नेफ्स्कूनद्वारा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम आयोजना

काठमाडौं । नेफ्स्कूनद्वारा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन सम्बन्धी ३ दिने तालिम आयोजन गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालको वित्तीय तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विषय विज्ञ निर्मल सिग्द्येलले उद्यमशीलता विकासको अवधारणा, महत्व, विधिका साथै उत्पादन र बजारीकरण लगायतका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदीले सहजिकरण सहयोग गर्नुभएको थियो । तरकारी खेती तथा अन्य स्थानीय व्यापार व्यवसायमा संलग्न भक्तपुरस्थित बचत तथा ऋण सहकारी संस्थाका २ समूहमा विभक्त २५ जना सदस्यहरु कार्यक्रममा सक्रिय सहभागी हुनुभएको थियो । पहिलो समूहलाई असोज ५, ६ र ७ गते तथा दोस्रो समूहलाई ९, १० र ११ गते तालिम प्रदान गरिएको थियो ।

यसैबीच, आजको समापन समारोहमा प्रमुख अतिथि नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहभागीहरुलाई सफल व्यवसायी बन्नका लागि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले अरु संघ संस्थाले दिन र नेफ्स्कूनले दिने तालिममा धेरै फरक हुने भन्दै व्यवहारोपयोगी तालिमका सिकाइहरु कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो । नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले पनि सहभागीहरुलाई सिकेका कुराहरु कार्यान्वयन गर्न आग्रह गर्नुभयो । यसैगरी, नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले उद्यमशीलता समयको माग भएको भन्दै सहभागीहरुलाई स्थानीय श्रोत साधनको अधिकतम उपयोग गरी व्यवसायिक बन्न सुझाव दिनुभयो । नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले समापन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप