कोरोना संक्रमणबाट सहकारी सञ्चालकको निधन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोरोना संक्रमणबाट सहकारी सञ्चालकको निधन 

काठमाडौं । नेफ्स्कूनको सदस्य संस्था बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य  गणेश कुमार ढकालको कोरोना संक्रमणका कारण आज राति २ बजे (कार्तिक २ गते आइतबार) निधन भएको छ । 

४६ बर्षिय ढकाल उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा रहेकै क्रममा कोरोना संक्रमण भएको थियो । उपचारका क्रममा करिब ३ हप्ता अस्पतालको शैयामा रहनुभएका ढकालको निधनको कारण कोरोना पुष्टि भएको साकोसका व्यवस्थापक हरिहर पौडेलले जानकारी गराउनुभयो । सहकारीकर्मी ढकाल २०५६ सालमा स्थापित कोशेली साकोसका संस्थापक सदस्य हुँदै २०७५ साल असार १ गते एकीकरण भई बनेको सिको साकोसको बर्तमान सञ्चालक हुनुहुन्छ । करिब २ दशक सहकारी अभियानमा क्रियाशील ढकालको निधनले सहकारी क्षेत्रले एक कुशल सहकारीकर्मी गुमाएको छ । साकोसका व्यवस्थापक पौड्यालले भन्नुभयो, “अभियानकै एक कुशल सहकारीकर्मी साथै सिको साकोसका अभिभावकको निधनले साकोस परिवार अत्यन्त शोकको घडीमा छ ।  

यस्तै अर्को दुखद् घटना, नेफ्स्कूनको सदस्य संस्था सुन्दरपुर साकोस, मोरङका अध्यक्ष कृष्ण प्रसाद दहालको सडक दुर्घटनामा परि २०७७ असोज २५ गते निधन भएको थियो । साकोस अभियानका सफल अभियन्ता अध्यक्ष दहालको असामयिक निधनबाट सहकारी क्षेत्र शोकमै छ । 

शोकको यस घडीमा साकोस आवाज परिवार दुवै मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।      
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप