G-20 मा सहकारी संलग्नता सम्बन्धी वेबिनार अत्यन्त सफल: आइसीए–एसिया प्यासिफिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
G-20 मा सहकारी संलग्नता सम्बन्धी वेबिनार अत्यन्त सफल: आइसीए–एसिया प्यासिफिक

काठमाडौं । G-20 मा सहकारी संलग्नता सम्बन्धी हिजो आयोजित वेबिनार अत्यन्त सफल भएको आइसीए–एसिया प्यासिफिक (एपी) ले जनाएको छ ।  ४ सय भन्दा बढी विश्व सहकारी अभियानकर्मीहरु भर्चुअल छलफलमा सहभागी भएको कार्यक्रम निक्कै सफल भएको दाबी आइसीए (एपी) ले गरेको हो । हिजो अबेर भएको अभौतिक भेटमा आइसीए (यूरोप) का अध्यक्ष जीन लुइस ब्यान्सेलले वित्तीयसँगै सहकारी सदस्यका अन्य समस्याहरुतर्फ पनि ध्यान जानुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य, आर्थिक पुनर्उत्थान, रोजगारी, सामाजिक असमानता लगायतका सामाजिक विषयहरुमा आगामी G-20 को बैठकमा छलफल हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।

विजनेश काउन्सिल अफ कोअपरेटिभ्स् एण्ड म्युचुअलकी प्रमुख कार्यकारी मेलिना मोरिसनले कोभिड १९ शुरु भएयता सहकारीहरुले गरेका कामका बारेमा जी २० नेतृत्वलाई अवगत गराउनुपर्ने बताउनुभयो । यसैगरी, कार्यक्रममा विश्व प्रसिद्ध भारतको मल सहकारी इफ्कोका निर्देशक डा यु एस् अवस्थीले कोभिड पछिको जीडीपी भन्नाले खानाको उपलब्धता, स्वच्छ पानी, पहुँचयोग्य स्वास्थ्य सुविधाका साथै प्रविधिकरण हुनुपर्ने बताउनुभयो । सन् २०१४ देखि अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसीए० र उसका सदस्यहरु न्(द्दण् संलग्नता समूहमा रहेर लगातार सहकारीका सम्बन्धमा छलफल चलाउँदै आएका छन् । विगतदेखि नै G-20 सम्मेलनमा सहकारी अभियन्ताहरुले साना तथा मझौला व्यवसाय, बेरोजगारी, शिक्षाका साथै G-20 सदस्य राष्ट्रहरुलाई सहकारी सम्बन्धी सुझाव तथा नीतिगत परिवर्तनका विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

विश्व आर्थिक मञ्च G-20 मा विश्वका २० धनी राष्ट्रहरुको प्रतिनिधित्व छ । यो समूहमा एशिया प्रशान्त क्षेत्रका अष्ट्रेलिया, चीन, भारत, इन्डोनेसिया जापान, कोरिया र साउदी अरेबियाको प्रतिनिधित्व छ । यस वर्षको न्(द्दण् सम्मेलन साउदी अरेबियाले आयोजना गर्दैछ भने २ वर्षपछि हुने अर्को सम्मेलन भारतले आयोजना गर्दैछ । G-20 को १५ औं बैठक आगामी नोभेम्बर २१–२२ सम्म साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिदैंछ । कुल १९ राष्ट्र, तिनका केन्द्रिय बैंकका गर्भनरहरु र युरोपेली संघ EU गरी २० वटाको समूह G-20 ले विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्दछ ।

वेबिनारमा G-20 कार्यदलको बैठकमा सहभागी आइसीए सदस्य राष्ट्रका प्रतिनिधिहरुले सहकारीहरुले कसरी सक्रिया भूमिका खेल्न सक्छन् भन्ने विषयमा धारणा राखेका थिए । अभौतिक कार्यक्रममा भारत, अष्ट्रेलिया, फ्रान्स लगायतका देशका सहकारी अभियानकर्मीहरुले धारणा राख्नेका थिए । कोभिड–१९ को विश्वव्यापी महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र सहकारीमार्फत उद्यमशीलता, रोजगारी, आन्तरिक पर्यटन, जलवायु परिवर्तन, लैङ्गिक समानता, लगायतका विश्वव्यापी मुद्दाहरुमा नयाँ सम्भावनाहरु छिचोल्ने विषयमा वेबिनारमा छलफल भएको बताइएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप