बीसीपी तालिम कार्यक्रमको औपचारिक प्रमाणीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बीसीपी तालिम कार्यक्रमको औपचारिक प्रमाणीकरण सम्पन्न

चितवन  । नेफ्स्कूनले सञ्चालन गरेको महामारी लक्षित व्यवसाय निरन्तरता योजना (बीसीपी) तालिममा भाग लिएका चितवन जिल्लाका प्रोबेशन आबद्ध सहकारीका सहभागीहरुका लागि आज ग्रया्जुऐशन कार्यक्रम आयोजना गरिएको छ ।
चितवन जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोबेशनमा आबद्ध साकोसहरूका लागि  भदौ २६ गतेदेखि २८ सम्म बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण सम्पन्न गरेका थिए । आज उक्त तालिम कार्यक्रको औपचारिक  प्रमाणिकरण कार्यक्रम आज रहेको थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । 

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले बीसीपी निर्माण गर्दा सुक्ष्म विश्लेषण गरिने भएकोले जटिल भएपनि बनाउन अत्यावश्यक रहेको जानकारी गराउनुभएको थियो । बीसीपी तयार गरेर मात्र नपुग्ने भन्दै उहाँले असहज परिस्थितिमा कार्यन्वयन गर्न पनि तत्पर रहनु पर्ने विचार व्यक्त गर्दे बीसीपी निर्माणमा सफल साकोसहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पौरखी साकोस, अथर्व साकोस र एकीकृत चितवन साकोसका व्यस्थापकहरुले बीसीपी निर्माणको अनुभव सुनाउनुभएको थियो । उहाँहरुले सदस्यको सूचना र तथ्याकं व्यवस्थापन निकै महत्वको रहेको धारणा व्यक्त गर्नुभएको थियो । 

समापन कार्यक्रमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले पनि बीसीपी निर्माणमा सफलता प्राप्त गरेकोमा सहभागी साकोसहरुलाई बधाई तथा आभार व्यक्त गर्नु भएको थियो । व्यवसाय निरन्तरता योजना असमान्य अवस्थामा अत्यावश्यक रहेको प्रकाश पार्दै सदस्यहरुलाई निरन्तर सेवा दिनु पर्ने कुरामा उहाँले जोड दिनु भएको थियो ।  बीसीपी निर्माण गर्दा दीर्घकालिन रुपमा सम्पूर्ण क्षेत्रलाई समेटनुपर्ने र अहिलेको आवश्यकता भनेको प्रविधिमा आधारित सेवा भएको विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन र प्रस्तुतिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप