३ दिने ‘उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम’ सम्पन्न (भिडियोसहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ दिने ‘उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम’ सम्पन्न (भिडियोसहित)

काठमाडौं । नेफ्स्कूनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को नेपालस्थित कार्यालयको वित्तीय सहयोगमा सहकारीमार्फत उद्यमशीलता विकासको कार्यक्रम अघि बढाएको छ । जसअन्तर्गत नेफ्स्कून आबद्ध प्रारम्भिक संस्थाका सदस्यहरुलाई विषय विज्ञहरुको सहजिकरणमा व्यवसाय विकास तालिम प्रदान गर्नुका साथै उनीहरुको उद्यममा प्रत्यक्ष सहयोग समेत उपलब्ध गराउने योजना तर्जुमा गरेको छ । खासगरी कोभिड–१९ ले उब्जाएका समस्याहरु समाधानका लागि पनि उद्यमशीलता, रोजगारी सृजना, आत्मनिर्भर व्यवसाय, कृषिमा व्यावसायिकीकरण जस्ता विषयहरु उठिरहेको सन्दर्भमा वित्तीय सहकारीहरुको एक मात्र अभिभावक निकायले त्यसतर्फ आइएलओ नेपालसँगको रणनीतिक साझेदारीमा सुरुवाती कदमका रुपमा व्यवसाय विकास तालिम सञ्चालन गरेको हो । 

उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन विषयक ३ दिने तालिममा ललितपुरको देवीचौर–४ स्थित देवीचौर बचत तथा ऋण सहकारी संस्थाका २५ जना सदस्यहरु सहभागी हुनुहुन्थ्यो । अधिकांश महिला सहभागी तालिममा व्यवसाय, उद्यम, उद्यमशीलता, कृषिको व्यावसायिकीकरण, अनलाइन बजारीकरण, सञ्जाल सम्बन्ध आदि विविध विषयमा नेफ्स्कूनका बरिष्ठ अधिकृत द्वय प्रेमनाथ वाग्ले र बल्लभ तिमल्सिनाले सहजिकरण गर्नुभएको थियो । 

यसैबीच, आज आयोजित तालिम समापन कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले उद्यमशीलता विकास अबको अपरिहार्यता भएको बताउनुभयो । आयातमा भरपर्नुपर्ने अवस्थाबाट मुक्ति पाउन उद्यमशीलता विकास गर्नुपर्ने भन्दै ढकालले उपलब्ध स्रोत साधनलाई अधिकतम उपयोग गर्ने सोच विकास गर्न यस किसिमका तालिम प्रभावकारी हुने दाबी गर्नुभयो । यस्तो तालिमले कसरी खेती वा व्यवसाय गर्ने, कुन समयमा गर्ने, बजारसँगको सम्बन्ध कसरी विस्तार गर्ने, मुनाफा वृद्धि कसरी गर्ने जस्ता विषयहरुमा सही जानकारी दिने दाबी उहाँले गर्नुभयो । उहाले सहकारी समुदायको साथी भएकाले समुदायका सदस्यहरुलाई उद्यमी बनाउन लागि पर्ने बताउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले नेफ्स्कूनले उद्यमशीलता विकासका लागि प्राविधिक सहजिकरण निरन्तर गर्ने भन्दै समयको माग अनुसार व्यावसायिक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । केही गर्छु भन्ने संस्था र त्यसमार्फत सहकारीका सदस्यहरुलाई सहयोग गर्न नेफ्स्कून सदा तत्पर रहेको दाबी उहाँले गर्नुभयो । नेफ्स्कूनले यस्तै विषयको तालिम केही दिनअघि भक्तपुरस्थित एक बचत तथा ऋण सहकारी संस्थाका २५ जना सदस्यलाई पनि प्रदान गरेको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप