सदस्यमैत्री एवम् सहभागितामूलक साधारण सभा आयोजनामा सरोकारवालाहरुको जोड  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यमैत्री एवम् सहभागितामूलक साधारण सभा आयोजनामा सरोकारवालाहरुको जोड  

काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजनामा महामारीमा सहकारी संस्थाहरुमा वार्षिक साधारण सभा आयोजना सम्बन्धमा सहजिकरण उद्देश्य सहित आज भर्चुअल अन्तरक्रिया कार्यक्रम गरिएको छ । जुम एप्लिकेशनमार्फत गरिएको कार्यक्रममा महामारीमा साधारण सभा सञ्चालनका सम्बन्धमा नेफ्स्कूनसँगै अभियानको धारणाहरुलाई समेटेर सहकारी विभागले असोज १ गते जारी गरेको सूचनालाई प्रमुख आधार मानेर कार्यपत्रहरु प्रस्तुति र अन्तरक्रिया गरिएको थियो । वार्षिक साधारण सभा सञ्चालनका सम्बन्धमा विद्यमान अस्पष्टता चिर्न आजको अभौतिक छलफल सफल भएको बक्ताहरुको धारणा थियो ।

कार्यक्रममा विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपाने र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ती कार्यपत्रहरुमा आधारित रहेर अन्तरक्रियात्मक अभौतिक छलफल गरिएको थियो ।
जे जस्ता विधि र प्रक्रिया अपनाएपनि नियमनकारी निकायको सूचनाको आधारमा स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरुलाई पूर्णतः अवलम्बन गर्दै समयमै साधारण सभा आयोजना गनुपर्ने निचोड आजको कार्यक्रमको थियो ।  सहकारीको मूल्य मान्यता र साधारण सभाका कार्यसूचीका हरेक विषयमा प्रत्येक सदस्यको प्रजातान्त्रिक सहभागिता सुनिश्चित गर्दै संस्थाहरुले गरेका सबै कामहरुको अपनत्व लिने र बार्षिक बजेट, नीति तथा कार्यक्रममा सक्रिय र रचनात्मक सुझाव प्रस्तुत गर्ने वातावरण सृजना गर्नुपर्नेमा सबैको जोड रह्यो । विद्युतीय माध्यमबाट साधारण सभा गर्न सकिने प्रावधान सधैका लागि नभई अहिलेका लागि मात्र भएको पनि विभागका  तर्फबाट आज स्पष्ट पारिएको थियो । 

साधारण सभाको कार्यसूची एवम् वार्षिक प्रतिवेदनहरु संस्थाको वेबसाइट, फेसबुक, इमेल, पत्राचार, प्रत्यक्ष उपलब्धता, स्थानीय एफएम, टेलिभिजन वा अन्य माध्यमबाट प्रतिवेदनहरु हरेक सदस्य सम्म पुगेको सुनिश्चितताका स्पष्ट आधारहरु सहित बढी भन्दा बढी सदस्यहरुको सुझाव संकलनका विधिहरु अपनाएर निर्णय अनुमोदनका विधिहरु प्रष्ट पारिनुपर्ने आजको छलफलको निष्कष रह्यो । सहकारी संस्थाको सर्वोच्च निकाय साधारण सभालाई साँच्चिकै सदस्यहरुको सभा बनाउनुपर्ने धारणा राखिएको थियो । महामारीमा पनि साधारण सभा सम्भव छ भन्ने विषयमा आजको कार्यक्रममा जोड दिइएको थियो । परम्परागत ढंग भन्दा पृथक लचिलो, प्रविधिमैत्री, सदस्यमैत्री, सहभागितामूलक र सृजनात्मक साधारण सभामा जोड दिइएको थियो । सदस्य र संस्थाको प्रकृति, कार्यक्षेत्र, स्थानीय प्रशासनको सुझाव र निर्देशनहरुलाई ध्यानमा राखेर  कार्यदल मार्फत साधारण सभा सञ्चालन कार्यविधि बनाई सम्पन्न गर्न सुझाव दिइएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले हालै विश्व ऋण परिषद् र एसियाली ऋण महासंघको साधारण सभामा भाग लिएको अनुभव बताउँदै समयमै साधारण सभा सम्पन्न गर्न सुझाव दिनुभएको थियो । उहाँले काठमाडौं उपत्यकामा कोभिड संक्रमण बढ्दै गएको सन्दर्भमा कार्यस्थल र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । अध्यक्ष पौडेलले नेफ्स्कून साकोस म्यानेजर्स क्लबलाई जाति भाषा धर्म सम्प्रदाय र राजनीतिमा भन्दा पृथक राखेर विशुद्ध प्राविधिक, क्षमता तथा नेतृत्व विकास, विश्वका कुशल अभ्यासहरु आन्तरिकीकरणको साटासाट गर्ने माध्यको रुपमा विकसित गर्नुपर्ने भन्दै क्लबको अवधारणा आफुले ल्याएको दाबी गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले म्यानेजर्स क्लबलाई बिज्ञता आदानप्रदान गर्ने साझा थलो बताउँदै अहिलेको विषम् परिस्थितिमा सावधानी अपनाउँदै समयमै साधारण सभा सम्पन्न गर्ने तयारी गर्न सबै सहकारीहरुलाई आग्रह गर्नुभयो ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग लेखापरिक्षण सम्पन्न गर्न १५ दिन मात्र बाँकी रहेको स्मरण गराउँदै चाडै सक्न सहकारी संघ संस्थाहरुलाई आग्रह गर्नुभयो ।  ऐन नियम र निर्देशिका र सूचनाका आधारमा साधारण सभा सम्पन्न गर्नुपर्ने चुनौती भएपनि यसलाई अवसरको रुपमा उपयोग गर्न उहाँको सुझाव थियो । क्लबका अध्यक्ष एवम् कोलिय देवदह साकोस रुपन्देहीका व्यवस्थापन प्रमुख विनोद पराजुलीले कार्यक्रमको उद्देश्यसहित सहभागीहरुलाई स्वागत र कार्यक्रम समापन गर्नुभएको थियो । नेफ्स्कूनको प्राविधिक सहकार्य रहेको कार्यक्रमको सञ्चालन क्लबका निवर्तमान अध्यक्ष एवम् सामुदायिक साकोस काभ्रेका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले गर्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप