प्रदेश नं १ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश नं १ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम”  सम्पन्न

सुनसरी । नेफ्स्कूनको आयोजना एवम् अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयको सहयोग एवं सामाजिक सुरक्षा कोषको प्राविधिक सहजिकरणमा आज प्रदेश नं १ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” गोष्ठी कार्यक्रम भर्चुअल विधिबाट सम्पन्न भएको छ । १ सय ३० सहकारीकर्मीहरु सहभागी कार्यक्रममा नेफ्स्कूनकी संचालक गोमा नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेको र त्यसमा रहेका कतिपय व्यवस्थाहरु श्रमिकको हित अनुकूल भएकाले सम्पूर्ण साकोसहरु सूचिकरण भई योगदान प्रारम्भ गर्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कोषले विमा, उपदान, पेन्सन, लगायतका विषयमा कर्मचारीहरुको सक्रिय जीवनमा र तत्पश्चात समेत हितको सुरक्षण गरेको हुँदा सम्पूर्ण सहकारी संस्थाहरु यसमा सहभागी हुनुपर्ने बताउनुभयो ।

सामाजिक सुरक्षा कोषका उप–निर्देशक दिनेश कुमार कोइरालाले प्रस्तुतिकरणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा र व्यवस्थाहरु बारे जानाकारी गराउनुका साथै सहभागीहरुको जिज्ञासा समाधान गर्नुभएको थियो । 
नेफ्स्कून संचालक गोमा नेपालले अध्यक्षता गर्नुभएको सो कार्यक्रममा नेफ्स्कुन संचालक घनश्याम अधिकारी, जिल्ला बचत संघ एवं साकोसका अध्यक्ष एवं प्रतिनिधिहरुले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा कोषको तर्फबाट उपनिर्देशक कोइराला, सूचीकरण शाखा प्रमुख केदारनाथ ज्ञवाली र गोकुल थापाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन नेफ्स्कूनको सुनसरीस्थित फिल्ड कार्यालयका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप