सहकारी शिक्षाका माध्यमबाटै सुशासन, दिगोपना र संस्थागत वृद्धि सम्भवः बरिष्ठ उपाध्यक्ष ढकाल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी शिक्षाका माध्यमबाटै सुशासन, दिगोपना र संस्थागत वृद्धि सम्भवः बरिष्ठ उपाध्यक्ष ढकाल 

नवलपरासी । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारीहरुको दिगोपनाको आधार सहकारी शिक्षा भएको बताउँदै त्यसका लागि संघले सर्वोत्तम राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरु समाहित गर्दै तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो । उहाँले लकडाउनका समयमा समेत नेफ्स्कूनले भर्चुअल विधिबाट सदस्य एवम् अन्य सहकारीहरुका लागि मागमा आधारित प्रशिक्षणको कार्यक्रमलाई महत्वका साथ अघि बढाएको दाबी गर्नुभयो ।

“नेफ्स्कूनले तालिम कार्यक्रमहरुलाई समय सापेक्ष बनाउँदै सबैको आवश्यकताहरुको समयानुकूल सम्बोधन हुने पाठ्यक्रम विकास र परिमार्जन गर्दै आएको छ,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “सहकारी शिक्षाका माध्यमबाटै सुशासन, दिगोपना र संस्थागत वृद्धि सम्भव हुन्छ भन्नेमा कुनै दुइमत छैन ।” उहाँले तालिमबाट प्राप्त सिकाइलाई कार्ययोजनामा समाहित गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेफ्स्कूनको प्राविधिक सहयोगमा नवलपरासी वर्दघाट नगरपालिका–२ सुस्ता पश्चिमस्थित हाम्रो सुपर साकोसले आयोजना गरेको ४ दिने “सञ्चालकहरुको क्षमता विकास तालिम” को उद्घाटन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले आज उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रमका विशेष अतिथि लुम्विनी प्रदेश बचत तथा ऋण संघ सहकारीका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्ण नेपालले सहकारीहरु समुदायका खम्बा भएको बताउँदै निरन्तर सहकारी शिक्षा र तालिम मार्फत त्यस्ता खम्बाहरुलाई स्थायित्व दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले नेफ्स्कूनका तालिम कार्यक्रमहरुको प्रभावकारिता दिनानुदिन बढ्दै गएको समेत दाबी गर्नुभयो । संस्थाकी अध्ययक्ष माया देवी पौडेलले अध्यक्षता गर्नुभएको कार्यक्रममा नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघकी संचालक सदस्य दिल कुमारी कुँवर, नेफ्स्कून भुमही सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटाको सहभागिता थियो । कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले सहकारी शिक्षाको महत्वमा जोड दिदैं महामारीको विद्यमान असहज परिस्थितिमा तामिलका माध्यमबाट संस्था सञ्चालनका कतिपय विषयमा रहेका अनभिज्ञता हट्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना र तालिम अधिकृत सुमनराज घिमिरे गर्नुभएको छ ।
        
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप