परोपकार साकोसका कर्मचारीहरुलाई उत्प्रेरणा तथा क्षमता विकास तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
परोपकार साकोसका कर्मचारीहरुलाई उत्प्रेरणा तथा क्षमता विकास तालिम 

नवलपुर । जिल्लाको देवीचुली नगरपालिका १३, दलदलेस्थित परोपकार बचत तथा ऋण सहकारी संस्था लि. ले कर्मचारीहरुका लागि २ दिने उत्प्रेरणा तथा क्षमता विकास तालिम प्रदान गरेको छ । “हामी आफैं प्रशिक्षक, हामी आफैं प्रशिक्षार्थी” भन्ने मुल नाराका साथ परोपकार साकोसले कर्मचारी उत्प्रेरण तथा क्षमता विकास तालिम असोज २३ र २४ गते मध्य विन्दु नगरपालिकाको सितारा रिसोर्टमा तालिम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले साकोस आवाजलाई जानकारी गराउनुभयो । कोभिड १९ को महामारीका बीच पनि सहकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई स्वउत्प्रेरणा विकास तथा सदस्य सेवामा थप शसक्त भएर लाग्न आवश्यक नवीन सोच र शैलीका बारेमा तालिममा जानकारी गराइएको प्रमुख कार्यकारी अधिकृत तिवारीले बताउनुभयो ।

संस्थाका ४ वटा सेवा केन्द्र र मुख्य कार्यालय गरी कुल २१ जना कर्मचारी सहभागी कार्यक्रमको संयोजन प्रमुख कार्यकारी अधिकृतले गर्नुभएको थियो । सहकारीको मुल मर्म “एकका लागि सबै र सबैका लागि एक” भनेझैं परोपकार साकोसका कर्मचारीहरु पनि एकका लागि सवै र सवैका लागि एक हौं, सवै कर्मचारी सवै काममा जानकार (मल्टिटास्किङ्) हुन पर्दछ जसले सम्पूर्ण कर्मचारीहरुमा एकता भाव सृजना गराउने उहाँले बताउनुभयो । त्यसैका लागि कार्यक्रम आयोजना गरिएको दाबी प्रमुख कार्यकारी अधिकृत तिवारीले बताउनुभयो ।  

नेफ्स्कूनको प्राविधिक सहयोगमा एशियाली ऋण महासंघ (आकू) ले विकसित गरेको वित्तीय सहकारीहरुको एशिया प्रशान्त क्षेत्रीय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस ब्रोन्ज ब्राण्ड प्राप्त गर्न सफल परोपकार साकोस लगातार ४ पटक नेफ्स्कूनकै राष्ट्रिय गुणस्तरता प्रमाणीकरण कार्यक्रम प्रोबेशन ब्राण्ड पनि प्राप्त गर्न सफल भएको छ । संस्था २०६३ साल पुस २६ गते स्थापना भएको हो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप