राष्ट्रिय सहकारी विकास बोर्डद्वारा तयार सहकारीको २५ वर्षे रणनीतिक मस्यौदाका मुलभूत विषयहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी विकास बोर्डद्वारा तयार सहकारीको २५ वर्षे रणनीतिक मस्यौदाका मुलभूत विषयहरु

सहकारीका प्रमुख सूचकहरूको प्रक्षेपण र ठोस लक्ष्यहरू
पन्ध्रौं योजनमा (आधारपत्र) मा उल्लेख गरे बमोजिम आगामी २० वर्षमा देशको आर्थिक वृद्धि स्थिर मूल्यमा १०.५ प्रतिशतले रहने मान्यताको आधारमा सहकारी क्षेत्रले आउँदो ५, १०, १५, २० र २५ वर्षमा प्राप्त गर्न सक्ने उपलब्धि र त्यसबाट नेपालको अर्थतन्त्रका विविध क्षेत्रहरूमा हुने योगदानलाई वस्तुपरक रूपमा प्रक्षेपण गर्ने प्रयत्न गरिएको छ .
प्रक्षेपणका मुख्य मान्यताहरू
 हाल कुल गार्हस्थ्य उत्पादनमा रहेको करिब ३ प्रतिशतको सहकारीको योगदानलाई पाँच गुणाले वृद्धि गरी आगामी २५ वर्षमा १५ प्रतिशत पुर्याउने । यो लक्ष्य विश्व अर्थतन्त्रमा सहकारीको योगदान, नेपालको पन्ध्रौं योजना र दीर्घकालीन सोच तथा सहकारी बोर्ड तथा सहकारी महासंघको सुझावलाई समेत विचार गरी प्रक्षेपण गरिएको छ । 
 पन्ध्रौं योजनामा प्रस्तुत दीर्घकालीन आर्थिक वृद्धिको लक्ष्य अनुरूप प्रतिवर्ष १०.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानको आधारमा प्रक्षेपण गरिएको छ । 
 आर्थिक वृद्धि आर्थिक रूपले सक्रिय (१५ वर्ष माथि) जनसंख्याको हाल करिब ३१ प्रतिशतकोे हाराहारीमा रहेको सहकारी सदस्यको पहुँचलाई आगामी २५ वर्षभित्र ७५ प्रतिशतमा पुर्याउने ।
 हाल रहेका सहकारीको संख्यालाई आगामी २५ वर्षमा दुई तिहाइले घटाई करिब १५,००० को संख्या कायम गर्ने । यस प्रतिवेदनको प्रक्षेपण अनुसार आगामी ५ वर्षमा गरिबी निवारण कोष अन्तर्गत रहेका करिब ३२००० सामुदायिक संस्था लगायत मर्जरको नीति कार्यान्वयनमा जाने हुँदा सो अवधिमा सहकारीको संख्या केही बढ्ने भएतापनि तत्पश्चात्का वर्षहरूमा सहकारीको संख्या घट्ने अनुमान गरिएको छ । 

यस अनुमान अनुसार आगामी २५ वर्षमा कुल गार्हस्थ्य मूल्य अभिवृद्धिमा कृषि सहकारीको ५.९२ प्रतिशत, गैरकृषिको ५.४१ प्रतिशत, सेवा सम्बन्धी सहकारीको ३.२२ प्रतिशत र बचत तथा ऋण सहकारीको ०.४५ प्रतिशतको योगदान रहनुपर्ने देखिन्छ ।सहकारीको संख्या, बचत एवं ऋण लगानी माथि उल्लिखित १०.५ को आर्थिक वृद्धि हासिल गर्न बढ्नुपर्ने देखिन्छ । 

हासिल गर्नुपर्ने परिमाणात्मक सूचकहरू
    सेयर पुँजीः माथि उल्लिखित अर्थतन्त्रमा योगदान पुर्याउनको लागि आगामी ५ वर्ष (सन् २०२५ को अन्त्यसम्ममा) यो करिब ३.०० खर्ब हुने प्रक्षेपण गरिएको छ जुन कुल गार्हस्थ्य उत्पादनको  ४.५७ प्रतिशत हुन आउँछ । त्यसैगरी, आगामी १०, १५, २० र २५ वर्षमा वर्षसम्म क्रमशः रु. ४.२० खर्ब, ६.८० खर्ब, १०.९५ खर्ब र १७.७० खर्ब पुग्नेछ । जुन तत्कालिक कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब ४.९६ प्रतिशत, ५.१९ प्रतिशत, ५.३३ र ५.४२ प्रतिशत हुन आउँछ ।

सहकारी बचतः रणनीतिक लक्ष्य प्राप्तिको लागि सहकारी क्षेत्रको हालको करिब रु. ३.४५ खर्ब बचत आगामी ५ वर्षमा करिब रु. १०.४० खर्ब हुने देखिन्छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब १४.४० प्रतिशत हुन आउँछ । त्यसैगरी, आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः रु. १६.७४ खर्ब, २४.४८ खर्ब, ३९.४३ खर्ब र ६३.४३ खर्व हुनेछ । यो प्रक्षेपित कुल गार्हस्थ्य उत्पादनको क्रमशः करिब १५.२९ प्रतिशत, १५.८३ प्रतिशत, १६.१६ प्रतिशत र १६.३६ प्रतिशत हुनेछ ।

सहकारीको ऋण लगानी प्रवाह: हाल रहेको रु.३.३२ खर्ब लगानी आगामी ५ वर्षमा रु. ६.५३ खर्ब पुग्नुपर्ने देखिन्छ । यो प्रक्षेपण कुल गार्हस्थ्य उत्पादनको करिब ११.४५ प्रतिशत हुन आउँछ । यसैगरी उक्त लगानी आगामी १०, १५, २० र २५ वर्षसम्ममा क्रमशः रु. ११.४० खर्ब, रु. १९.४३ खर्ब,रु. ३२.६५ खर्ब र ५४.४४ खर्ब हुने प्रक्षेपित अनुमान छ ।

सहकारी र सहकारी सदस्य संख्या: हाल करिब ६६ लाखको संख्यामा रहेको सहकारी सदस्य रहेको भनिएतापनि दोहोरो सदस्यता व्यापकरुपमा रहेको र त्यसको एकिन तथ्याङ्क नरहेकोले सदस्यता बृद्धिको अनुमान यथार्थपरक नहुन सक्छ ।दोहोरोपना छैन भन्ने मान्यता र गुणस्तरीय सदस्यता कायम गर्ने दृष्टिकोण लिँदै सदस्यता बृद्धिको अनुमान गरिएको छ । यस अनुरुप आगामि ५ वर्षमा ७० लाख पुग्ने देखिन्छ भने आगामी २५ वर्षमा १ करोड ४० लाख पुग्ने अनुमान छ । यसअनुरुप आगामि २५ वर्षमा मुलुकको ९० प्रतिशत घरधुरी कुनैनकुनै प्रकृतिको सहकारीमा आवद्ध हुनेछन् । यसैगरी आगामी २० वर्षमा प्रति सहकारी सदस्य संख्या १७५ बाट बढेर ९३३ पुग्ने अनुमान गरिएको छ । यो अनुमान सहकारीको संख्या १५,००० मा झार्ने प्रक्षेपण अनुसार गरिएको छ ।
     अवलम्बन गर्ने रणनीतिक स्तम्भ
    उद्यमशीलता विकास र रोजगारी
    अन्तर सहकारी, सहकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र र समुदायसँगको साझेदारी र संजाल
    सहकारी चेतना अभिवृद्धि तथा लाभदायी साझेदारी विकास गर्ने 
    असल सहकारी अभ्यास, सुशासन र नियमन

सहकारीमा वित्तीय सुशासन कायम गर्दै जवाफदेहिता वृद्धि गर्न गरी उत्पादन तथा उद्यमशीलता वृद्धिका लागि भावी मार्गचित्र तयार गरिएको छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न रणनीतिले सघाउ पुग्ने अपेक्षा गरिएको छ । सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५ जारी भैसकेको अवस्थामा त्यहाँ भएका व्यवस्था कार्यान्वयन गर्न र अर्थतन्त्रमा सहकारीको योगदान बढाउने उपाय रणनीतिमा समावेश गरिएको छ । सहकारीका विद्यमान चुनौती र अवसरको विश्लेषण गर्दै भावी गन्त्व्यमा पुग्न तीनै तहका सरकारका लागि रणनीति सारथी बन्न सक्छ । सहकारी क्षेत्रमा कमीकमजोरी औंल्याउँदै नीतिगत तथा कानुनी सुधार, संरचनागत तथा पद्धतिगत सुधारका योजना, रणनीति कार्यान्वनका लागि कार्ययोजना पनि प्रस्तुत गरिएको छ । मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान वृद्धि गर्ने सुझाव समेत औंल्याएको छ । रणनीतिले सहकारीको विकासक्रम, वर्तमान अवस्थाको विश्लेषण गर्नुका साथै भावी गन्तव्य देखाएको छ । 

 मुलुकको आर्थिक तथा सामाजिक विकासका लक्ष्य हासिल गर्नका लागि सहकारीलाई परिचालन गर्नुपर्दछ । सहकारीलाई अर्थपूर्ण, सक्षम, सवल, समावेशी, दिगो र फराकिलो बनाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को दीर्घकालीन सोचलाई सार्थकता दिलाउन नेपालको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक योजना (२०७७/७८–२१०२/०३) तयार गरिएको हो ।
१५ औं योजनाले तयार गरेको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन सोचलाई सार्थकता दिई सहकारीलाई गरिबी निवारणको मुख्य आधारका रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । रणनीतिले सहकारी क्षेत्रका सवल पक्ष, कमीकमजोरी र चुनौतीलाई औंल्याएर वास्तविक अवस्था उजागर गरेको छ । मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रले कसरी योगदान पुर्याउन सक्छ, सहकारीको विकासका लागि सम्भावना के छ भन्ने विषय पनि समावेश गरिएको छ । 

रणनीति योजना एउटा गतिशिल र मुर्त दस्तावेज भएकाले मुलुकको आवश्यकता अनुसार आवश्यकता र औचित्यका आधारमा परिमार्जन गर्न सकिनेछ । रणनीति तयार गर्दा सहकारीले अर्थतन्त्रमा पुर्याएको योगदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, मुलुकको संविधान, सहकारी ऐन, नियमावली, पन्ध्रौं योजना, दिगो विकास लक्ष्यलाई आधार लिइएको छ । रणनीतिले समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्ति गर्न सघाउने विश्वास लिइएको छ ।

भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप