“महामारीमा सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था” विषयक भर्चुअल अन्तरक्रिया भोली हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“महामारीमा सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था” विषयक भर्चुअल अन्तरक्रिया भोली हुँदै

काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबले कोभिड १९ को महामारीमा सहकारी संस्थाहरुलाई वार्षिक साधारण सभा आयोजनामा सहजिकरण उद्देश्य सहित भोली भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । जुम एप्लिकेशनमार्फत असोज १६ गते शुक्रबार अर्थात् भोली दिउँसो १ बजे शुरु हुने कार्यक्रममा महामारीमा साधारण सभा सञ्चालनका सम्बन्धमा सहकारी विभागले असोज १ गते जारी गरेको सूचनालाई आधार मानेर छलफल केन्द्रित हुने छ । वार्षिक साधारण सभा सञ्चालनका सम्बन्धमा विद्यमान अष्पष्टता अन्त्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष विनोद पराजुलीले साकोस आवाजलाई जानकारी दिनुभयो । 

“ विभागले सूचना जारी गरेपनि केही बुँदा र विषयमा थप स्पष्ट हुनुपर्ने आवश्यकता महसूस भएकोले विभागकै अधिकारीबाट स्पष्ट हुन कार्यक्रम राखेका हौं,” कोलिय देवदह साकोस रुपन्देहीका व्यवस्थापन प्रमुख पराजुलीले भन्नुभयो, “भोली सहभागिता जनाउने देशभरका साकोसका प्रतिनिधिहरुले साधारण सभा कसरी सञ्चालन गर्ने विषयमा प्रत्यक्ष विभागको रायसुझाव बुझ्न पाउनुहुन्छ ।” नेफ्स्कूनको प्राविधिक सहकार्यमा सञ्चालन हुने भोलीको कार्यक्रमको स्रोत व्यक्तिको रुपमा विभागका अधिकारी सहित नेफ्स्कूनको पनि सहभागिता रहने छ ।

स्मरणीय छ वित्तीय सहकारीहरुको एकमात्र अभिभावक निकाय नेफ्स्कूनले पनि महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७ सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघलाई बुझाएको थियो । सोही कार्यविधिका अधिकांश विषय समेटी विभागले असोज १ गते १३ बुँदे सूचना जारी गरेको थियो जसमा भौतिक वा अभौतिक जुनसुकै माध्यमबाट भएपनि सहकारी ऐन २०७४ को प्रावधान अनुरुप समयभित्रै वार्षिक लेखापरिक्षण र साधारण सभा सम्पन्न गर्न सूचित गरिएको थियो । नेफ्स्कूनको कार्यविधि र विभागको सूचनालाई आधार मानेर अधिकांश सहकारीहरुले आन्तरिक कार्यविधि निर्माण गरी साधारण सभाको कार्यसूची तयार पारिसकेको अवस्थामा क्लबले भोली थप छलफलको साझा मञ्च तयारी गरेको हो ।

“नियामक निकाय विभागले भन्न खोजेको र अभियानले गर्न खोजेको कुरामा एकरुपता कायम गर्न पनि यो अभौतिक भेट आयोजना गरिएको हो,” क्लबका सदस्य अध्यक्ष मदन बस्नेतले भन्नुभयो,“ प्रत्यक्ष विभागकै आधिकारिक व्यक्तिबाट स्पष्ट पारिने हुँदा देशभरका सहकारी संघ संस्थाहरुलाई यसले सहयोग पुग्ने ठानेका छौं ।” क्लबका निवर्तमान अध्यक्ष समेत रहनुभएका काभ्रेको पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार वर्षभरी संस्थाले गरेका गतिविधिहरुलाई प्रमाणीकरण गर्ने थलो साधारण सभा भएकाले पनि अहिलेको प्रतिकूल अवस्थामा निकायम निकायको स्पष्ट धारणाले सहकारीहरुलाई साधारण सभा सञ्चालनमा सहयोग पुग्नेछ ।

धेरै सहकारीहरुले साधारण सभाको कार्यतालिक सार्वजनिक गरिसकेको अवस्थामा कार्यक्रम अयोजनामा ढिलाई भएन भन्ने हाम्रो प्रश्नमा वर्तमान अध्यक्ष पराजुली र निर्वतमान अध्यक्ष बस्नेतले घोषणा भैसकेका कार्यक्रम र विधिमा केही त्रुटी भए अझै सच्च्याउन सकिने समय बाँकी भएको धारणा राख्नुभयो । उहाँहरुले साधारण सभा गरिसकेपछि गल्ती नदेखिन अहिले नै पूर्व तयारी र सावधानी अपनाउनु बुद्धिमानी हुने भन्दै भोलीको कार्यक्रमले त्यो अवसर प्रदान गर्ने दाबी गर्नुभयो ।
यसैबीच, क्लबले यो वर्ष नेफ्स्कूनको साधारण सभा अघि २ वटा थप कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । “कोभिडका कारण भौतिक रुपमा नभएपनि छिट्टै नयाँ कार्यक्रम गर्ने तयारीमा छौं,” उहाँले भन्नुभयो,“यस वर्षबाट क्लबलाई थप प्रभावकारी ढंगबाट अघि बढाउने सोच छ । नेफ्स्कूनले पनि यसका लागि क्लबलाई हरप्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाले पनि नयाँ कार्यक्रमका लागि थप उत्साहित भएको वर्तमान सदस्य एवम् निवर्तमान अध्यक्ष बस्नेतले बताउनुभयो ।

के हो नेफ्स्कून साकोस म्यानेजर्स क्लब ?
नेफ्स्कूनका सदस्यहरुमध्ये उत्कृष्ट ठहरिएका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च हो । २०६९ सालमा गठित ९ सदस्यीय क्लब हाल ११ सदस्यीय छ ।  “खासमा नेफ्स्कून व्यवस्थापनका साथै देशभरका साकोसहरुबीच असल अभ्यासहरु साटासाट गर्ने, संस्थागत चुस्तता र कार्यदक्षताका लाागि अनुभवहरु आदानप्रदान गर्ने यो थिङ्क ट्याङ्क हो,” क्लबका संस्थापक अध्यक्ष काठमाडौंको चन्द्रागिरी नपा–७ स्थित चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठश्रेष्ठले भन्नुभयो, “नेफ्स्कूनको सञ्जालभित्रका वित्तीय सहकारीहरुका साझा मुद्दाहरुमा चिन्तन मनन गर्ने, नवीन अवधारणाहरु विकास गर्ने र भोलीका सम्भावनाहरु पहिचान गर्ने फोरम हो ।” बचत तथा ऋण सहकारी अभियानभित्र कार्यरत मानव संशाधनको विकास र परिचालन गरी नवीनतम् विषयहरुको प्रवद्र्धन र अबलम्बनका लागि संघ अन्तर्गत एक व्यावसायिक विशेषज्ञ समूहको रुपमा क्लब रहने व्यवस्था क्लब सञ्चालन कार्यविधिमा उल्लेख छ । साकोस अभियानको सशक्तिकरणको लागि सहयोगीसिद्ध विषयहरुको चर्चा, सहजिकरण र बहसपैरवी, साकोसको केन्द्रीय संघ र प्रारम्भिक संस्थामा व्यावसायिकता विकासका लागि रणनीतिक मार्गनिर्देश तयार गर्न आवश्यक भूमिका खेल्ने लगायतका यसका उद्देश्य निर्धारण गरिएको छ ।

विगत २ वर्ष यता फेरिएको यसको संरचना अनुसार नेफ्स्कूनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर साउन ३२ गते घोषणा गर्ने उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत व्यवस्थापकको संयोजकत्वमा, निवर्तमान संयोजक १ जना, प्रदेशस्तरीय उत्कृष्ट साकोसका ७ व्यवस्थापन प्रमुख, सर्वोत्कृष्ट साकोसको व्यवस्थापक १ र उत्कृष्ट महिलातर्फको साकोसकी व्यवस्थापक १ जना सदस्य रहने क्लब कुल ११ सदस्यीय हुनेछ । क्लका संयोजक सहित सदस्यहरुको कार्यकाल १ वर्षको हुनेछ ।  नेफ्स्कूनको वार्षिक साधारणसभाबाट पुरस्कृत साकोस तथा व्यवस्थापन प्रमुखहरुबाट अर्को वर्षका लागि उत्कृष्ट घोषितहरुलाई क्लबको जिम्मेवारी हस्तान्तरण हुनेछ । 

प्रारम्भमा नेफ्स्कून एवम् एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रम “उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वोत्तम छनोट” अर्थात्  एक्सेस ब्राण्ड प्राप्त साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागितामा “एक्सेस् साकोर्स म्यानेजर्स क्लब” नाम दिइएको उक्त फोरमलाई २ वर्षअघि “नेफ्स्कून साकोस म्यानेजर्स क्लब” नामाकरण गरिएको हो । नेफ्स्कूनले आयोजन गर्ने साकोस व्यवस्थापक प्रमुखहरुको राष्ट्रिय गोष्ठीको व्यवस्थापन गर्दै आएको क्लबले सन् २०१३ मा Enabling HR to Enhance Performance  विषयक HR सम्मेलन पनि आयोजना गरेको संस्थापक अध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो ।

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

२ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

६ दिन अगाडि

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 
व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

६ दिन अगाडि

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३४ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप