन बजारीकरण वा सामाजिक सञ्जालमार्फत बिक्रीवितरणको सम्भावना खोज्दा रोग संक्रमणको सम्भावना पनि कम हुने भन्दै सञ्चालक आचार्यले भन्नुभयो,“ महिला मात्र होइन युवा लक्षित भर्चुअल कार्यक्रममा वित्तीय लक्ष्य निर्धारणका लागि पारिवारिक बजेट निर्माण गर्ने सुझाव मात्र होइन, त्यसको प्रयोगात्मक सिकाइ पनि भयो ।” पारिवारिक बजेट निर्माणलाई वित्तीय साक्षरताको महत्वपूर्ण अंग मान्नुपर्ने भन्दै उहाँले तालिमका दौरान सहभागीहरुले त्यससम्बन्धी कार्ययोजना निर्माण गरेर प्रस्तुत गर्नुभएको थियो ।

आफुले सिकेका कुराहरु परिवारमा मात्र होइन आफु आबद्ध सहकारी संघ संस्थामा पनि लागू गर्ने विषयमा पहल गर्न कार्यशाला गोष्ठीमा आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । “सहकारीमार्फत उद्यमशीलता विकासका लागि यो राम्रो अवसर हो,” आचार्यले भन्नुभयो,“हरेक सहकारीले सदस्यलाई उद्यमशीलतासँग जोड्नुपर्छ, त्यसका उपायहरुका बारेमा प्रशिक्षित गराउनुपर्छ, त्यसका लागि हामीले ३ दिन सिकेका विषयहरु निक्कै उपयोगी हुन्छन् ।”

पारिवारिक बजेट र आकस्मिक बचतका कुराहरुमा हाम्रो ध्यान कम पुग्ने गरेको आचार्यले बताउनुभयो । “म आफै उद्यमी भएकाले प्रशिक्षणमा सिकेका कुराहरु कतिपय लागू गरेकी थिइनँ, अब भने व्यवहारमा उतार्न प्रेरणा मिलेको छ,” उहाँले भन्नुभयो, “ लगानीका अवसरहरु खुम्चाएरै बचत गर्ने भन्दा पनि व्यवासयको प्रकृति, भविष्य, सुरक्षा र संरक्षणको विषय विश्लेषण गरेर अघि बढ्नुपर्ने सुझाव अकुबाट प्राप्त भयो ।”  सैद्धान्तिक सँगै प्रयोगात्मक ज्ञान पनि प्राप्त भएको आचार्यले दाबी गर्नुभयो ।
 कार्यशाला गोष्ठीमा वित्तीय प्रतिकूलताको सामना, व्यवसाय उद्यम नमूना, पारिवारिक बजेट निर्माण लगायतका विविध विषय समेटिएका थिए ।सहकारी सञ्चालन र व्यवस्थापनका विविध भूमिकामा संलग्न खासगरी युवा महिलाहरु जुम जमघटमा जुटेका हुन् । कोभिड १९ को महामारीका कारण सिर्जित वित्तीय अनिश्चिताकाका बाबजूद व्यक्तिगत वित्तीय सामना शक्ति विकासका उपायहरु खोजी गर्ने  विषयमा कार्यक्रममा ब्रेक आउट सेसनका रुपमा पनि समूहगत छलफलहरु भएको सञ्चालक आचार्यले बताउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप