मकवानपुरका सहकारीहरुको सञ्जालद्धारा तरलता अभाव हुन नदिने प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरका सहकारीहरुको सञ्जालद्धारा तरलता अभाव हुन नदिने प्रतिबद्धता

काठमाडौं । मकवानपुरका सहकारीहरुको सञ्जालले जिल्ला भित्रका कुनै पनि सहकारी संघ संस्थाहरुलाई कोभिड १९ को संक्रमणका कारण तरलता अभाव हुन नदिने सामूहिक प्रतिबद्धता जाहेर गरेका छन् । बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार बिक्रम पाण्डेको सहभागितामा सञ्जालको आज बसेको बैठकले साझा प्रतिबद्धता व्यक्त गर्दै निश्चिन्त भएर सहकारीसँग कारोबार गर्न सदस्यहरुलाई आग्रह गरेको छ । रजिष्ट्रार पाण्डेले पनि सदस्यहरुको विश्वास आर्जन गर्न जिल्ला भित्रका सबै सहकारीहरुबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको थियो । मकवानपुर जिल्ला सहकारी संघको समन्वयनमा आयोजित सञ्जालको बैठकले वित्तीय सहकारीहरुको अभिभावक निकाय नेफ्स्कून लगायत सबै विषयगत सहकारीहरुले सम्भावित तरलता संकट व्यवस्थापनका लागि व्यवस्था गरेकोले ढुक्क भएर कारोबार गर्न सहकारी सदस्यहरुलाई अनुरोध गरेको हो ।

कोभिड संक्रमण सुरु भएयता नेफ्स्कूनले तरलता व्यवस्थापन, ऋण लगानी तथा सदस्यहरुको विश्वास आर्जन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । यसबीच सदस्य संस्थाहरुलाई व्यवसाय निरन्तरता योजना (बीसीपी) निर्माणको लागि भर्चुअल तालिमका साथै जिल्लास्थित फिल्ड कार्यालयबाट भौतिक रुपमा पनि सहयोग उपलब्ध गराइएको छ भने सम्भावित तरलता संकटका लागि नेफ्स्कूनले १ अर्ब रुपैंया व्यवस्था गरेको छ भने आवश्यकताका आधारमा उक्त रकम बढाउन सकिने समेत प्रतिबद्धता यसअघि नै जाहेर गरिसकेको छ । यसैगरी, जिल्ला  सहकारी  संघ, जिल्ला बचत संघ, राष्ट्रिय सहकारी संघ लगायतका निकायले पनि तरलता व्यवस्थापनका लागि रकम छुट्टयाएका छन् । कोभिडले सदस्य संघ संस्थाहरुमा परेको तरलता असरका सम्बन्धमा नेफ्स्कूनले सर्भेक्षण गर्नुका साथै उनीहरुसँग नियमित सम्पर्कमा रहेर हर प्रकारको सहयोग उपलब्ध गराउँदै आएको अवस्था छ ।

आजको कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालयका अतिरिक्त जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सञ्जालको बैठकले सहकारीहरुबीच समन्वय र सहकार्यलाई निरन्तरताका साथै थप मजबुत बनाउँदै लानुपर्नेमा जोड दिएको थियो । साझा प्रयासबाट तरलता व्यवस्थापन लगायतका कोभिड १९ सिर्जित र भविष्यमा आइपर्ने समस्याहरु समाधान गर्दै सदस्य र समुदायको विश्वास आर्जन गर्नुपर्ने सहभागीहरुले बताउनुभयो । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप