अवकाशका लागि ३ वर्ष बाँकी छः त्यसपछि पनि क्रेडिट युनियनमै रहनेछुः लेनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अवकाशका लागि ३ वर्ष बाँकी छः त्यसपछि पनि क्रेडिट युनियनमै रहनेछुः लेनी

परिवारः
मेरो जन्म सन् १९५८ डिसेम्बर २८ मा फिलिपिन्समा भएको हो । बुबा (स्वर्गीय) पास्कुअल सान रोकी तथा आमा इलेना भ्यालेन्जुएला सान रोकेका हामी ६ सन्तान हौं । म बाहेक अरु सबै विवाहित छन् । २ जना इन्जिनियर, २ जना शिक्षक र अर्का एक जना मेडिकल प्राविधिक छन् । म भने आकूमा कामको सिलसिलामा विगत २५ वर्षदेखि थाइल्याण्डमा बसोवास गरिरहेकी छु । महिला हुन पाएकोमा गर्व छ । महिला हुँदा सबैको बिशेष ध्यान खिच्दो रहेछ ।  

शैक्षिक योग्यताः
लेखा विषयमा स्नातक म सर्टिफाइड पब्लिक अकाउन्टेन्ट पनि हुँ । अमेरिकाको युनिर्भसिटी अफ क्यालिफोर्निया बर्केलीबाट महिला नेतृत्व सम्बन्धमा प्रमाणीकृत कोर्ष पनि पूरा गरेकी छु ।

क्रेडिट युनियनमा संलग्नताः
सन् १९८८ देखि हालसम्म संलग्न रहँदै आएकी छु । एशियाली ऋण महासंघ आकूमा सन् १९९५ को फेब्रुअरी ५ मा वित्तीय सल्लाहकारको रुपमा प्रवेश गरेकी हुँ । त्यसपछि सन् २००० मा सदस्य सेवा प्रमुख हुँदै सन् २०१४ मा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकी हुँ । आकूको अन्तर्राष्ट्रिय सञ्जाललाई समेत गणना गर्ने हो भने १० जना उर्जाशील र क्षमतावान् महिलाहरुको दैनिक सम्पर्कमा रहेर काम गरिरहेकी छु ।

क्रेडिट युनियनका गुरुः
क्रेडिट युनियन अभियानको मेरो गुरु रञ्जित हिताराची हुनुहुन्छ जो आकूको पूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । अहिले रञ्जित म्यानमार परियोजनाका साथै आकूको प्राविधिक विज्ञ समूहको प्रमुख हुनुहुन्छ ।

आकूमा पदावधिः
आकूबाट अवकाश लिन तीन वर्ष मात्र बाँकी छ । यद्यपि, अवकाश जिवन पछि पनि मौका मिलेसम्म बचत तथा ऋण सहकारी क्षेत्रमै स्वेच्छिक सेवामा समर्पित रहनेछु । बचेको समय परिवारसँग समय बिताउँछु ।

स्वभावः
मलाई हत्तपत्त रिस उठ्दैन तर जब मेरो आ अरु कसैको क्षेत्राधिकार भित्र हस्तक्षेप भयो भने सहन सक्दिन । म भन्दा जान्ने अरु कोही छैन भन्ने अधिक घमन्डी व्यक्ति मलाई मन पर्दैन ।

खानपिनः
मेरो मनपर्ने खाना मेवाको मसालेदार सलाद (सम्टम्) हो । 

मनपर्ने रङ
नीलो पहेंलो रङ मलाई बढी मनपर्छ । 

फुर्सद र रुचिः
बिदा मनाउन सबैभन्दा मनपर्ने स्थान फिलिपिन्सको बोराके समुद्री तट हो । खाना पकाउने, गीत गाउने र कोरियन उपन्यास पढ्ने मेरो रुचि हो । यद्यपि, खानाका नयाँ परिकार पकाउने वा स्वाद लिने व्यक्ति (फुडी) भने म होइन । फुर्सदको समय व्यायाम (जीम) गरेर र टेलिभिजन हेरेर बिताउछु । मेरो लागि रमाइलो दिन भनेको व्यायमशालामा समय दिने, इमेल हेर्ने, परिवारका सदस्यहरुसँग भिडियो कल गर्ने र टीभी हेर्ने हो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप