के हो नेफ्स्कून साकोस म्यानेजर्स क्लब  ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
के हो नेफ्स्कून साकोस म्यानेजर्स क्लब  ?

काठमाडौं । नेफ्स्कूनका सदस्यहरुमध्ये उत्कृष्ट ठहरिएका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च हो । २०६९ सालमा गठित ९ सदस्यीय क्लब हाल ११ सदस्यीय छ ।  “खासमा नेफ्स्कून व्यवस्थापनका साथै देशभरका साकोसहरुबीच असल अभ्यासहरु साटासाट गर्ने, संस्थागत चुस्तता र कार्यदक्षताका लाागि अनुभवहरु आदानप्रदान गर्ने यो थिङ्क ट्याङ्क हो,” क्लबका संस्थापक अध्यक्ष काठमाडौंको चन्द्रागिरी नपा–७ स्थित चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठश्रेष्ठले भन्नुभयो, “नेफ्स्कूनको सञ्जालभित्रका वित्तीय सहकारीहरुका साझा मुद्दाहरुमा चिन्तन मनन गर्ने, नवीन अवधारणाहरु विकास गर्ने र भोलीका सम्भावनाहरु पहिचान गर्ने फोरम हो ।” बचत तथा ऋण सहकारी अभियानभित्र कार्यरत मानव संशाधनको विकास र परिचालन गरी नवीनतम् विषयहरुको प्रवद्र्धन र अबलम्बनका लागि संघ अन्तर्गत एक व्यावसायिक विशेषज्ञ समूहको रुपमा क्लब रहने व्यवस्था क्लब सञ्चालन कार्यविधिमा उल्लेख छ । साकोस अभियानको सशक्तिकरणको लागि सहयोगीसिद्ध विषयहरुको चर्चा, सहजिकरण र बहसपैरवी, साकोसको केन्द्रीय संघ र प्रारम्भिक संस्थामा व्यावसायिकता विकासका लागि रणनीतिक मार्गनिर्देश तयार गर्न आवश्यक भूमिका खेल्ने लगायतका यसका उद्देश्य निर्धारण गरिएको छ ।

विगत २ वर्ष यता फेरिएको यसको संरचना अनुसार नेफ्स्कूनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर साउन ३२ गते घोषणा गर्ने उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत व्यवस्थापकको संयोजकत्वमा, निवर्तमान संयोजक १ जना, प्रदेशस्तरीय उत्कृष्ट साकोसका ७ व्यवस्थापन प्रमुख, सर्वोत्कृष्ट साकोसको व्यवस्थापक १ र उत्कृष्ट महिलातर्फको साकोसकी व्यवस्थापक १ जना सदस्य रहने क्लब कुल ११ सदस्यीय हुनेछ । क्लका संयोजक सहित सदस्यहरुको कार्यकाल १ वर्षको हुनेछ ।  नेफ्स्कूनको वार्षिक साधारणसभाबाट पुरस्कृत साकोस तथा व्यवस्थापन प्रमुखहरुबाट अर्को वर्षका लागि उत्कृष्ट घोषितहरुलाई क्लबको जिम्मेवारी हस्तान्तरण हुनेछ । 

प्रारम्भमा नेफ्स्कून एवम् एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रम “उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वोत्तम छनोट” अर्थात्  एक्सेस ब्राण्ड प्राप्त साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागितामा “एक्सेस् साकोर्स म्यानेजर्स क्लब” नाम दिइएको उक्त फोरमलाई २ वर्षअघि “नेफ्स्कून साकोस म्यानेजर्स क्लब” नामाकरण गरिएको हो । नेफ्स्कूनले आयोजन गर्ने साकोस व्यवस्थापक प्रमुखहरुको राष्ट्रिय गोष्ठीको व्यवस्थापन गर्दै आएको क्लबले सन् २०१३ मा Enabling HR to Enhance Performance विषयक ज्च् सम्मेलन पनि आयोजना गरेको संस्थापक अध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो ।

यसैबीच, नेफ्स्कून साकोस म्यानेजर्स क्लबले कोभिड १९ को महामारीमा सहकारी संस्थाहरुलाई वार्षिक साधारण सभा आयोजनामा सहजिकरण उद्देश्य सहित आज भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । जुम एप्लिकेशनमार्फत असोज १६ गते शुक्रबार अर्थात् आज दिउँसो १ बजे शुरु हुने कार्यक्रममा महामारीमा साधारण सभा सञ्चालनका सम्बन्धमा सहकारी विभागले असोज १ गते जारी गरेको सूचनालाई आधार मानेर छलफल केन्द्रित हुने छ । वार्षिक साधारण सभा सञ्चालनका सम्बन्धमा विद्यमान अष्पष्टता अन्त्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष विनोद पराजुलीले साकोस आवाजलाई जानकारी दिनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप