मकवानपुरका सहकारीहरुको सञ्जालद्धारा तरलता अभाव हुन नदिने प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरका सहकारीहरुको सञ्जालद्धारा तरलता अभाव हुन नदिने प्रतिबद्धता

काठमाडौं । मकवानपुरका सहकारीहरुको सञ्जालले जिल्ला भित्रका कुनै पनि सहकारी संघ संस्थाहरुलाई कोभिड १९ को संक्रमणका कारण तरलता अभाव हुन नदिने सामूहिक प्रतिबद्धता जाहेर गरेका छन् । बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार बिक्रम पाण्डेको सहभागितामा सञ्जालको आज बसेको बैठकले साझा प्रतिबद्धता व्यक्त गर्दै निश्चिन्त भएर सहकारीसँग कारोबार गर्न सदस्यहरुलाई आग्रह गरेको छ । रजिष्ट्रार पाण्डेले पनि सदस्यहरुको विश्वास आर्जन गर्न जिल्ला भित्रका सबै सहकारीहरुबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको थियो । मकवानपुर जिल्ला सहकारी संघको समन्वयनमा आयोजित सञ्जालको बैठकले वित्तीय सहकारीहरुको अभिभावक निकाय नेफ्स्कून लगायत सबै विषयगत सहकारीहरुले सम्भावित तरलता संकट व्यवस्थापनका लागि व्यवस्था गरेकोले ढुक्क भएर कारोबार गर्न सहकारी सदस्यहरुलाई अनुरोध गरेको हो ।

कोभिड संक्रमण सुरु भएयता नेफ्स्कूनले तरलता व्यवस्थापन, ऋण लगानी तथा सदस्यहरुको विश्वास आर्जन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । यसबीच सदस्य संस्थाहरुलाई व्यवसाय निरन्तरता योजना (बीसीपी) निर्माणको लागि भर्चुअल तालिमका साथै जिल्लास्थित फिल्ड कार्यालयबाट भौतिक रुपमा पनि सहयोग उपलब्ध गराइएको छ भने सम्भावित तरलता संकटका लागि नेफ्स्कूनले १ अर्ब रुपैंया व्यवस्था गरेको छ भने आवश्यकताका आधारमा उक्त रकम बढाउन सकिने समेत प्रतिबद्धता यसअघि नै जाहेर गरिसकेको छ । यसैगरी, जिल्ला  सहकारी  संघ, जिल्ला बचत संघ, राष्ट्रिय सहकारी संघ लगायतका निकायले पनि तरलता व्यवस्थापनका लागि रकम छुट्टयाएका छन् । कोभिडले सदस्य संघ संस्थाहरुमा परेको तरलता असरका सम्बन्धमा नेफ्स्कूनले सर्भेक्षण गर्नुका साथै उनीहरुसँग नियमित सम्पर्कमा रहेर हर प्रकारको सहयोग उपलब्ध गराउँदै आएको अवस्था छ ।

आजको कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालयका अतिरिक्त जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सञ्जालको बैठकले सहकारीहरुबीच समन्वय र सहकार्यलाई निरन्तरताका साथै थप मजबुत बनाउँदै लानुपर्नेमा जोड दिएको थियो । साझा प्रयासबाट तरलता व्यवस्थापन लगायतका कोभिड १९ सिर्जित र भविष्यमा आइपर्ने समस्याहरु समाधान गर्दै सदस्य र समुदायको विश्वास आर्जन गर्नुपर्ने सहभागीहरुले बताउनुभयो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप