नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

क्वालाम्पुर । मलेसियाको क्वालालम्पुरमा आयोजित आकू फोरम २०२६ मा नेपालका दुई साकोसले एशियास्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । बाईस देशका करिब ६०० जना सहभागी रहेको  फोरमको भव्य समारोहका विच नेपालका दुई साकोसलाई उक्त ब्राण्ड हस्तान्तरण गरिएको हो । फोरमको उद्घाटन सत्रमा यो वर्ष नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै रुपन्देहीको जनउत्थान साकोस र नवलपुरको मध्यनेपाल साकोसले ‘एक्सेस ब्राण्ड’ प्राप्त गर्न सफल भएका हुन् । 

एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको ’ए वन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन् सर्भिस एण्ड साउन्डनेस’ (एक्सेस) कार्यक्रममा आवद्ध जनउत्थान साकोस यो वर्ष पनि ब्राण्ड प्राप्त गर्न सफल भएको हो ।

मलेसियामा जारी अकू फोरम २०२६ को दोस्रो दिन आयोजित औपचारिक उद्घाटन समारोहमा साकोसलाई ब्राण्ड प्रदान गरिएको हो । अकूका अध्यक्ष डानुक्रित कालाम्पाकोर्न र प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोके (लेनी) ले जनउत्थान साकोसका अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापालाई प्रदान गर्नुभएको हो । जनउत्थान साकोसको कुल सम्पत्ति ४ अर्ब एकासी करोड रहेको छ । संस्थामा ४४ हजार बढि सदस्य र उनानव्वे कर्मचारी छन् । संस्थाको शुद्ध संस्थागत पूँजी ८.७४ प्रतिशत रहेको छ भने कुल बचतमा नियमित बचतको हिस्सा ४३.६७ प्रतिशत छ । कुल सदस्यको २५.८८ प्रतिशत अर्थात् ११ हजार ४९६ सदस्यले ऋण सेवा उपयोग गरिरहेका छन् ।

यसैबीच, देवचुली नवलपरासी स्थित मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले अकू फोरम २०२६ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘ACCESS BRONZE’ ब्राण्ड प्राप्त गरेको छ । भव्य समारोहबीच संस्थाका अध्यक्ष तुलमणि पौडेल तथा प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले उक्त ब्राण्ड ग्रहण गर्नुभएको हो । संस्थाको सबल व्यवस्थापन, पारदर्शी कार्यशैली, वित्तीय अनुशासन, व्यावसायिकता तथा सदस्यकेन्द्रित सेवाप्रतिको निरन्तर प्रतिबद्धताको मूल्याङ्कनस्वरूप यो उपलब्धि हासिल भएको संस्थाले जनाएको छ । उपलब्धिका लागि संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सल्लाहकार, शुभचिन्तक तथा सम्पूर्ण सरोकारवालामा बधाई तथा कृतज्ञता व्यक्त गरिएको छ। संस्थाले यस उपलब्धिलाई आगामी दिनमा अझ उत्कृष्ट र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप अघि बढ्ने प्रेरणाका रूपमा लिएको छ । मध्यनेपाल साकोसको कुल सम्पत्ति १ अर्ब चौसठी करोड रहेको छ । संस्थामा ३३ हजार माथि सदस्य र ४७ कर्मचारी छन् । शुद्ध संस्थागत पूँजी ७.५३ प्रतिशत रहेको मध्यनेपालमा कुल सदस्यको १०.१३ प्रतिशत सदस्यले ऋण सेवा उपयोग गरिरहेका छन् । 

एक्सेस कार्यक्रम Balance Scorecard मा आधारित गुणस्तर मापनको मानक औजारका रूपमा विकास गरिएको हो । यसमार्फत वित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ एवं वृद्धिका क्षेत्रमा कुल ८६ वटा सूचकका आधारमा संस्थाको स्तर मापन गरिन्छ । कार्यक्रमअन्तर्गत व्यवस्थापकीय कार्यकुशलता, सुशासनका अभ्यास, प्रविधि, सुरक्षा तथा नियामकीय व्यवस्थाको कार्यान्वयनलगायत विभिन्न पक्षमा प्राविधिक जाँच गरिन्छ । 

जनउत्थान साकोस एक्सेस ब्राण्ड र एक्सेस सिल्भर ब्रोन्ज मध्य नेपाल साकोस गरी यस वर्ष (सन् २०२५–२०२६) नेपालबाट ब्राण्ड प्राप्त गर्ने दुईवटा साकोस रहेका छन २०७६ सालमा नेपालका २४ साकोसले एक्सेस ब्राण्ड पाएका थिए । ब्राण्डले सहकारीप्रति सदस्यको विश्वास थप बढ्ने साकोसले जनाएको छ । सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप