दाङस्थित बिहानी साकोसको साधारण सभाद्वारा सर्वसम्मत सञ्चालक र लेखा सुपरिवेक्षण समिति चयन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङस्थित बिहानी साकोसको साधारण सभाद्वारा सर्वसम्मत सञ्चालक र लेखा सुपरिवेक्षण समिति चयन  

दाङ । जिल्लाको राप्ती गाउँपालिका स्थित बिहानी बचत तथा ऋण सहकारी संस्था लि. को १२ औ वार्षिक साधारण सभा पुनः देब प्रसाद चौधरीको नेतृत्वमा सञ्चालक र ठाकुर प्रसाद सुवेदीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गर्दै सम्पन्न भएको छ । हिजो आयोजित सभाले आगामी ४ वर्षका लागि चौधरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्मसम्मत चयन गरेको हो ।  उपाध्यक्ष कर्णबहादुर ज्ञवाली, सचिव बिष्णुप्रसाद चौधरी, कोषाध्यक्ष पृथ्वीपाल चौधरी र सदस्यहरुमा देवका केसी, मिट्ठु चौधरी, तपेश्वर चौधरी, जिवराज भट्टराई र टीका चौधरी सर्वसम्मत हुनुभएको हो भने लेखा सुपरिवेक्षण समिति सदस्यहरुमा छविलाल चौधरी र सत्यनारायण चौधरी चयन हुनुभएको छ ।  

आश्विन २३ गते देखि सुरु साधारण सभाको कार्यक्रम आश्विन २७ गते एक समारोहका साथ सम्पन्न गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोर्बधन रावतले अब सहकारीहरु एक भएर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भयो । राप्ती गाउँपालिकामा एउटा ठूलो र बलियो सहकारी बनाएर सदस्य सेवा दिनु पर्नेतर्फ सबै सहकारीकर्मीहरुको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सल्लाहकार बामदेव चौधरी र रामदेव के.सी लगायतले संस्थाको सफलताको शुभकामना दिनु भएको थियो । 

कोभिड १९ महामारीको बढ्दो संक्रमणका बीच स्वास्थ्य सतर्कता र भौतिक दुरी सहित सरोकारवाला निकायबाट जारी साधारणसभा सञ्चालन सम्बन्धि निर्देशिका पालना गर्दै सदस्यको सर्बेाच्चता र प्रजातान्त्रिक नियन्त्रण प्रणाली मार्फत सदस्यहरुको सर्बोच्च सभा साधारणसभा सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले जानकारी गराउनु भयो । साकोसको २०७७ आश्विन ७ गतेको सञ्चालक समितिको बैठकको निर्णय बाट साधारण सभाको तयारी, लेखा परिक्षण, प्रतिवेदन छपाई, महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी कार्यबिधि २०७७ निर्माण सहित साधारण सभाको प्रारम्भ भएको थियो । साथै साधारणसभा कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी भौतिक र अभौतिक मिश्रित पद्धति मार्फत साधारण सभाका सम्पूर्ण प्रकृयाहरु पुरा गरिएको थियो ।  

वडाहरुबाट माइनुट प्रमाणितका लागि छनौट भएका सदस्यहरुको उपस्थितिमा भौतिक दूरी सहित साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष चौधरीले जानकारी गराउनु भयो । ७ सय सदस्य रहेको साकोसको साधारण सभामा ५१.१४ प्रतिशत सदस्यहरुको उपस्थिति थियो । साधारण सभाले साकोस एकरुपता प्रणालीको अबलम्बन, बिचार मिल्ने सहकारी सँग एकीकरण, सुलभ कर्जा प्रवाहमा जोड, विभिन्न ५ वटा निति अनुमोदनका साथै कार्यक्षेत्र विस्तारका लागि विनियम संशोधन तथा पुर्नलेखनको प्रस्ताव समेत पास गरेको छ । समापन कार्यक्रममा उपाध्यक्ष कर्णबहादुर ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन व्यवस्थापक बालिका शर्माले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप