कृषि र उद्यमशीलता विकासका लागि एक अंकको ब्याजदरमा लगानी गर्दै अ‍ैंचोपैंचो सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषि र उद्यमशीलता विकासका लागि एक अंकको ब्याजदरमा लगानी गर्दै अ‍ैंचोपैंचो सहकारी

काठमाडौं । कालिमाटीस्थित अ‍ैंचोपैंचो बचत तथा ऋण सहकारी संस्थाले एक अंकको ब्याज दरमा ऋण प्रवाह शुरु गरेको छ । खासगरी काठमाडौं उपत्यका लक्षित सहकारीहरुले चर्को ब्याजमा ऋण लगानी गरेको भन्ने गुनासो चिर्दै अ‍ैंचोपैंचोले सदस्यहरुमा उद्यमशीलता विकासका लागि सहज ऋण प्रवाह कार्यक्रम अघि सारेको हो । “सदस्यहरुलाई व्यवसायी र उद्यमी बनाउने हाम्रो मुख्य ध्येय हो,” संस्थाकी व्यवस्थापक कमला कार्कीले साकोस आवाजसँग भन्नुभयो, “समुदाय र सदस्यहरुको चाहना बमोजिम हामीले ऋणको ब्याजदर परिवर्तन गरी अपेक्षा सम्बोधन गरेका हौं ।” संस्थाले “कृषि तथा पशुपालन ऋण” र “उद्यमशीलता ऋण” गरी दुई वटा ऋणका सेवामा ९.७५ प्रतिशत ब्याज निर्धारण गरी लगानी सुरुवात गरेको छ । “कोभिड–१९ को महामारीले धेरै व्यक्तिहरुको रोजगारी गुमेको वा सेवा सुविधा रोकिएको अवस्थामा स्वलगानीमा केही गरौं भन्ने नवीन सोचलाई व्याहारिक परिणति दिन भदौं १ गतेबाट ब्याजदर संशोधन गरेका हौं,” व्यवस्थापक कार्कीले अगाडि भन्नुभयो, “अब सहकारीहरु पनि सदस्यहरुमार्फत कृषि, उत्पादन, उद्योग र रोजगारी सृजनामा जोडिनुपर्छ भन्ने राज्यको नीतिलाई अवलम्बन गर्दै अ‍ैंचोपैंचोले सरल र सहज लगानीको व्यवस्था गरेको हो ।” साँखु, कीर्तिपुर, ललितपुर, भक्तपुर लगायतका क्षेत्रका सदस्यहरु कुखुरा तथा बाख्रा पालन लगायतका कृषिकर्ममा संलग्न रहेको उहाँले जानकारी गराउनुभयो ।

संस्थाले ऋणमा ९.७५ देखि १३.५० प्रतिशत तथा बचतमा ४ देखि ९ प्रतिशतसम्म ब्याजदर कायम गर्न लागेको व्यवस्थापक कार्कीले उल्लेख गर्नुभयो । यसका कारण सहकारीमा सदस्यहरुको विश्वास बढ्ने उहाँले दाबी गर्नुभयो । “कोभिडका समयमा कार्यालय खोल्न असहज हुँदा पनि सम्पर्क व्यक्ति तोकेर, दैनिक सम्पर्कमा रहेर, सदस्यहरुका समस्याहरुको सम्बोधनमा हामी लगायत अधिकांश सहकारीहरुले एकदमै राम्रो काम गर्नुभएको छ,” आत्मविश्वासका साथ व्यवस्थापक कार्की भन्नुहुन्छ,“ यसले अ‍ैंचोपैंचोको मात्र होइन समग्र सहकारी अभियानको छवि बढाएको छ ।” उहाँले बन्दाबन्दीको समयमा कर्मचारीलाई घरबाटै कार्म गर्न सक्ने सुविधा, सदस्यहरुलाई ऋणको किस्ता भन्दा पनि स्वास्थ्य अवस्था बारेमा सोधनी गरेको उल्लेख गर्नुभयो ।

१० जना कर्मचारी रहेको संस्थामा करिब २५ सय सदस्य आबद्ध हुनुहुन्छ । व्यवस्थापक कार्कीले संस्था र सदस्यले आधा आधा व्ययभार बेर्होने गरी सञ्चालन गरेको कोभिड बिमा कार्यक्रममा २ सय ५० सदस्य सहभागी भएको जानकारी गराउँदै महामारीको समयमा संस्था सञ्चालनका समग्र आयामहरु समेटी व्यवसाय निरन्तरता योजना (बीसीपी) निर्माण गरेको पनि बताउनुभयो । यसैबीच, करिब ११ जना सदस्यहरु कोभिड संक्रमित भएको जानकारी प्राप्त भएको बताउँदै व्यवस्थापक कार्कीले उहाँहरुसँग निरन्तर सम्पर्कमा रहेर सहयोग उपलब्ध गराउँदै आएको दाबी गर्नुभयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप