चितवनमा सञ्जाल समन्वय तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा सञ्जाल समन्वय तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनद्धारा सञ्जाल समन्वय तथा सम्बन्ध विस्तार कार्यक्रम आयोजना गरिएको छ । हिजो आयोजित उक्त कार्यक्रममा चितवन फिल्ड कार्यालय अन्तर्गत नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रमाणीकरण कार्यक्रम क्रमशः एक्सेस र प्रोबेशनमा सहभागी २८ साकोसका प्रमुख कार्यकारी अधिकृत एवं ब्यवस्थापकहरुको सहभागिता थियो । नेफस्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले उद्घाटन गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रममा नवलपुर जिल्ला बचत सघं अध्यक्ष माधव प्रसाद गौतम ,नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य प्रेमकृष्ण खनाल, प्रकाश गैरे र दिपक राज खनालको पनि सहभागिता थियो । 

कार्यक्रममा सहभागी प्रमुख कार्यकारी अधिकृत एवं ब्यवस्थापकहरुले हालको अवस्थामा बैक तथा वित्तिय सस्थांहरुले साकोसलाई कम ब्याज दर निर्धारण गरेका कारण साकोस सञ्चालनमा समस्या भएको ,कर्जा सुचना केन्द्रको आवश्यता भएक, हालको विषम परिस्थितिमा साकोसको साधाारण सभा सञ्चालनमा समस्या भएको, सहकारी बिभागले निर्धारण गरेको सन्दर्भ ब्याजदर वैज्ञानिक नभएको, स्थिरीकरण कोषको रकम साकोसकको वासलातको सम्पत्तिमा देखिनुपर्ने र साकोसहरुलाई  कम्तिमा पनि  त्रैमासिक रुपमा यस प्रकारको अन्तरक्रिया कार्यक्रम नेफ्स्कूनले आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो । साकोसहरुलाई सदस्य अभिमुखीकरण कार्यक्रमका माध्यमबाट समयसामयिक विषयमा जानकारी पनि र सञ्जाल बीच समन्वय तथा सम्बन्ध पनि सुमधुर हुँदै जाने धारणा सहभागीहरुको थियो । 

कार्यक्रममा  नेफ्स्कूनकी उपाध्यक्ष अधिकारीले सहभागीहरुको सुझावलाई नेफ्स्कुलने सम्बोधन गर्ने अन्य सरोकारवाला निकायहरुसँग पनि बहस पैरवी गरिने जानकारी गराउनुभयो । कार्यक्रममा हालै  मनोनित चिवतन फिल्ड उपसमिति सदस्य प्रकाश गैरे र दिपक राज खनाललाई नेफस्कून उपाध्यक्ष अधिकारी र सचांलक कोइरालाले बधाईसहित स्वागत गर्नुभएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजिकरण गर्नु भएको थियो प्रशिक्षणमा समसामयिक विषयका साथै नेफ्स्कूनको चार बर्षे रणनीतिका बारेमा जानकारी गराइएको थियो भने कायक्रम सञ्चालन चितवन फिल्ड कार्यालय ईन्चाज यमकला सुबेदीले गर्नुभएको थियो ।

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप