मोरङका हरेक पालिकामा साकोस युनिट गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङका हरेक पालिकामा साकोस युनिट गठन

मोरङ । कोभिड १९ महामारीको सन्दर्भमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले साकोस गतिविधिलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित मोरङका हरेक पालिकामा साकोस युनिट गठन गरेको छ । सदस्य साकोस र जिल्लामा दर्ता भएका सहकारी संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै स्थानीय तहसँगको सहकार्यमा साकोसका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले संघका पदाधिकारी तथा सञ्चालकहरुको संयोजकत्वमा मोरङका १७ वटा पालिकामा १४ वटा साकोस युनिट गठन गरेको हो ।

संघले साकोस युनिट निर्देशिका २०७७ निर्माण गरी सो बमोजिम संयोजक मार्फत साकोस अभियानका गतिविधि सञ्चालन गर्ने नीति लिएको छ । १४ वटा साकोस युनिटमा स्थानीय तहमा सञ्चालित साकोसका सञ्चालक तथा व्यवस्थापकहरुलाई सदस्य रहने व्यवस्था गरिएको छ । प्रत्येक युनिटमा ५ देखि ७ सदस्यीय साकोस युनिट गठन गरिएको संघले जनाएको छ ।

कोभिड १९ महामारीका कारण साकोसमा पारेको प्रतिकूल असरलाई न्यूनिकरण गर्न, साकोसको अनुगमन तथा निरीक्षण कार्यलाई थप प्रभावकारी बनाउन, स्थानीय तहमा सञ्चालित साकोसका गतिविधि र कार्यक्रममा एकरुपता कायम गर्न छलफल अन्र्तक्रिया कार्यक्रम अगाडि बढाइएको संघका सचिव एकराज निरौलाले बताउनुभयो । साकोस युनिट मार्फत कार्य गर्दा सहज हुनुका साथै साकोसका सञ्चालक तथा कर्मचारीहरु समेत उत्साहित भएको निरौलाले बताउनु भयो ।

संघका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न, स्थानीय तहमा रहेका सदस्य संस्थाहरुसँग संघको पहुँच सहज पार्न, साकोस र स्थानीय तह बिच समन्वयकारी भूमिका निर्वाह गर्न र स्थानीय तहलाई सहकारी नीति नियमको कार्यान्वयनमा सहयोग गर्नका लागि साकोस युनिटको गठन गरिएको संघका अध्यक्ष सोमनाथ निरौलाले बताउनु भयो । 

साकोस युनिट मार्फत साकोसहरुको अभिलेख अद्यावधि गर्ने, साकोसका समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने, साकोस एकीकरणमा सहजीकरण गर्ने लगायतका कार्यहरु साकोस युनिट मार्फत गरिने भएकोले साकोस अभियानमा साकोस युनिटको भुमिका महत्वपूर्ण रहने अध्यक्ष निरौलाले जानकारी गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप