‘मेरो बुबा आमाको सपना सहकारीले पूरा गर्यो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘मेरो बुबा आमाको सपना सहकारीले पूरा गर्यो’

जन्म, परिवार र शिक्षाः
सन् १९५६ डिसेम्बर २७ मा मेरो जन्म भएको हो । पत्नी जेमी विश्व विद्यालयकी अवकाशप्राप्त प्राध्यापक हुन् । दुई छोरीहरु चार्माइन र साराह क्रमशः म्युजियम क्युरेटर र शिक्षण पेशामा आबद्ध छन् । मैले अमेरिकाको म्याडिसनस्थित विस्कन्सिन् विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधिका साथै “युनिभर्सिटी अफ टेक्सस्”बाट ल्याटिन अमेरिकी स्ट्डिज् विषयमा स्नातकोत्तर गरेको छु ।

क्रेडिट युनियन प्रवेशः
बालिग भएदेखि नै क्रेडिट युनियनको सदस्य रहे । सन् १९८८ मा आर्थिक विश्लेषकका रुपमा अमेरिकी क्रेडिट युनियनहरुको केन्द्रिय निकायमा काम गरे । सन् १९९० को जुन १ देखि विश्व ऋण परिषद्मा आबद्ध छु । अहिले म ३१ औं वर्षमा काम गरिरहेको छु । क्याम्पसमा अनुसन्धान पत्र तयार गर्ने क्रममा पेरुमा साना व्यवसायीहरुले क्रेडिट युनियनको माध्यमबाट गरेको व्यवसाय वृद्धिको अध्ययनको मौका पाएको थिए । त्यही संलग्नताले क्रेडिट युनियन अभियान सशक्त आर्थिक तथा सामाजिक सशक्तिकरणको माध्यम हो भन्ने लाग्यो र समर्पित भए । यसमा कुनै पछुतो छैन ।

पारिवारिक सहयोगः 
क्रेडिट युनियन अभियानमा लाग्ने इच्छामा परिवारको सधै साथ थियो । बुबाआमाले सधै आफुसँग खेत भएको कल्पना गर्नुहुन्थ्यो । जब बैंकले उहाँहरुलाई सहयोग गरेन तब सहकारी अवधारणामा सञ्चालित क्रेडिट युनियनको सहयोग मार्फत उहाँहरुले खेत किनेर सपना पूरा गर्नुभयो । त्यही खेतमा म हुर्के बढेको हुँ ।

उपलब्धिः
क्रेडिट युनियन अभियानमा लागेर विश्वका थुप्रै व्यक्तिहरुबाट सिक्ने अवसर प्राप्त गरेको छु । क्रेडिट युनियनको विश्व सञ्जालभित्र भित्र थुप्रै रोल मोडलहरु हुनुहुन्छ । 

सबैभन्दा सुखद दिनः
विभिन्न क्रेडिट युनियनहरुको भ्रमण गरी उनीहरुले चुनौतीको सामना कसरी गरिरहेका छन् भन्ने जान्न पाएको दिन हो । कोभिड–१९ को समयमा यही कुरा एकदमै धेरै खट्किएको छ । ओकूमा प्रमुख कार्यकारी अधिकृत हुनुको सबैभन्दा रमाइलो पक्ष भनेको अन्तर्राष्ट्रिय मित्रता र विश्वका ठूला सामाजिक आर्थिक समस्या सामनाका लागि एउटा समुदायले सबैभन्दा पिछडिएका समुदाय सशक्तिकरणका लागि खेल्नुपर्ने भूमिकासँग जोडिएको बौद्धिक चुनौतीमा बहसपैरवी गर्नु हो । क्रेडिट युनियनहरुले सदस्यको आवश्यकता र इच्छालाई मुनाफा भन्दा बढी महत्व दिने भएकाले विश्वका अन्य अभियान भन्दा यो विशिष्ट छ ।

रमाइलोअनुभवः
इकवेडरको एक पहाड कटेर तल भव्य उपत्यकामा अवस्थित क्रेडिट युनियन भ्रमणको रोमाञ्चक अनुभव, कम्बोडियाको भव्य अ्याङ्कर वट् मन्दिर भ्रमण, लिबियामा रोमन सभ्यताको अवशेषहरुको अवलोकन, सेन्ट लुसियामा सूर्यास्तको समयमा डुङ्गाहरुबाट सामान ओसार पसार गर्दाको मनमोहक दृश्य मानसपटलमा सधै रहनेछ ।

तिक्त क्षणः
कोलम्बियामा आपतकालीन विमान अवतरण हुँदा बच्न सफल भए । नाइजेरियामा घुस नदिएको कारण केही समय जेल बस्नुपरेको थियो । अफ्गानिस्तानमा रकेट आक्रमणबाट बच्न सफल भए । कुर्दिस्तानमा शरणार्थीहरुलाई क्रेडिट युनियनले सहयोग गर्न नसकेको,इथोपिया र सुडानमा किसानहरुलाई खाद्य सहयोग प्रदान गर्न, मलावी र जिम्बाबेमा टुहुरा बालबालिकाहरुको भविष्य निर्माणमा स्रोत अभावका कारण ओकू जुट्न नसकेकोमा खिन्न महसूस हुन्छ ।

शिक्षाको महत्वः
हामीले सन्तानका लागि दिनसक्ने सबैभन्दा महत्वपूर्ण उपहार शिक्षा हो र  समुदायका लागि गर्न सक्ने सबैभन्दा राम्रो लगानी पनि यही नै हो ।

अवकाश जीवनः
अवकाश पछि घर नजिकैको जंगलबीचमा रहेको ताल नजिकै नयाँ घर बनाउने योजना छ । अवकाश जीवन परिवार र समुदायका लागि खर्चिनेछु ।

स्वभावः
हत्तपत्त रिस उठ्दैन । रिसले अरु कसैलाई मनाउन सकिन्छ भन्ने लाग्दैन । आफ्ना उद्देश्यहरु पूर्तिका अन्य तरिका हुन्छन् भन्ने विश्वास लाग्छ ।

मनपर्ने खानाः
म शाकाहारी हुँ । युवावस्था मेक्सिकोमा बिताएकोले हुनसक्छ अझै पनि मनपर्ने खाना मेक्सिकन नै हो तैपनि खानामा ठूलो लगाव र सोख भने छैन र पकाउन पनि जाँन्दिन । 
    
मनपर्ने रङ
वसन्त ऋतुको हरियो, गृष्म ऋतुमा पानीको नीलो रङ, शरद ऋतुमा पातहरुको रातो रङ र शिशिर ऋतुको सेताम्य हिउ रङ एकदम मनपर्छ ।

मनपर्ने स्थानः
कामको सिलसिलामा प्रायः विदेश भ्रमणमै हुन्छु । तैपनि सबैभन्दा मनपर्ने ठाउँ घर नै हो ।

रुचिः 
काष्ठकला, ढुङ्गा तथा मूर्तिकलाका साथै पानीमा खेलिने खेलहरुमा रुचि छ । फुर्सदको समय घरबाहिरको जंगल र तालतलैया तिर घुम्न अनि अँगेना (फायरसाइड) मा बसेर पुस्तक पढ्न मन लाग्छ ।


((यो सामाग्री विश्व ऋण परिषद्–ओकूका प्रमुख कार्यकारी अधिकृत डा. ब्रायन ब्राञ्चसँग इमेल कुराकानीका आधारमा तयार पारिएको हो ।) 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप