सहकारी क्षेत्र बाधक ऐनहरु संशोधन गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाइ  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र बाधक ऐनहरु संशोधन गरेर अघि बढ्ने मन्त्री अर्यालको भनाइ    

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमार्फत उद्यमशीलता विकासको आवश्यकता औल्याउँदै सहकारीमा जम्मा भएको पुँजी रोजगारी विकासका क्षेत्रमा खर्चिनुपर्ने बताउनुभएको छ । यसका लागि सरकारको सहयोग र सहजिकरण रहने विश्वास उहाँले दिलाउनुभयो । “हामीसँग सहकारीका संख्याहरु धेरै छन् । सहकारी आर्थिक रुपमा सबल छ । सहकारीमा भएको पूँजीलाई अब उद्यमशीलता विकासमा लगाउनुपर्छ,” मन्त्री अर्यालले भन्नुभयो,“ व्यावसायिक बन्दै रोजगारी सिर्जनाको विषयलाई राष्ट्रिय सहकारी नीतिमा पनि महत्वका साथ उठाइएको छ ।”  मन्त्री अर्याले सहकारी क्षेत्रलाई उद्यमशीलता र व्यवसायिकतामा लगाउनका निम्ती बाधक ऐनहरुको संशोधन गरेर अगाडी बढ्ने समेत बताउनुभयो । 

संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै उहाँले सहकारी सम्बन्धी विद्यमान कानुन कार्यान्वयमा विशेष जोड दिने उल्लेख गर्नुभयो । ३ वटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै मन्त्री अर्यालले सबै तह र तप्काबीच सहकार्यको जरुरी रहेको बताउनुभयो । राष्ट्रिय सहकारी विकास बोर्डले निर्माण गरेको सहकारी सम्बन्धी २५ वर्षे रणनीतिक योजनाको मस्यौदा आज मन्त्रालयमा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढीकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको जानकारी गराउनुभयो ।  सहकारी क्षेत्रको विकासको अवस्था, सबल पक्षहरु, प्राप्त उपलब्धिहरु आदि सबै विश्लेषण गरेर राष्ट्रिय सहकारी नीतिको मस्यौदा तयार भएको मन्त्रीले बताउनुभयो । अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट परिकल्पनाका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताउनुभयो । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै बोर्ड अध्यक्ष समेत रहनुभएकी मन्त्री अर्यालले भन्नुभयो, ‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउँछौ । कार्यनीति समय सापेक्ष बन्छ ।’

कार्यक्रममा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने परिकल्पनासहित दस्तावेज तयार भएको बताउनुभयो । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताउनुभयो । राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडी बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको बताउनुभयो । सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउदै लैजाने भन्दै सह–अध्यक्ष पौडेलले समग्र सहकारी क्षेत्रको विकासका निम्ती रणनीति तयार गरिएको बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप