सीप सिकौं आत्मनिर्भर बनौं : सफल उद्यमी पारुको जीवनकथा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीप सिकौं आत्मनिर्भर बनौं :  सफल उद्यमी पारुको जीवनकथा

पार्वती खड्का श्रेष्ठ

उद्यमी

भनिन्छ परिश्रमको फल मीठो हुन्छ । नेपालको कुल जनसंख्यामध्ये आधा आकाश ढाकेका महिलाहरु संख्यात्मक रुपमा पुरुषको तुलनामा बढी छन् । तर घरायसी काम र निर्वाहमुखी कृषि क्षेत्रमा आबद्ध महिलाहरुको ग्रामिण दिनचर्या पुरुषको तुलनामा अत्यन्त कष्टपूर्ण छ । ससानो उद्यम व्यवसाय र घरेलु सीपमा आश्रित भएर आयआर्जनको बाटो रोजिरहेका महिलाहरु पनि पछिल्लो समय कोभिड महामारीको लामो संकटमा गुज्रिनुपरेको छ । न्यून आर्थिक जिवनस्तर गुजार्न बाध्य महिलाहरुलाई आर्थिक सशक्तिकरण मार्फत जीवन यापनका लागि सहज आर्थिक बातावरण निर्माण गर्दै आइरहेको सहकारी क्षेत्र पछिल्लो समय ग्रामीण स्तरमा पनि सशक्त बन्दै गइरहेको छ । न्यून आर्थिक अवस्थाकै कारण शैक्षिक यात्राको गन्तव्य टुङ्गिएका र सानो उमेरमै विवाह बन्धनमा बाँधिएका धेरै महिला दिदीबहिनीहरुलाई उद्यमशीलता विकास मार्फत आर्थिक सशक्तिकरणमा लाग्न सहकारी क्षेत्रले ठूलो योगदान पुर्याउँदै आइरहेको छ । सहकारीको सदस्य बनेर सहकारीमा ससानो बचतको शुरुवात गर्नुभएका महिला दिदीबहिनीहरु आज सहकारीमार्फत प्रदान गरिने तथा अन्य सामाजिक संघ संस्थाबाट प्रदान हुने सीप तालिमहरुमा सहभागी बनेर आयआर्जनका नविन बाटाहरु पहिल्याउन सक्नुभएको छ ।

साकोस आवाजले सहकारीको सहयोग लिएर उद्यमशीलता विकास सँगै ससानो आय आर्जनको क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुको प्रेरणामुलक जीवनकथालाई समेट्ने गर्दछौं । साकोस आवाजमा समेटिएका उद्यमी महिलाहरुको जीवनकथा आर्थिक जीवनस्तर उकास्न प्रेरणादायी बन्न सकुन् भन्ने साकोस आवाजको चाहना हो । तपाईहरुपनि आफ्नो गाउँ समाजका प्रेरणादायी जीवनकथाहरू बारे हामीलाई जानकारी दिनुहोस् । उद्यमशीलता विकास र महिलाहरूको आर्थिक सशक्तिकरण निर्माणमा उदाहरणीय प्रेरणादायी जीवनकथाहरूले आर्थिक अभाव र अन्यौलपूर्ण जीवन यात्रामा हराइरहनुभएका केही व्यक्तिहरूलाई प्रेरणा,  उत्साह र हौसला मिलोस् भन्ने साकोस आवाजको पहलमा यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछौं । 

त्यस्तै कुराकानीमा आधारित रहेर तयार पारिएको प्रेरणादायी जीवनकथाको सानो अंश आज यहाँहरूसमक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ । सिन्धुली जिल्लामा जन्मिनुभएकी २८ बर्षिय पार्वती खड्का श्रेष्ठ (पारु श्रेष्ठ)  को आजभन्दा ७ बर्ष अघि विहे भयो । अन्तरजातीय विवाह गरेकै कारण उहाँलाई दुई बर्षसम्म माइती र घर दुवैतर्फ प्रवेशको वातावरण बनेन । विवाह गरेर पोखरा गएको जोडिले ससानो काम खोजेरै पोखरामै २ बर्ष गुजारा गर्यो । २०७२ बैशाख १२ गतेको भुकम्पपछि उहाँ श्रीमान सहित जन्मथलो सिन्धुली फर्कनुभयो ।  उहाँका श्रीमानको घर भने महोत्तरीको बर्दिबास हो, श्रीमान नारद कुमार श्रेष्ठले सिन्धुलीमै आर्ट पसल खोल्नुभयो । पोखरामा बस्दा आर्ट पसलको कार्यअनुभवले उहाँलाई त्यससम्बन्धी धेरै कुराको ज्ञान भयो । श्रीमानको पसलमा दिनभर बस्दा स सानो कमाईले दैनिक गुजार जेनतेन टर्र्दै गयो । त्यतिबेलै सिन्धुलीस्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका बजार प्रबर्द्धकहरूको आग्रहमा पार्वतीले श्रीमान सँग दैनिक सय रुपैंया मागेर नियमित बचतको थालनी गर्नुभयो, केही समयपछि संस्थाको सदस्यता पनि लिनुभयो । 

विद्यालयमा कक्षा ८ मा पढ्दा पढ्दै पढाइ छोडेर सिलाई कटाई सीप सिक्नुभएकी पार्वतीले केही बर्ष टेलर्स पनि खोल्नुभएको थियो । १६ बर्षको उमेरमै आफ्नै खुट्टामा उभिने जमर्को गर्नुभएकी पार्वती विवाहपछिका शुरुका केही बर्ष भने त्यतिकै अलमलिनुभयो । घरेलु उद्योगबाट सिन्धुलीमा डल (खेलौना) बनाउने सीप विकास तालिम प्रदान गरेको अवसरमा पार्वती उक्त तालिममा सहभागी हुनुभयो । तर घरेलुबाट प्राप्त सीपबाट उहाँले आफूमा निखारता ल्याउन सक्नुभएन । उहाँको प्रयास जारी रह्यो । १ महिना काठमाडौं बसेर काठमाडौं ट्रेनिङ सेन्टरबाट डल बनाउने सीप सिक्न उहाँले करिब एक लाख लगानी गर्नुभयो । आज पार्वतीको त्यो लगानीले उहाँलाई सफल उद्यमी सावित गरेको छ । निरन्तरको अथक प्रयास र लगानीको जोखिम मोलेरै सिन्धुलीमा डल पसल खोल्नुभयो । सिन्धुलीको धुरा बजारमा पि एन लेडिज टेलर्स एण्ड डल हाउस ट्रेनिङ सेन्टर सञ्चालन गर्नुभएको छ । सीप सिकौं आत्मनिर्भर बनौं उहाँको पसलको बोर्डमा राखिएको यो नाराले  पनि आर्थिक आत्मनिर्भरताका लागि सीपको महत्व उजागर गरेको प्रष्ट हुन्छ । 

 

आफैले बनाएका डल विक्रिको कमाई भन्दा बढी त उहाँले तालिम दिएरै कमाउनुहुन्छ । अहिले सिन्धुलीमा एक मात्र डल पसल र प्रशिक्षकको परिचय बनाउनुभएकी पार्वतीका श्रीमानको पनि सिन्धुलीमा आर्ट पसल छ । सहकारीमा दैनिक २०० देखि ५०० सम्म बचत गर्नुृहुन्छ । उहाँको मासिक ५० हजार भन्दा बढी कमाइ छ । तालिम राम्रो चलेको समयमा कमाई राम्रै हुन्छ । ३०/४० प्रकारका डल बनाउने सीप छ उहाँमा । त्यति मात्र होइन युटुवबाटै सिकेर पनि उहाँले विभिन्न प्रकारका झुमर, कुसन, उनको फूल, फूलदानी बनाउनुहुन्छ । विभिन्न साइज र डिजाइनका रंगिन कलात्मक डलहरु उहाँको पसलमा पाइन्छ । रङहरुको संयोजनसँगै डलको बाह्य सजावटमा पनि उद्यमी पार्वती उत्तिकै ध्यान दिनुहुन्छ । राम्रो मा नै मानिसहरुको आँखा जान्छ । बच्चाहरुको खेलौना र घरको सोकेसहरुमा सजाउनको लागि पनि राम्रा र आकर्षक डलहरुको माग त्यत्तिकै हुने उहाँ बताउनुहुन्छ । डल बनाउने कच्चा पदार्थ महङ्गो छ । सिक्न आउनेहरुले कच्चा पदार्थ आफैं किन्नुपर्ने हुन्छ । उद्यमी पार्वतीले आफूले सिकेको भन्दा निकै सस्तोमा सीप सिकाउनुहुन्छ । शुल्क लिएर भन्दा पनि उद्यमी खड्काले विभिन्न समयमा डल तथा कुसन बनाउने निशुल्क तालिमहरु पनि सञ्चालन गर्दै आउनुभएको छ । १०० जनाभन्दा बढीलाई उहाँले डल र कुसन बनाउने सीप सिकाउनुभएको छ । हो आज पार्वतीले ससानो बचतको फाइदा र सफल जीवनका लागि जिवनोपयोगी सीपको महत्व नवुझेको भए आज पनि दैनिक खर्च र नियमित ससानो बचतका लागि श्रीमानको कमाई पर्खनुपर्थ्यो । 

उहाँको सफल जीवनको सारथी बन्यो, मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड । व्यवसाय विस्तारका लागि मिलिजुलीबाट उहाँले थोरै थोरै गर्दै ३ लाख ऋण लिनुभयो । पछि नेफ्स्कूनको सहजीकरणमा युवा स्वरोजगार कोषमार्फत प्रवाह भएको ऋण २ लाख लिनुभयो । सहकारीको असल ऋणिको रुपमा समेत परिचित पार्वतीले नियमित किस्ता र व्याज बुझाउँदै आउनुभएको छ भने युवा स्वरोजगार कोष मार्फत लिएको ऋणको पनि नियमित किस्ता बुझाइरहनुभएको छ । मिलिजुली सहकारीको साथ सहयोगले नै अगाडि बढ्ने प्रेरणा प्राप्त भएको उहाँको ठम्याई छ । जिल्ला बचत संघ सिन्धुली एवम् मिलिजुली साकोस सिन्धुलीकी अध्यक्ष विमला श्रेष्ठ भन्नुहुन्छ, “ पार्वती खड्का श्रेष्ठ सहकारीको एक असल सदस्य र असल ऋणि हुनुहुन्छ, सहकारीबाट लगेको सानो ऋणलगानी बाट आज सफल उद्यमी बन्नुभएको छ ।” 

कोरोनाका कारण केही समय प्रभावित बनेपनि पछिल्लो समय भने उहाँको व्यवसायमा सुधार आएको छ । अहिले श्रीमान पनि सहकारीको सदस्य बन्नुभएको छ । आफ्नो र श्रीमानको कमाइबाटै ४ बर्षको अवधिमा उद्यमी श्रेष्ठ (खड्का) ले सिन्धुलीमै ८ धुर घडेरी किनेर लकडाउनको समयमा घर निर्माण गरिसक्नुभएको छ । घर परिवार र माइतीमा पनि उहाँको राम्रो सम्बन्ध छ अहिले । माइतीमा आमालाई परेको सम्पूर्ण सहयोग पार्वती आफैंले गर्नुहुन्छ भने घर बनेपछि सासु ससुरालाई पनि आफूसँगै राख्नुभएको छ । २८ बर्षिय उद्यमी पार्वती का श्रीमान ३३ बर्षको हुनुहुन्छ । उमेरमै आफ्नै पौरखको कमाइबाट घरबास जोड्न सफल दम्पती अब भने सन्ततीको चाहानामा हुनुहुन्छ । 

सानो उमेरमै सफल उद्यमीको परिचय बनाउनुभएकी पार्वती सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सीप सिकेर आत्मनिर्भर बन्न कुनै पनि समय ढिलो नहुने सन्देश दिनुहुन्छ । उहाँ ले जागिर भन्दा पनि आफ्नो सीप र उद्यमको कमाई बढी सन्तोषपूर्ण रहेको अनुभव सुनाउनुभयो । कोभिड महामारीको चपेटामा विश्वकै अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल लगायत विश्वकै हजारौ लाखौं मानिसहरुको रोजगारी खोसिएको अवस्थामा ससानो सीप, उद्यम र स्वदेशकै कमाइ सर्बश्रेष्ठ रहेको अनुभव उहाँले सुनाउनुभयो । तपाईंले सीप विकासका अन्य बैकल्पिक बाटाहरु के देख्नुभएको छ भन्ने प्रश्नमा उद्यमी पार्वती भन्नुहुन्छ, धैर्यता र लगनशीलताका साथ सीप विकासमा जोड दिनुस् र कर्मक्षेत्रमा जुट्नुहोस् जुनसुकै कामबाट पनि तपाई ढिलो चाँडो अवश्य सफल बन्नुहुन्छ । म कहाँ डल बनाउने तालिम लिन आउने सबै दिदीबहिनीहरुलाई सँधै भन्ने गर्छु, यही काम गर्नुपर्छ भन्ने छैन । जुनकुनै काममा पनि निरन्तर मेहनत गर्नेहो भने अबश्य अगाडि बढ्न सकिन्छ । उहाँको  सफलताको साथ नै अथक मेहनत र निरन्तरको परिश्रम हो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप