G-20 मा सहकारी संलग्नता विषयमा विश्व सहकारी अभियानकर्मीहरु छलफलमा जुट्दै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
G-20 मा सहकारी संलग्नता विषयमा विश्व सहकारी अभियानकर्मीहरु छलफलमा जुट्दै

काठमाडौं । G-20 मा सहकारीको संलग्नता विषयमा आज विश्व सहकारी अभियानकर्मीहरु भर्चुअल छलफलमा सहभागी हुँदैछन् । सन् २०१४ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) र उसका सदस्यहरु G-20 संलग्नता समूहमा रहेर लगातार सहकारीका सम्बन्धमा छलफल चलाउँदै आएका छन् । विगतदेखि नै G-20 सम्मेलनमा सहकारी अभियन्ताहरुले साना तथा मझौला व्यवसाय, बेरोजगारी, शिक्षाका साथै जी–२० सदस्य राष्ट्रहरुलाई सहकारी सम्बन्धी सुझाव तथा नीतिगत परिवर्तनका विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

विश्व आर्थिक मञ्च G-20 मा विश्वका २० धनी राष्ट्रहरुको प्रतिनिधित्व छ । यो समूहमा एशिया प्रशान्त क्षेत्रका अष्ट्रेलिया, चीन, भारत, इन्डोनेसिया जापान, कोरिया र साउदी अरेबियाको प्रतिनिधित्व छ । यस वर्षको G-20 सम्मेलन साउदी अरेबियाले आयोजना गर्दैछ भने २ वर्षपछि हुने अर्को सम्मेलन भारतले आयोजना गर्दैछ । G-20 को १५ औं बैठक आगामी नोभेम्बर २१–२२ सम्म साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिदैंछ । कुल १९ राष्ट्र, तिनका केन्द्रिय बैंकका गर्भनरहरु र युरोपेली संघ (इयू) गरी २० वटाको समूह G-20 ले विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्दछ ।

आज आयोजना हुने वेबिनारमा G-20  कार्यदलको बैठकमा सहभागी आइसीए सदस्य राष्ट्रका प्रतिनिधिहरुले सहकारीहरुले कसरी सक्रिया भूमिका खेल्न सक्छन् भन्ने विषयमा धारणा राख्ने कार्यक्रम छ । आजको अभौतिक कार्यक्रममा भारत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशका सहकारी अभियानकर्मीहरुले धारणा राख्ने कार्यक्रम छ । कोभिड–१९ को विश्वव्यापी महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र सहकारीमार्फत उद्यमशीलता, रोजगारी, आन्तरिक पर्यटन लगायतका सम्भावनाहरु छिचोल्ने विषयमा आजको वेबिनारमा छलफल हुनसक्ने बताइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप