कर्मचारीहरुको रोजाइमा अमेरिकाका सर्वोत्कृष्ट ५० क्रेडिट युनियनहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्मचारीहरुको रोजाइमा अमेरिकाका सर्वोत्कृष्ट ५० क्रेडिट युनियनहरु

वासिङ्टन । अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय पत्रिका 'क्रेडिट युनियन' को सर्वेक्षणले ५० संस्थाहरु यस वर्ष कर्मचारीको पहिलो रोजाइ बन्न सफल भएका हुन् । कोरोना संक्रमणका बाबजूद यी वित्तीय सहकारीहरुले उत्कृष्ट सदस्य सेवा प्रदान गर्नुका साथै कर्मचारीहरुको सुरक्षा र सेवा सुविधामा समेत विशेष ध्यान पुर्याएको उल्लेख छ । ती कार्यालयहरुले कोरोनाका कारण कार्यालय समय घटाएपनि कर्मचारीको सेवा सुविधामा कुनै कटौती नगरेको, भौतिक दूरीको बाध्यताकाबीच पनि कर्मचारीहरुलाई सामाजिक निकटताका पर्याप्त अवसर प्रदान गरेको, घरबाटै काम गर्नेहरुलाई टेलिफोन र इन्टरनेटको खर्च प्रदान गरेको पत्रिकाले जनाएको छ । यसैगरी, अर्को क्रेडिट युनियनले “फ्रन्टलाइन” कर्मचारीहरुलाई थप सुविधा समेत उपलब्ध गराएको, विशिष्ट बिमा सुविधा, आकस्मिक अवस्थामा हेलिकप्टरबाट निःशुल्क उपचार सुविधा समेत प्रदान गरेको छ । (कोभिड बाहेकका अवस्थामा पनि)

अर्को एक क्रेडिट युनियनले निःशुल्क खाना तथा खाजा, निश्चित दिनहरुमा घरको कुकुरलाई काममा ल्याउन पाउने सुविधा, र सावधानीपूर्वक कर्पोरेट खेलकूदका कार्यक्रमहरु समेत आयोजना गरेको बताइएको छ । त्यसैगरी केही क्रेडिट युनियनहरुले कर्मचारीहरुले अपेक्षा नगरेका सुविधाहरु समेत उपलब्ध गराएका छन् ।

त्यस्तै अर्को एक क्रेडिट युनियनले इस्टर, ह्यालोइन जस्ता चाडपर्वमा कर्मचारीहरुका लागि यथेष्ट मनोरञ्जनात्मक कार्यक्रम समेत राखेका थिए । यी सबै सेवासुविधाका कारण कर्मचारीहरुमा कामप्रति लगाव बढ्ने विश्वास उनीहरुले लिएका छन् ।
क्रेडिट युनियन पत्रिकाले वार्षिक रुपमा  Best Credit Union to Work For सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष यो सूचीमा १ अर्ब नेपाली रुपैयाँ भन्दा माथिका १८ वटा क्रेडिट युनियनहरु परेका छन् । उक्त सूचीमा २० अर्बदेखि ५० अर्ब सम्मका १५ वटा क्रेडिट युनियन छन् ।

 कर्मचारीहरुको रोजाइमा परेका १ अर्ब भन्दा माथिको पुँजी भएका १८ वटा अमेरिकी क्रेडिट युनियनहरुको सूचीः

  1. कन्ज्युमर्स क्रेडिट युनियन
  2. साउथ क्यारोलिना फेडेरल क्रेडिट युनियन
  3. अमेरिकाज् फस्ट फेडेरल क्रेडिट युनियन
  4. फेयरवियन्ड्ज् क्रेडिट युनियन
  5. कोस्टल फेडेरल क्रेडिट युनियन
  6. भेरिडियन क्रेडिट युनियन
  7. अमेरिकाज् फस्ट क्रेडिट युनियन
  8. अमेरिकन हेरिटेज फेडेरल क्रेडिट युनियन
  9. अर्कान्सास् फेडेरल क्रेडिट युनियन
  10. अल्टुरा क्रेडिट युनियन
  11. नुसेन्डा क्रेडिट युनियन
  12. एसेन्ड क्रेडिट युनियन
  13. साइप्रस फेडेरल क्रेडिट युनियन
  14. युनिभर्सिटी अफ मिचिगन क्रेडिट युनियन
  15. एप्पल फेडेरल क्रेडिट युनियन
  16. भर्भ, अ क्रेडिट युनियन
  17. मिचिगन फस्ट क्रेडिट युनियन
  18. फ्रयाङ्कलिन मिन्ट फेडेरल क्रेडिट युनियन
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप