सल्यानस्थित ग्रामीण साकोसको २६ औं साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सल्यानस्थित ग्रामीण साकोसको २६ औं साधारण सभा सम्पन्न 

सल्यान । जिल्लाको शारदा नगरपालिका अवस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.ले २६ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड–१९ महामारीको बढ्दो संक्रमणकाबीच स्वास्थ्य सतर्कता, भौतिक दूरी सहित सरोकारवाला निकायबाट जारी साधारणसभा सञ्चालन सम्बन्धि निर्देशिकाको पालना गर्दै सभा सम्पन्न गरेको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी गराउनुभयो । साकोसको २०७७ भाद्र १९ गतेको सञ्चालक समितिको बैठकको निर्णय लगत्तै साधारण सभा तयारी, लेखा परिक्षण,  प्रतिवेदन छपाइ, महामारीमा साधारणसभा सञ्चालन सम्बन्धि कार्यबिधि २०७७ निर्माण सहित साधारण सभाको प्रारम्भ भएको थियो । सहकारी बिभागले असोज १ गते जारी गरेको “सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धि सुचना” आत्मसाथ गर्दै संस्थाले साधारणसभा सञ्चालन कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडामा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी भौतिक र अभौतिक विधि मार्फत साधारण सभाका सबै प्रकृया पुरा गरिएको थियो । 

वडा वडा बाट माइन्युट प्रमाणितका लागि छनौट भएका सदस्यहरुको उपस्थितिमा भौतिक दूरीसहित साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी गराउनुभयो । १७८६ जना सदस्य संख्या रहेको साकोसको साधारण सभामा ६१.९२ प्रतिशत सदस्यहरुको उपस्थिति थियो । साधारण सभाले संस्थाको बार्षिक आय व्यय र संगठनात्मक प्रतिवेदनहरु, लेखापरिक्षण प्रतिवेदन र आगामी बर्षको कार्ययोजना अनुमोदन गरेको छ । विभिन्न ६ वटा नितिहरु अनुमोदन गरे संगै संस्थामा अब १४ वटा नितिहरु र विभिन्न २१ वटा निर्देशिका र मार्गदर्शन रहेको संस्थाका अध्यक्ष शाक्यले जानकारी गराउनुभयो । यो संगै कार्यक्रममा बिभिन्न विधामा उत्कृष्ट ५ जना शेयर सदस्यहरु र कक्षा १ देखी १० सम्मका सामुदायिक र संस्थागत विद्यालयका ३२ जना जेहेन्दार छात्रछात्राहरुलाई सम्मान गरिएको थियो । साथै संस्थामा विगत २५ वर्षदेखि कार्यरत प्रबन्धक शान्ता राईलाई वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

असोज २३ गते देखि सुरु साधारण सभा असोज २८ गते अर्थात् आज एक समारोहका साथ सम्पन्न गरिएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले ग्रामीण साकोसको प्रशंसा गर्दै संस्थाको उन्नति अन्य सहकारीहरुको लागि पनि उदाहरण हुने बताउनुभयो । यो वर्ष साकोस गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया प्रशान्त क्षेत्रीय गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेसमा सहभागी ग्रामीण साकोसलाई सफलताको शुभकामना पनि प्रमुख अथितिले दिनुभयो । कार्यक्रममा संस्थाका पदेन सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष केशवसिंह श्रेष्ठले जिल्लामा मात्रै नभएर राष्ट्रिय स्तरमै अब्बल साबित साकोसले आगामी दिनमा थप सफलता प्राप्त गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । साकोसले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून ) द्धारा सञ्चालित नेकोस प्लस सफ्टवयेर द्धारा लेखामान राख्ने गरेको, लगातार  ४  वर्ष देखि नेफ्स्कून र सहकारी बिभागले संयुक्त रुपमा प्रदान गर्ने प्रोबेसन ब्रान्ड प्राप्त गरेको र विगत ३ वर्ष देखि एशियाली स्तरको एक्सेस कार्यक्रममा सहभागी रहेको समेत जानकारी गराइएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप